यी कर्पोरेट हाउस जसले कोरोना महामारी नियन्त्रण गर्न दिल खोलेर सहयोग गरे, कस्ले के गरे ?



फोर्ब्स । विश्वका १७५ भन्दा बढी देशमा कोरोनाको महामारीका फैलिसकेको छ । महामारीलाई रोक्नका लागि एसियाका देश र त्यहाँका विभिन्न कम्पनीहरुले सक्दो प्रयास गरेका पनि छन् ।

केही कम्पनीले स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् भने केही बायोटेक कम्पनीहरुले परीक्षण किट उत्पादन तथा भ्याक्सिन निर्माणमा जुटेका छन् । यहाँ हामीले केही यस्ता कम्पनीका बारेमा चर्चा गर्दैछौं जसले महामारी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेलेका छन् ।

एशिया कोटिङ इन्टरप्राइजेजः यो इन्डोनेसियाको कम्पनीले स्वास्थ्यकर्मीका लागि २६ हजार मास्क र १४ हजार पीपीई इन्डोनेसियाका अस्पतालमा सहयोग गरेको छ । मोविलेक्स कम्पनीका सीइओ निको सफाभीले अप्रिल महिना घोषणा गर्दै कम्पनीका सबै कर्मचारीले पूरै तलब पाउने र कुनै पनि कर्मचारी कटौती नहुने घोषणा गरिसकेका छन् ।

मेट्रो रेसिडेन्सः सिंगापुरमा रहेको हस्पिटालिटी क्षेत्रको स्टार्टअपले सेफ होम कार्यक्रम ल्याएको छ । जसले फ्रन्टलाइनमा काम गर्नेहरुका लागि आवासको व्यवस्था गरेको छ भने आइसोलेसनमा बस्न चाहनेका लागि पनि १४ दिनसम्मको आवासको व्यवस्था गरेको छ । साथै ती मानिसहरु त्यहाँ नै बस्न चाहेमा ५० प्रतिशत छुट शुल्कमा बस्न सक्छन् । त्यस्तै, जापानमा कम्पनीले आफ्ना अपार्टमेन्टमा २० प्रतिशत छुट समेत उपलब्ध गराएको छ ।

सनसिटी ग्रुपः पिलिपिन्समा रहेको यस कम्पनीले सनट्रस्ट, वल्र्ड फिलिपिन्स कल्चरल हेरिटेज फाउन्डेसन र एम्युजमेन्ट गेमिङ कर्पोरेसनको सहयोगमा २० लाख अमेरिकी डलर मूल्य बराबरको पीपीई त्यहाँका ४० वटा सामूदायिक अस्पतालमा सहयोग गरिसकेका छन् ।

यिली ग्रुपः चिनियाँ डेरी कम्पनी यिली ग्रुपले १ लाख ७० हजार ४०० वटा मास्क तथा पीपीई थाइल्याण्डका विभिन्न अस्पताल, त्यहाँको रेडक्रस, पथुम थानी अस्पताललाई उपलब्ध गराइसकेको छ । कम्पनीले यस्तो सहयोग इराक, उरुग्वे, नेदरल्यान्ड र इन्डोनेसियामा पनि गरिसकेको छ ।

एसियाका निजी क्षेत्र

एनसेलः गत अप्रिल महिनामा अष्ट्रेलियाका पीपीई निर्माता कम्पनीले क्षमता वृद्धिछ गर्ने बताएका थिए । जसमा माग बढी आएपछि सुट र ग्लोब्सको उत्पादन बढाउने बताएका थिए ।

एस्लेटिक्सः गत मार्च महिनामा होउवजुमा रहेको फार्मोच्युटिकल कम्पनीले कोभिड १९ को एन्टिभाइलर ड्रग्सको ट्रयाल गरेको बताएको थियो ।

बायोलाइडिक्सः सिंगापुर रहेको कम्पनी म्याडटेक फार्मले कोभिड १९ को किट उच्पादन तथा मार्केटिङ शुरु गरेको थियो । ती परीक्षण किटहरु अहिले युरोप र पिलिपिन्समा बिक्रीका लागि शुरु भइसकेको छ । यसलाई सिंगापुरको स्वास्थ्य अधिकारीहरुले अनुमति दिइसकेका छन् । अब यो किट अमेरिका र एसियामा बिक्रीका लागि अनुमतिको पर्खाइमा छ ।

