युरोपका अर्थमन्त्रीको बैठक बिना निष्कर्ष टुंगियो,राहत प्याकेजमा निर्णय भएन



युरोपियन संघका वित्त मन्त्रीहरुले १६ घण्टासम्म गरेको कुराकानी अन्ततः बिना निश्कर्ष टुंगिएको छ । पोर्चुगलका वित्त मन्त्री तथा युरोग्रुपका प्रेसिडेन्ट मारियो सेन्टेनोले एक ट्विट गर्दै यसबारेमा जानकारी दिएका छन् ।

‘१६ घण्टासम्म हामीबीच कुराकानी भयो, जसमा एउटा डिलको निश्कर्ष नजिक पुगेपछि टुंगो भने लागेको छैन, म युरोग्रुपलाई निलम्बन गर्छु र अर्को बैठक बिहीबार हुनेछ, मेरो लक्ष्य के हो भने कोभिड १९ को नतिजाका विरुद्धका लागि एक बलियो ईयू सेफ्टी नेट (जो कर्मचारी, कम्पनीहरु र देशको रक्षा गरोस) र मूल्यांकन योग्य रिकभरी योजनाका लागि प्रतिबद्ध छु,’ उनले भने ।

वित्त मन्त्रीको बैठकमा डिलमा सहमति हुन लागेको बेलामा इटली र नेदरल्यान्डसका बीच विवाद शुरु भएको थियो । दुबै देशले रिकभरी फन्डबाट कर्जा पाउने सर्तमा असहमति राखेका थिए ।

सुत्रका अनुसार इटली जुन तरिकाले कर्जाको प्रक्रिया चाहेको छ त्यसलाई नेदरल्यान्डले साफ तरिकाले अस्वीकार गरेहेको थियो ।
युरोजोनका देशमा यो मुद्दा विभाजनको कारण देखिएको छ । कोरोना भाइरससँग नराम्रोसँग प्रभावित भएको इटली र स्पेन कोरोना बन्डका रुपमा सामूहिक ग्यारेन्टी चाहेका छन् । तर यो प्रस्ताव सायौं अर्ब युरोको हुन सक्छ ।जर्मनी र नेदरल्यान्डले यसलाई खारेज गरेका छन् ।

त्यसपछि युरोपको सबैभन्दा बलियो अर्थव्यवस्था भएको जर्मनीले यूरोपियन स्टाबिलिटी मेकानिजमका मार्फत अप्ठ्यारोमा फसेका देश सहयोग गर्न भनेको थियो । यसमा कर्जाका बदलामा कडा र व्यापार आर्थिक र वित्तीय सुधारको माग गरिएको थियो ।

जर्मन सरकारले यसमा केही लचिलोपनको संकेत पनि दिएको छ । तर यो अझै स्पष्ट भएको छैन कि जर्मनी कतिसम्म नरम हुन सक्छ । जर्मन वित्त मन्त्री ओलाफ शोल्जले युरोपियन देशसँग आपसी मतभेद किनारा लगाउँदै एक कम्परमाइज डिल स्वीकार गर्नका लागि समेत अपिल गरेको छ ।

रिपोर्टका अनुसार जर्मनी, फ्रान्स तथा स्पेन यसका लागि तयार छन् । तर इटाली र नेदरल्यान्डले भने यसलाई खारेज गरिदिएका कारण समस्या देखिएको छ ।

युरोपियन सेन्ट्रल बैंकका अनुसार कोभिड १९ महामारीको आर्थिक झट्कासँग लड्नका लागि युरोपियन संघले १५०० अर्ब डलरको जरुरी पर्न सक्छ । युरोजोनका सबै ठूला देश यस समयमा नराम्रोसँग कोरोना भाइरसको चपेटामा आइसेका छन् ।

जसमा स्पेन, इटली, फ्रान्स तथा जर्मनी हरेक देशले कोरोना भाइरसका संक्रमित २ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । भने चार वटा देशको आर्थिक गतिविधी पनि ठप्प भएको छ ।

विशेषज्ञहरुले कोरोनाका कारण विश्वको अर्थव्यवस्था सन् २००८ मा भन्दा पनि नराम्रो अवस्था आउने संकेत गरिसकेका छन् । धेरै जसो देशमो बेरोजगारीको समस्या अझ ठूलो हुने देखिएको छ ।

जर्मनी जस्तो देश पनि अहिले सबैभन्दा गहिरो आर्थिक संकटमा देखिएको छ भने अर्थव्यवस्थामा भारी गिरावट पनि देखिएको छ । यो वर्ष जर्मनीको जीडीपी ४ प्रतिशतले घट्ने देखिएको छ । भने रोजगारीमा पनि यसको सिधा असर देखिने पक्का छ ।
–एएफपी


क्लिकमान्डु