कुन देशमा लकडाउन उल्लघंन सम्बन्धी कस्ताे नियम ? अष्ट्रेलिया र स्पेनमा १० लाख र जेल सजायसम्म



तिबेला विश्वभरका करिब २५ प्रतिशत अर्थात २ खर्ब मानिस लकडाउनमा छन् । कोरोना भाइरसले हरेक दिन हजारौं मानिसलाई संक्रमण गरिरहेका बेलामा विश्व नै ठप्प भए जस्तै भएको छ ।

मानिसहरु अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन पाएका छैनन् । आवश्यक सेवा लिन पाएका छैनन भने कैयन स्थानमा खाद्यान्नको आपूर्ती कम हुँदा भोकमरीको अवस्था सिजर्ना भएको छ । भने विश्व बैंकले कोरोना भाइरसका कारण विश्वमा १ करोडभन्दाको संख्यामा गरिबी बढ्ने प्रक्षेपण गरिसकेको छ ।

त्यसैले विश्वका कैयन देशले कोरोना भाइरसको यो महामारीको संकटबाट बच्न तथा महामारीको संक्रमणलाई न्यूनिकरण गर्नका लागि ‘लकडाउन’ लगाएका छन् । कतिपय ठाउँमा त यसलाई कफ्र्युकै रुपमा कार्यान्वयन समेत गरिएको छ ।

लकडाउन उल्लघंन गर्नेलाई पनि विभिन्न देशले आ–आफ्नै नियम बनाएका छन् । जसमध्ये केही देशका नियम निकै कडा छन् । आउनुहोस, जानौं कुन देशमा कस्तो नियम छ ?

नेपाल
नेपालमा लकडाउन सम्बन्धि पनि तर यसलाई कडा रुपमा कार्यान्वयन भने गरिएको छैन । अहिले लकडाउन उल्लघंन गर्नेलाई बाटोमै उठबस गराउने, पिठ्युँमा निला डाम हुने गरी कुट्नेसम्मका अमानवीय कारबाही भए पनि जरिवाना र जेल सजाय भने भएको छैन । हजारबढी सवारी साधन र यात्रुलाई चेतावनी स्वरुपको काराबाही भने भएको छ ।

संक्रमण रोग ऐन २०२० को दफा ९२० बमोजिम जारी आदेशको अपहेलना गर्ने काममा बाधा पर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने उल्लेख छ ।
उक्त ऐनमा अपहेलना गर्ने व्यक्ति उपर १ महिना कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुबै हुने उल्लेख छ ।

साथै अधिकृतहरुलाई काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँसम्म जरिवाना वा दुबै हुने उल्लेख गरिएको छ ।

अष्ट्रेलिया
अष्ट्रेलियामा लकडाउन उल्लघंन गर्नेलाई १३ हजार अष्ट्रेलियन डलर अर्थात ११ लाख रुपैयाँ जरिवाना गराउने उल्लेख छ । साथै ६ महिना जेल कैद पनि बस्नु पर्ने हुन सक्छ । साथै त्यहाँको प्रहरीले १ हजार अष्ट्रेलियन डलर अन द स्पट नै तिराउन सक्ने नियम छ । साथै त्यहाँको सरकारले २ जना पनि एकै ठाउँमा जम्मा हुन निर्देशन दिइसेकेकोछ । तर डाक्टर कहाँ जान, अत्यावश्यक सामान खरिद गर्न, बिहान कसरत गर्न र अफिस जानका लागि भने छुट दिएको छ । साथै ६० वर्षभन्दा माथि उमेरका मानिसलाई घरबाटै ननिस्कन भनिएको छ ।

थाइल्याण्ड
थाइल्याण्डमा पनि ६ घण्टाको रात्रिकालीन कफ्यू लगाइँदैछ । उक्त आदेश उल्लघंन गरेमा २ वर्षको जेल सजाय हुनेछ । कफ्यू राति १० बजेदेखि बिहान ४ बजेसम्म लागू हुनेछ । ्

बेलायतमा
संयुक्त अधिराज्य बेलायतमा लकडाउन उल्लघंन गर्नेलाई प्रहरीले अन द स्पट ६० यूरो तिराउन सक्छ । यो रकम नेपाली रुपैयाँमा हेर्दा ८ हजार रुपैयाँ हो । तर यसलाई १४ दिनभित्र बुझाएमा ३० युरोमात्रैले हुन्छ भने समयमा नबुझाएमा दोब्बर हुँदै जान्छ ।

फ्रान्स
फ्रान्समा पनि अहिले लकडाउन चलिरहेको छ । र, लकडाउन उल्लंघन गर्नेलाई पहिलो पटक भए १३५ यूरो तर्था १८ हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ भने १५ दिनमै दोस्रो पटकमा भए २०० यूरो अर्थात २६ हजार ४०० सय रुपैयाँ जरिवाना तिर्नुपर्छ । यदी चौथो पटक पनि भयो भने तपाईले ३७५० यूरो अर्थात् झण्डै ५ लाख रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय भोग्नुपर्छ ।

इटली
कोरोना भाइरसका कारण अहिलेसम्म सबैभन्दा धेरै मानिस इटलीमा मरेका छन् । त्यहाँको सरकारले लकडाउनको नियमलाई निकै कडा बनाएको छ । जस अनुसार कसैले लकडाउन उल्लघंघ गरेको पाइएमा ३ महिना कैद र २७ हजार रुपैयाँभन्दा बढी जरिवाना बुझाउनुपर्छ ।

स्पेन
स्पेनमा लकडाउनको नियम पनि निकै कडा बनाइएको छ । जहाँ पहिलो पटकका लागि १ सय यूरो जरिवाना लाग्छ भने बारम्बार लकडाउन उल्लंघन गर्नेलाई ३० हजार यूरोसम्म जरिवाना अर्थात् ९ लाख ६० हजार रुपैयाँसम्म लाग्छ । भने स्पेनकै कैयन प्रान्तमा भने ६ सय यूरो तोकिएको छ ।


क्लिकमान्डु