क्यानसिनो बायोलोजिक्सः तियाजिन, चिनिया फार्मा कम्पनीले कोभिड १९ को भ्यान्सिनको क्लिनिकल ट्रायल गरिसकेको छ । इबोलो भ्याक्सिन निर्माणको तरिका अपनाएर तयार पार्ने प्रयास भइरहेको छ । अप्रिल १० देखि परीक्षणको दोस्रो चरणमा प्रवेश गरेको छ ।

डीबीएस बैंकः अप्रिल महिनामा सिंगापुर मल्टिनेसनल बैंले १०.५ मिलियन सिंगापुर डलर एसियाका विभिन्न समूदायमा कोरोना विरुद्ध लड्नका लागि सहयोग गर्ने घोषणा गरिसकेको छ । उक्त सहयोग खानाका लागि एसियाका विभिन्न क्षेत्रमा खर्च हुनेछ भने परीक्षण किट खरिदमा, भेन्टिलेटरका लागि पीपीईका लागि खर्च हुनेछ । यो सहयोग भारत र इन्डोनेसिया जस्ता देशमा जहाँ मास्क तथा पीपीईको अभाव छ त्यहाँ खर्च गरिनेछ । बैंकले फूड बैंक समेत सञ्चालन गरी कम आय भएका र बृद्धा मानिसहरुलाई खानाको समेत व्यवस्था गर्न शुरु गरिसकेको छ ।

एनभिजन ग्रुपः गत मार्च महिनामा विश्वको सबैभन्दा ठूलो विन्ड ट्रयूविनले चीनमा दैनिक १ लाख मास्क उत्पादन शुरु गरिसकेको छ । एक टेलिभिजन अन्तर्वार्तामा कम्पनीका सीईओ लेइ स्याङले कम्पनीले अटोमेसन टेक्नोलोजीबाट दैनिक १ लाख मास्क उत्पादन गर्न सफल भएको बताएका थिए । चीनको सांघाइमा रहेको कम्पनीले उक्त मास्क व्यवसायिक संस्था, विद्यालय तथा समूदायमा सहयोग गर्नेछ भने अन्य देशमा जस्तै जापान र दक्षिण कोरियामा पनि सहयोग गरिरहेको छ ।

एफपीटी ग्रुपः गत फेब्रुअरी महिनामा कम्पनीले भियतनामको स्वास्थ्य मन्त्रालयसँग मिलेर २४ घण्टा र ७ वटै दिन ५ हजारभन्दा बढी कोरोनासँग सम्बन्धि जानकारी उपलब्ध गराउँदै आएको छ । अर्को महिना कम्पनीले २ हजार विश्वविद्यालयका कोठा क्वारेन्टाइनका लागि उपलब्ध गराएको थिये भने ८ लाख ५० हजारभन्दा बढी स्वास्थ्य सामग्री स्थानीय सरकारलाई उपलब्ध गराएको थियो ।

फुजीफिल्मः मार्च महिनामा जापानको टोकियोमा रहेको फार्माच्युटिकल कम्पनीले. फुजीफिल्म टोयोमा केमिकल दोस्रो चरणको परीक्षण शुरु गरेको छ ।

जेनेवन लाइफ साइन्सः गत मार्च महिनामा दक्षिण कोरियाका भ्याक्सिन निर्माताहरुले होउस्टन मेथोडिस्ट अस्पतालमा आरएनए भ्याक्सिन निर्माण गरेको र यो कोरोना विरुद्धको भ्याक्सिन भएको बताइएको छ ।

ग्रीन क्रसः दक्षिण कोरियाको बायोफार्मा कम्पनीले आफ्नो अर्कोए कम्पनी जीसी ल्याव सेलदले कोभिड १९ को उपचारका लागि सेल थेरापी निर्माण गरेको छ । जुन अहिले मानव परीक्षणको दोस्रो चरणमा छ ।

