हामीलाई विज्ञान बुझ्ने अझ धेरै नेतृत्व चाहिएको छः जेवियर डेल क्याम्पोको लेख



विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले हामी राजनीतिलाई कुनै पनि निर्णय लिनका लागि विज्ञानसम्बन्धि तथ्यपूर्ण ज्ञान कति महत्व छ भन्ने बुझाइदिएको छ ।

यतिबेला हामीले इटली, स्पेन, बेलायत र अमेरिकाले कसरी वैज्ञानिक सुझावलाई नजदरअन्दाद गर्दा मुलुकलाई बिनाशको छेउमा पर्याए हेरिरहेका छौं ।

यी चार वटै देशमा शुरुमा वैज्ञानिक समूदायबाट दिइएका सुझावलाई वेवास्ता गरियो तर पछि नेतृत्वकर्ताहरुले रणनीति परिवर्तन गर्दे निर्देशन पालना गर्न थाले तर त्यतिबेलासम्म ढिला भइसकेको थियो ।

कोरोना भाइरस एउटा मात्रै केस होइन । हामीकहाँ वातवरणीय परिर्वतनको उदाहरण पनि छ । जसमा कसरी राजनीतिक नेतृत्वले विज्ञानको तथ्यलाई वेवास्था गरेका छन् ।

दुःखका साथ भन्दा उनीहरुले विश्वास नगर्नु भनेको हाम्रा लागि निकै खर्चलो हुनु र पृथ्वीमा बस्नका लागि कैयन जीवनका लागि गाह्रो हुनु हो ।

कंग्रेसनल रिसर्चमा उपलब्ध तथ्यांकलाई हेर्दा ११६औं कंग्रेसमा धेरै सदस्यहरु राजनीति, व्यापार र कानूनको पूष्ठभूमि भएका छन् । सोही सर्भेका आधारमा हेर्दा हेल्थ केयरकर्मी तथा इन्जिनियरिलाई जोडेर हेर्दा जम्मा ३७ जना मात्रै स्टिम पृष्ठभूमिबाट आएको देखिन्छ । सेनेटको समेत जोडेर हेर्दा ७ प्रतिशत मात्रै देखिन्छ ।

तुलना गर्दा कानूनसँग सम्बन्धित ३५ प्रतिशतको सहभागिता छ । तर बैज्ञानिकहरुको सहभागिता भने निकै कम छ । त्यसैले उनीहरुको आवाज कंग्रेसमा निकै कम छ । जसका कारण उनीहरुको आवाजलाई कडा रुपमा प्रस्तुत गर्न गाह्रो छ ।

यो मतदाताहरुको गल्ती होइन न त धेरै वैज्ञानिकहरुले कार्यालय नै सञ्चालन गरेको पाइन्छ । स्टिमसँग सम्बन्धित १८ जना उम्मेदवारले अमेरिकाका संघीय कार्यालय सञ्चालन गरेको पाइन्छ । जसमध्ये १२ जनाले निर्वाचतमा जित हालिस गरे पनि ।

किन वैज्ञानिकहरुले कार्यालय सञ्चालन गरेको पाइँदैन त ? यसका पछाडि कैयन कारण छन् । वैज्ञानिकहरु निकै कम संख्यामा मात्रै नीति निर्माणको चरणमा सहभागि भएको पाइन्छ । जति कानून अध्ययन गरेका मानिसहरु हुन्छन् । अमेरिकामा वैज्ञानिकहरु नीति निर्माणमा निकै कम सहभागी भएको पाइन्छ ।

यसका लागि रिटायर्ड भएका वैज्ञानिकहरु कार्यालय सञ्चालनका लागि सही उम्मेदवार हुन सक्छ । किनभने उनीहरु ल्यावमा सक्रियरुपमा काम गर्न छाडेका हुन्छ र अनुभवी पनि हुन्छन् ।

र, अमेरिकन कंग्रेसका लागि समेत विभिन्न क्षेत्रको सहभागिताका लागि राम्रो पक्ष पनि हो । जसमा विभिन्न उमेर समूह र पुष्ठभूमिका वैज्ञानिकहरुको सहभागिता आफैमा राम्रो पनि हो ।

हामीलाई अहिलेको अवस्थामा वैज्ञानिकहरु नीति निर्माणका क्रमदेखि निर्णय गर्ने तहसम्म पुगुन भन्ने चाहना छ । कानून निर्माण र कार्यान्यनमा समेत उनीहरुको भूमिका हुनु राम्रो हुन्छ । सहरका मेयरका रुपमा, सरकारका अधिकारीका रुपमा किन उनीहरुको भूमिका हुन सक्दैन ? यसका लागि हामीले जर्मनीबाट सही उदाहरण देख्न सक्छौं ।

कोरोना भाइरससँगको लडाइमा युरोपमा सबैभन्दा राम्रो काम जर्मनीले गरिरहेको छ । र, यो युरोपमा सबैभन्दा धेरै जनघनत्व भएको देश पनि हो । कोरोना भाइरसका कारण मृत्यु हुने दर जर्मनीमा स्पेनको तुलनामा पर क्यापिटरमा हेर्दा ७ गुणा कम छ । भने बेलायतभन्दा ४ गुणा कम छ ।

यसको पछाडिको कारण त्यहाँको रणनीति निर्माण र परीक्षणका लागि वैज्ञानिकहरुको सुझाव र सिफारिस महत्वपूर्ण मानिएको छ । कोरोना भाइरसका विरुद्ध लड्नका लागि वैज्ञानिकहरुको रणनीति निकै काम आएको छ । जर्मनीकी चान्सलर एन्जेला मार्केल आफैमा वैज्ञानिक हुन् । उनले क्वान्टम केमेस्टिमा पीएचडी गरेकी छन् ।

वैज्ञानिकका रुपमा उनले कोरोना भाइरसको लडाइमा रणनीति बनाउँदा वैज्ञानिकहरुलाई विश्वास गरिन् । अमेरिकामै पनि हेर्दा मृत्युदर जर्मनीको तुलनामा दोब्बर छ ।

यस्ता काममा राजनीतिक निर्णयमा वैज्ञानिकहरुको समूचित सहभागिता नहुनु हामीले विश्वलाई बचाउने महत्वपूर्ण माध्यम गुमाइरहेका छौं भन्न सक्छौं । यदी आजका दिनमा वैज्ञानिकहरुको राय, सल्लाह, सुझाव लिन सकेनौं भने हामीले भोलिका भविष्य राम्रो बनाउन सक्दैनौं ।

अहिले कानून निर्माण र कार्यान्वयन राजनीतिकहरुले गर्दछन् । व्यापारी र कानून व्यवसायीहरुले गर्छन् । आजको विश्व यिनीहरुकै हातमा छ ।

आजको समाज विज्ञानको उपज हो । जसले आजका दिनमा स्वस्थ र दीर्घ जीवन जिउन सिकाएको छ । समूदाय र मुलुकको विकास निर्माणमा विज्ञानको भूमिका महत्वपूर्ण छ । तर यतिबेला जब अन्तिम समय आयो तब मात्रै हामीलाई विज्ञानको सहयोग लिनुपर्ने कुराको ज्ञात भएको छ ।

लेखक, माइक्रोबायर इकोलोजिस्ट विषयमा पीएचडी गरेका हुन् भने मियामीस्थित रोजेन्सियल स्कुल अफ मरिन एन्ड एट्मोसफेरिक साइन्स विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर हुन् ।

 

यो लेख लेखकको लेखबाट भावानुवाद गरिएको हो । उक्त लेख यहाँ पढ्न सकिन्छ


क्लिकमान्डु