सार्वजनिक संस्थानको नाफाः टेलिकमलाई विद्युत् प्राधिकरणले जित्यो



C

काठमाडौं । सरकारी संस्थानहरु मध्ये नेपाल विद्युत प्राधिकरण, नेपाल दुरसञ्चार कम्पनी र नेपाल आयल निगम प्रतिस्पर्धामा रहेका छन् ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यी तीन वटा संस्थान बढी नाफा आर्जन गर्नेमा क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा नेपाल विद्युत प्राधिकरणले ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गर्दा प्राधिकरणलाई पछ्याई रहेको नेपाल दुरसञ्चार कम्पनीले ९ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने तेस्रोमा रहेको नेपाल आयल निगमले ८ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । विद्युत प्राधिकरणको नाफा समिक्षा अवधिमा बढेपनि दुरसञ्चार प्राधिकरणको नाफामा निकै गिरावट देखिएको छ ।

अघिल्लो आवमा १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समिक्षा अवधिमा जम्मा ९ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै दुवै प्राधिकरणलाई पछ्याई रहेको नेपाल आयल निगमको नाफामा गत आवको तुलनामा समिक्षा अवधिमा धेरै नै सुधार आएको देखिएको छ । निगमको नाफा ८ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

सरकारले संस्थामा लगानी बढाउँदै जाने र नाफा सन्तोषजनक नरहेको समयमा दुई वटा प्राधिकरण र निगमको नाफा बढेको छ । यी नै तीन वटा संस्थान नाफामा गएका कारण सार्वजनिक संस्थानको खुद नाफामा बढोत्तरी आएको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा बढी खुद नोक्सान हुने तीन सार्वजनिक संस्थानमा नेपाल वायुसेवा निगम १ अर्ब ९६ करोड ५४ लाख, उदयपुर सिमेण्ट उद्योग १९ करोड ६३ लाख, र नेपाल टेलिभिजनकाको १२ करोड ६२ लाख रुपैयाँ रहेको छ । नेपाल वायुसेवा निगमले खरिद गरेका विमानहरु पूर्ण रुपमा सञ्चालन गर्न नसक्दा उक्त निगमको सञ्चालन खर्च बढ्न गई प्रतिष्पर्धामा जान नसकेको कारण बढी नोक्सानी देखिएको छ ।

अर्थ मन्त्रालयका अनुसार सार्वजनिक संस्थानको नाफा ५ वर्षमा नाफा ४१.७६ प्रतिशतले बढेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०७१÷७२ को खुद नाफा ३४ अर्ब ४० करोड ६५ लाख रुप्ेयाँ रहेकोमा आर्थिक वर्ष २०७५/७६ मा ४१.७६ प्रतिशतले बढेर ४८ अर्ब ७७ करोड ४१ लाख पुगेको छ । सार्वजनिक संस्थानको वित्तीय विवरणअनुसार २६ संस्थान खुद नाफामा रहेका छन् । यी संस्थानहरुको खुद नाफा ५१ अर्ब ५९ करोड ७३ लाख रहेको छ । घाटामा रहेका १३ संस्थानको खुद नोक्सानी २ अर्ब ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

सरकारले सार्वजनिक संस्थानहरुमा लगानी भने बढाइ नै रहेको छ । तै पनि सबै संस्थाना नाफामा जान सकेका छैनन् । सरकारले सार्वजनिक संस्थानमा शेयर र ऋणवापत वार्षिक रुपमा निरन्तर लगानी बढाउँदै गएका छन् । आर्थिक वर्ष २०७४/७५ सम्म सरकारको सेयर र ऋण गरी ३ खर्ब ६४ अर्ब ७९ करोड २० लाख रुपैयाँ लगानी रहेकोमा आर्थिक वर्ष २०७५/७६ मा २७.३६ प्रतिशतले बढेर ४ खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ पुगेको छ । यसमा सेयरको अंश ५८.५१ प्रतिशत अर्थात २ खर्ब ७१ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ रहेको छ । ऋणको अंश ४१.४९ प्रतिशत अर्थात १ खर्ब ९२ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कुल गार्हस्थ्य उत्पादनसँग सरकारले संस्थानमा गरेको लगानीको अनुपात १३.४३ प्रतिशत मात्रै रहेको छ ।


क्लिकमान्डु