विश्वभर ५ करोड मानिसको ज्यान लिएको एक सय वर्ष पुरानो स्पेनिस फ्लु
सन् १९१८ देखि १९२० सम्म पूरै विश्वमा एक फ्लू फैलिएको थियो । यो फ्लु विश्वका एकतिहाइ जनसंख्यामा संक्रमित भएको थियो । यो रोगका कारण विश्वमा २ देखि ५ करोड जनसंख्याको मृत्यु भएको थियो ।
यस रोगबाट मुक्त विश्व कस्तो थियो ? के यो घटनाले कोरोना भाइरसपछि विश्व कस्तो हुने छ भन्ने संकेत लुकेको थियो ?
हुन सक्छ कि हामीले अहिलेसम्म स्पेनिस फ्लुका बारेमा नसुनेका हौं । तर वर्तमान कोरोना भाइरसको महामारीको अवस्थामा मानिसहरु २०औं शताब्दीको शुरुवातमा फैलिएको यस खतरनाक भाइरसका बारेमा जान्नका लागि उत्सुक हुनसक्छ ।
उक्त फ्लुलाई ‘मदर अफ अल प्यान्डामिक’ अर्थात् सबैभन्दा ठूलो महामारी भनिएको थियो । जसका कारण मात्रै २ वर्षमा विश्वका २ देखि ५ करोड मानिसहरु ज्यान गुमाएका थिए ।
वैज्ञानिक तथा इतिहासकारहरु तत्कालीन समयमा विश्वको जनसंख्या १ खर्ब ८ अर्ब थियो । जसमध्ये एकतिहाइ जनसंख्या यो रोगबाट संक्रमित भएको थियो ।
त्यतिबेला पहिलो विश्वयुद्ध भर्खरै सकिएको थियो । तर यो महामारीबाट पहिलो विश्वयुद्धमा मर्नेहरुको संख्याभन्दा पनि ठूलो थियो ।
यस्तो अवस्थामा जब विश्व कोभिड १९ को संकटबाट जुधिरहेको छ, यहाँ हामीले पछिल्लो सबैभन्दा ठूलो महामारीका बारेमा जान्ने कोसिस गरेका छौं । तत्कालीन समयमा विश्व कुन हालतमा थियो र यो महामारीबाट मुक्त भइसकेपछि विश्व कस्तो भएको थियो ।
निश्चितरुपमा १०० वर्षमा विश्वमा कैयन परिवर्तन भएका छन् । आजको विश्वको तुलनामा त्यो समयमा रोगसँग सामना गर्नका लागि औषधि र विज्ञानको तागत सीमित थियो ।
डाक्टरहरुले यो पता लगाए कि स्पेनिस फ्लुका पछि माइक्रो-अर्गेनिजम हो । उनीहरुले यो पनि पत्ता लगाए कि रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । तर उनीहरुले तत्कालीन समयमा महामारी भाइरस नभए ब्याक्टेरिया हो ।
उक्त समयमा उपचार पनि सीमित थियो । उदारहणका रुपमा विश्वको पहिलो एन्टिबाइटिकको खोज सन् १९२८ मा मात्रै भएको थियो ।
पहिलो फ्लु भ्याक्सिन सन् १९४० मा मात्रै आम मानिसका लागि उपलब्ध भयो । त्यो समयमा सबैका लागि उपचार सम्भव थिएन । यहाँसम्म कि धनी देशहरुमा समेत पब्लिक स्यानिटाइजेसन विलासी वस्तु थियो ।
विज्ञान लेखिका तथा पेल राइडरः द स्पेनिस फ्लु अफ १९१८ एन्ड हाउ इट चेन्ज्ड द वर्ल्डकि लेखिका लारा स्पिनी भन्छिन्, ‘औद्योगिक देशमा धेरै जसो डाक्टर या त आफ्नै लागि काम गर्दथे वा उनीहरुले च्यारिटी तथा धार्मिक संस्थानबाट पैसा पाउँथे, त्यसैले धेरै जसो मानिसका लागि यो उपचारको सहुलियत थिएन ।’
युवा र गरिब भएका थिए शिकार