एचडीएफसी बैंकः भारतीय बैंकले गत मे महिनामा २० मिलियन अमेरिकी डलर पीएम केयर फन्डमा सहयोग गरेको छ । साथै ‘हामीलाई हार स्वीकार छैन’ बोल र ए आर रहमानको संगीत रहेको एक गीतको म्यूजिक भिडियोसमेत बनाएको छ । बैंकले भिडियो एक पटक सेयर हुँदा उसले ७ डलर सहयोग गर्ने समेत बताएको छ ।

हेल्थ म्याचः अष्ट्रेलियन स्टार्टअप कम्पनीले गत मार्च महिना कोभिड- १९ विरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रयालका ट्रयाकरका लागि काम गरिरहेको छ । जसमा अनुसन्धान पनि गरिन्छ । यो कम्पनी फोब्समा एसियाको अन्डर ३० भित्र पर्ने व्यवसायी मनुरी जुनावारडेनाले लिड गरिरहेकी छन् ।

आई-म्याब बायोफार्माः चीनको सांघाईमा रहेको यो बायोफार्माले मार्च महिनादेखि क्लिनिकल ट्रयाल शुरु गरेको बताएको छ । कम्पनीले टीजीएम२ एन्टिबडीको निर्माण गरेको र अमेरिकामा रहेका बिरामीका लागि प्रयोग गरिने समेत बताएको छ । पछि यो अन्य देशका लागि पनि उपलब्ध हुनेछ ।

जेएन मेस्सेः गत अप्रिलमा सिंगापुरमा रहेको कम्पवनीले प्रोटेक्ट टेस्ट किट उतपादन शुरु गरेको छ । जसले ९५ प्रतिशत सही नतिजा दिने समेत दाबी गरिएको छ ।

मेसोब्लास्टः गत मार्च महिनामा अष्ट्रेलियन मेडिकल फार्म कोरोनाको उपचारका लागि रिमेस्टेम्सेल- एल ड्रग्सबारे अध्ययन शुरु गरिहेको छ । जसमा अष्ट्रेलिया, चीन, युरोप र अमेरिकाका अधिकारीहरु पनि लागिपरेका छन् ।

प्यान ब्रदर्सः गत अप्रिल महिनामा गार्मेन्ट कम्पनीले कोरोना भाइरसको विरुद्ध लड्नका लागि मास्क र पीपीई बनाउन शुरु गरेको थियो । हासम्म कम्पनीले १ लाख जम्पसुट र १० करोड मास्क उत्पादन गरिसकेको छ । कम्पनीले अब उत्पादन संख्यालाई अझ बढाउने योजना बनाएको छ ।

पिङ एनः चिनियाँ इन्स्योरेन्स कम्पनीले गत अप्रिल ३ मा कोरोना भाइरस विरद्ध लड्नका लाष्गि १.२ मिलियन डलर बराबरको स्वास्थ्य सामग्री बेलायत सरकारलाई दिएको थियो जसमा परीक्षण किट, पीपीई र भेन्टिलेटर समेत थिए ।

सिगेनः गत फेब्रुअरीदेखि दक्षिण कोरियाको बायोटेक कम्पनीले कोभि८ १९ का विरुद्ध लड्नका लागि परीक्षण किट बनाइरहेको छ । भने र्यापिड टेस्टिङ पनि उत्पादन गरिरहेको छ । कम्पनी ती सामग्रीहरु युरोप र एसियाका देशमा पठाइसकेको छ भभने अमेरिकाको एफडीएबाट स्वीकृतिको तयारीमा छ ।

शिसेइडोः गत अप्रिल महिनामा कस्मेटिक कम्पनीले सेनिटाइजर उत्पादन शुरु गरेको थियो । कम्पनीले २ लाख बोतल प्रत्येक महिना उत्पादन गर्दै आएको छ । कम्पनीका २ वटा फ्याक्ट्रि छन् । कम्पनीले फ्रान्स र अमेरिकामा डिस्इन्फेक्सका लागि पनि काम गरिरहेको छ ।

टेकेदाः जापानिज मेडिकल कम्पनीले अहिले हाइपरिम्युन थेरापी शुरु गरेको छ । जसमा पहिले संक्रमित भएका बिरामीको ब्लड प्लाज्मा प्रयोग गरिन्छ ।


पुष्प दुलाल