कोरोनाका कारण चीनमा सञ्चालित विदेशी कम्पनी भारततर्फ आकर्षित



एजेन्सी । कोरोना भाइरसका कारण चीनमा विपरीत असर परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार वैश्विक निर्माता कम्पनीहरुले भारतीय कम्पनीसँग कुराकानी गर्न शुरु गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार चीनमा मात्रै निर्भर बहुराष्ट्रिय कम्पनीहरु यतिबेला भारततर्फ पनि व्यापार बढाउन खोजेका छन् । जानकारी अनुसार करिब १ हजार विदेशी कम्पनीहरु यतिबेला भारतमा प्रवेश गर्ने विषयमा बिचार गरिरहेका छन् । जसमध्ये ३०० वटा कम्पनीहरुले भारतमा फ्याक्ट्री नै स्थापना गर्ने योजना बनाएका छन् ।

चीनको बुहानमा यतिबेला कैयन मोटर कम्पनीका कारखाना छन् । कोरोना भाइरसको प्रकोप धेरै हुँदा आपूर्तीमा ठूलो समस्या आएको थियो । यसलाई मध्यनजर गर्दै अटोमोबाइल तथा इलेक्ट्रिोनिक उत्पादनको सोर्सिङमा रुचि राख्ने विदशी कम्पनीहरु यतिबेला भारतमा रुचि देखाइरहेका छन् ।

हिरो मोटर्स कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशन पंकज मुञ्जालले अटो पार्टस् बनाउने कम्पनी यतिबेला भारतीय कम्पनीहरुसँग सम्पर्क गरिरहेका छन् । यी कम्पनीहरु अहिले चीनबाट सञ्चालित छन् । मुञ्जालका अनुसार अहिले धेरै जसो आपूर्ती चीनबाट भइरहेको छ । तर अब भारत, भियतनाम जस्ता देशमा सिफ्ट हुन खोजिरहेका छन् ।

जापान पनि चीनबाट कम्पनी हटाउन चाहन्छ

मुञ्जालका अनुसार विदेशी कम्पनीहरु भारतमा लगानी गर्न खोजिरहेका छन् । त्यसैले भारतीय सरकारले पनि यतिबेला चीनबाट कम्पनीहरु भारतमा ल्याउनका लागि आकर्षक योजना ल्याउने तयारी गरिरहेको छ । यो महिनाको शुरुवातमा जापानले कोरोना भाइरसको महामारीपछि आफ्ना कम्पनीहरु चीनबाट बाहिर ल्याउनका लागि २.२ बिलियन डलर लगानी गरेको छ । यो भारतका लागि जापानीज कम्पनीहरुसँग जोड्नका लागि शानदार मौका भएको मुञ्जालको भनाइ छ ।

जोनसन एन्ड जोनसनसहित अन्य मेडिकल कम्पनीले देखाए रुचि

जोनसन एन्ड जोनसनसहित अन्य मेडिकल कम्पनीले पनि भारतमा लगानी बढाउनका लागि रुचि देखाएका छन् । भारतमा जुन वैश्विक फार्मले रुचि देखाएका छन् त्यसमा अमेरिकाका मेडिकल, इलेक्ट्रिोनिक्स उत्पादनका टेलिडेने र एम्फेनोलका निर्माता छन् ।

साथै जोनसन एन्ड जोनसन जस्ता मेडिकल उपकरण निर्माता पनि छन् । डेकी इलेक्ट्रिोनिक्सका प्रबन्ध निर्देशक तथा भारतीय उद्योग परिसंघमा इलेक्ट्रिोक्सि राष्ट्रिय प्यानलका अध्यक्ष बिनोद शर्माका अनुसार उनको एक कम्पनी दक्षिण कोरियाको फर्मसँग कुराकानी गरिरहेको छ ताकी इलेक्ट्रिोनिक्स पाट्र्स बनाउन सकियोस ।

अधिकांश अटो फार्म नवीनतम इन्जिन तथा चीनसँग अन्य इलेक्ट्रिोनिक भागका लागि इन्धन इजेक्सन सिस्टम जस्ता भाग आयात गर्दछन् ।

१ हजार कम्पनीले देखाए चासो

यतिबेला कोरोना भाइरसको असरका कारण भारतमा प्रवेश गर्नका लागि १ हजार विदेशी कम्पनीले चासो देखाएका छन् । जसमध्ये ३ सयभन्दा बढी कम्पनीले भारतमै कारखाना स्थापना गर्न समेत चासो देखाएका छन् ।

विदेशी लगानी भारतमा ल्याउनका लागि सरकारले गत वर्षे कर्पोरेट कर घटाएर २५.१७ प्रतिशतमा सीमित गरेको थियो । त्यस्तै नयाँ कारखाना स्थापनाका लागि कर घटाएर १७ प्रतिशत बनाएको थियो । यो करको दलर दक्षिण पूर्वी एशियामा सबैभन्दा कम हो ।


पुष्प दुलाल