स्पेनिस फ्लुले यसरी आक्रमण गरेको थियो कि पहिले कुनै पनि महामारीमा देखिएको थिएन । यसभन्दा अघि सन् १८८९-९०मा फैलिएको महामारीबाट १० लाखभन्दा मानिसहरु विश्वभरमा मारिएका थिए । तर यसको दायरा स्पेनिस फ्लु जस्तो भने थिएन ।
स्पेनिस फ्लुमा मर्नेहरु धेरै जसो २० देखि ४० वर्ष उमेर समूहका युवा थिए । साथै पुरुषमा यसको असर धेरै थियो । यसको कारण रोग पश्चिमी मार्चामा रहेका आर्मी क्याम्पसमा शुरु भएको थियो र पहिलो विश्वयुद्धबाट फिर्ता भएका सैनिकसँगै फैलिन शुरु भएको थियो ।
यो महामारीको मार गरिब देशमा धेरै परेको थियो ।
हर्वार्ड विश्वविद्यालयका रिसर्चर फ्रैंक बैरोले सन्. २०२० मा आफ्नो एक अनुसन्धानबाट के अनुमान लगाए भने अमेरिकाको ०.५ प्रतिशत जनसंख्या यो रोगबाट मृत्यु भएको थियो । यो संख्या ५ लाख ५० हजार करिब थियो ।
त्यस्तै, भारतमा स्पेनिस फ्लुबाट मर्नेहरुको संख्या ५.२ प्रतिशत अर्थात १ करोड ७ लाख जनसंख्या थियो ।
प्यान्डामिक सन् १९१८ पुस्तककी लेखिका क्याथरिन अर्नोल्डका अनुसार पहिलो विश्व युद्ध र स्पेनिस फ्लुबाट एक आर्थिक त्रासदी उत्पन्न भएको थियो ।
अर्नोल्डका हजुरबुबा र हजुरआमा बेलायतमा यो रोगको शिकार भएका थिए ।
उनी भन्छिन्, ‘कैयन देशमा घर चलाउने जिम्मेवारी उठाउनेहरु, खेती गर्नेहरु, कारोबार गर्नेहरु कैयन युवाहरु मरेका थिए, विवाह र सन्तान उत्पादनका लागि समेत युवा बचेका थिएनन्, यस्ता लाखौं युवाहरु तत्कालीन रोगका कारण मरेका थिए ।’
अर्नोल्डका अनुसार योग्य मानिसहरुको अभावमा बाचेका महिलाहरुमा यो समस्या ठूलो भएको थियो । लाखौं महिलाका पति बचेका थिएनन् ।
महिलाहरु काम गर्न बाध्य भए
यद्यपि स्पेनिस फ्लु महामारीबाट कैयन ठूलो सामाजिक परिवर्तन भने भएन । यसमा १४औं शताब्दीमो ब्ल्याक प्लेगको रोगबाट सामन्तवाद पनि समाप्त भएको थियो । तत्कालीन समयमा यसबाट ठूलो सामाजिक परिवर्तन देखिएको थियो ।
तर स्पेनिस फ्लुबाट कुनै पनि देशमा लिंग सन्तुलन बिग्रिएको थियो । टेक्सास एएन्डएम विश्वविद्यालयका रिसर्चर क्रिस्टिन ब्ल्याकबर्नका अनुसार अमेरिकामा महजुरहरुको कर्मीका कारण महिलाहरुले काम गर्न बाध्य भएका थिए ।
उनका अनुसार फ्लु तथा पहिलो विश्व युद्धका कारण श्रमिकमा संकट उत्पन्न भएको थियो यसका कारण कैयन महिलाका लागि काम गर्न बाटो खुलेको थियो ।
उनका अनुसार सन् १९२० सम्म देशका सबै कर्मचारीमा महिलाको हिस्सेदारी बढेर २१ प्रतिशत पुगेको थियो । त्यो समय अमेरिकामा कंग्रेसले संविधानमा १९औं संशोधन गरेको थियो । जसमार्फत अमेरिकी महिलाहरुले भोट हाल्ने अधिकार पाएका थिए ।
