अनलाइन हाफलाइन जस्तो हुँदा सेयर कारोबार हुन सकेनः ढुंगाना, अन्तर्राष्ट्रियस्तरको भनेको के हो ?: साउद



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगानाले नेपाल स्टक एन्सचेन्ज ९नेप्से०ले ल्याएको अनलाइन अहिले हाफालाइन मात्रै भएको बताए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको छलफलमा उनले नेप्सेको अनलाइनले पूर्ण काम गर्न नसकेको भएर हाफलाइन भएको बतताए । उनले अनलाइनले पूर्ण रुपमा ट्रेडिङ गर्न नसकेको कारण अहिले सेयर कारोबार गर्न नसकेको उनको भनाई छ ।

उनले भने ‘अहिले अनलाइनले खरिद र बिक्री भएपछि ट्रेडको म्याचिङ हुन्छ, सेयर ट्रान्सफर गर्ने इडिआईएस ब्रोकरले चलाएपनि कुनै कारोबार बैंकसँग इन्ट्रिग्रेसन हुन सकेको छैन । इन्ट्रिग्रेसनको कारण भएको थियो भने हाफलाईन अनलाइन हुनेथियो र हामीले लकडाउनको समयमा पनि सेयर कारोबार गर्न पाउने थियौ ।’

फुल्ली अनलाइन हुनको लागि बैंक इट्रिग्रेसन हुनै पर्ने उनको तर्क छ । त्यसको लागि धितोपत्र बोर्डले लकडाउन हुनुभन्दा अगाडि नै टेक्निकल कमिटी बनाएको र लकडाउनको कारण त्यो कमिटिले काम गर्न नसकेको उनको गुनासो छ । त्यो कमिटिमा धितोपत्र बोार्डका साथै नेप्से, डिपी, मचेन्ट बैंक, बैंक लगायत लगायत सरोकारवाला सबै निकाय रहेको ढुंगानाको भनाई छ ।

कमिटिले काम गरेपछि अनलाइनले पूर्णता पाउने र सबैकाम अनलाइन बाट नै हुने उनको दाबी छ । कोरोनाका कारण लामो समय सेयर कारोबार बन्द भएपनि खुले पछि बजारमा धेरै गिरावट नआउने उनको भनाई छ ।

एक महिना भन्दा बढी बजार बन्द भएको र अब सबै निकायले समन्वय गरेर कारोबार खेल्ने विषयमा छलफल भएको भन्दै बजार खुलेपछि पहिलो लगानी सेयर बजारमा भित्रने उनको भनाई छ। उनले भने ‘लकडाउन खुलेपछि उद्योग भन्दामा तत्काल लगानी गर्न सक्ने सम्भावना छैन । सहजै लगानीगर्न सकिने क्षेत्र भनेको सेयर बजार नै हो । अहिलेको लकडाउनले गर्दा बैंकिङ तथा वित्तीय संस्था, बीमा, जलविद्युत लगायत क्षेत्रमा धेरै असर नपरेको र यी संस्थाहरुको नाफामा समेत धेरै गिरावट नआउने भएकोले बजार घटदैन ।’

उनले नेपाल राष्ट्र बैंकलाई भनेर ६५ प्रतिशत मार्जिनको सुविधा रहेकोमा त्यसमा २० प्रतिशत तलमाथी हुँदा मार्जिन कल नगर्न आग्रह गरेको पनि जानकारी गराए ।
सेयर बजार खोल्ने विषयमा सरोकारवाला निकायसँग छलफल भइसकेको र अब सबै निकायमा समन्वय गरेर बजार खोल्न सकिने बताए ।

छलफलमा नेपाल स्टक एक्सचेन्ज ९नेप्सेंका सिइओ चन्द्र सिंह साउदले सबैले अनलाइन सिस्टम अन्तर्राष्ट्रिय स्तरको नभएको भनेर प्रश्न गरेको समयमा केहो अन्त्राष्ट्रिय स्तरको अनलाइन भनेर प्रश्न समेत गरेका छन् । उनले नेप्सेले ल्याएको अनलाइन सिस्टममा कुनै समस्या नभएको बताएका छन् ।

कारोबार बढेको समयमा विदेशबाट समेत भुक्तानी गरेर स्मरण गराए । अहिलेको अवस्थामा अनलाइबाट कारोरबा गर्नको लागि धेरै निकायसँग समन्वय गर्नुपर्ने बताए । ‘अहिले लगानीकर्ताले अनलाइन चलाउन चाहेनन् । लगानीकर्ताले पुरानै सिस्टम चलाउन खोजे अनि अन्तर्राष्ट्रिय स्तरको अनलाइन भएन भने, अन्तर्राष्ट्रि स्तरको भनेको के हो रु’ उनले प्रश्न गरे ।

लकडाउनको समयमा सेयर बजार खोल्ने की नखोल्ने भन्ने विषयमा सुरुमा धेरै छलफल भएको र लगानीकर्ताको हितमा नै बन्द गरेको उनले बताए । सबैको आवत जावतमा समस्या हुने भएकोले बजार बन्द गरेको उनको तर्क छ ।
‘२५ गतेसम्म कारोबार बन्द हुन्छ । २६ गतेबाट खुल्ने भएकोले तयारीमा रहनु भनेका छौं । सबैले बजार खोल्नुपर्छ भनेका छौं’ उनले भने ‘मेरो सेयर रिनुको विषयमा छलफल भएको छ ।

यो अवधिमा मेरो सेयर निःशूल्क दिन सकिन्छ की भनेर छलफल जारी छ । आगामी दिनमा बजार अवश्यक खुल्छ ।’


क्लिकमान्डु