ब्ल्याकवर्नका अनुसार यस कुराको प्रमाण सन् २९१८ मा फ्लुले कैयन देशमा महिलाको अधिकारमा असर पुर्याएको थियो । साथै मजदुरहरुको कमीका कारण उनीहरुको पारिश्रमिकमा पनि बढोत्तरी भएको थियो ।
अमेरिकाको सरकारी आँकडा अनुसार सन् १९१५ मा म्यानुफ्याक्चिरिङ क्षेत्रमा पारिश्रमिक २१ पैसा प्रति घण्टा थियो । जबकी सन् १९२० मा यो पारिश्रमिक बढेर ५६ पैसा प्रति घण्टा भएको थियो ।
स्पेनिस फ्लुले विश्वभर जन्मिएका बालबालिकामा वैज्ञानिहरुले अनुसन्धान गर्दा महामारीपछि जन्मिएकाहरुमा मुटुको रोग देखिएको थियो ।
बालबालिकामा पनि असर परेको थियो ।
बेलायत र ब्राजिलमा विश्लेषण गर्दा सन् १९१८-१९१९को बीचमा जन्मिएका बालबालिकाहरुमा औपचारिक रुपमा जागिर गर्न र कलेजमा पढाइ गर्नका लागि कम असर थियो ।
केही थ्योरीहरु के पनि भन्छन् भने महामारीको अवधिमा महिलाहरुमा उत्पन्न तनाबको असरका कारण उनीहरुको पेटभित्र रहेको भ्रुणको विकासमा पनि असर परेको थियो ।
अमेरिकामा सन् १९१५ देखि १९२२ सम्मको अवधिमा जन्मिएका मानिसहरु आर्मीमा भर्ती हुनेको आँकडा हेर्दा अन्यको तुलनामा १ मिलिमिटर होचा थिए ।
औपनिवेशवादको विरोध र अन्तर्राष्ट्रिय सहयोग
सन् १९१८ सम्म भारतमा बेलायतको उपनिवेशवाद शुरु भएको १ सय वर्ष पुगेको थियो । भारतमा स्पेनिस फ्लु सोही वर्ष मे महिनामा आएको थियो । यो रोगबाट ब्रिटिस नागरिकको तुलनामा भारतीय मानिसहरुमा धेरै असर परेको थियो ।
आँकडाका अनुसार हिन्दुहरुमा पनि तल्ला जातिहरुमा मृत्युदर १ हजार मानिसमा ६१.६ सम्म पुगेको थियो । जबकी युरोपियन मानिसहरुमा यो प्रति हजार ९ मा थियो ।
भारतीय राष्ट्रवादीहरु यो कुरालाई लिएर ब्रिटिसहरुको कुप्रबन्धनको परिचय दिएका थिए । सन् १९१९ मा योङ इन्डियाको एक संस्करणमा ब्रिटिस अधिकारीहरुको आलोचना पनि गरिएको थियो । योङ इन्डियाको प्रकाशन महात्मा गान्धीले गर्दथे ।
यसको सम्पादकीयमा कुनै पनि सभ्य देशमा यति ठूलो भीषण र विनाशकारी महामारीका बीच यति ठूलो लापरबाही नभएको उल्लेख गरिएको थियो ।
यद्यपि विश्वभर विश्वयुद्धका कारण एक अर्का देशमा शत्रुतालाई झेलिरहेका थिए । तर यो महामारीले अन्तर्राष्ट्रिय सहयोगमा समेत जोड दिएको थियो ।
सन् १९२३ मा लिग अफ नेसनले हेल्थ अर्गनाइजेसनको शुरुवात गरेको थियो । लिग अफ नेसन यूएनभन्दा पहिले स्थापना भएको बहुपक्षीय संस्था थियो ।
हेल्थ अर्गनाइजेसन एक प्राविधिक एजेन्सी थियो । जसले एक नयाँ अन्तर्राष्ट्रिय महामारी कन्ट्रोल सिस्टम तयार पारेको थियो । यसबाट डिप्लोमेट्सको बदलामा मेडिकल प्रोफेसनल चलाइरहेको थियो । यसको अफिस इन्टरनेशनल डिहाइजिन पब्लिकका रुपमा थियो । यो हेल्थ अर्गनाइजेसनको विउ १९४८ मा रोपिएको थियो ।