लक डाउनको समयमा बैंकहरुले जनतालाई घुम्ती बैकिङ सेवा दिनुपर्छः नरबहादुर थापा



C

कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महामारी घोषणा गरेको छ । नेपाल सरकारले जनताको सुरक्षाको लागि र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशभरि लग डाउन समेत गरिसकेको छ ।

यो महामारीको प्रकोप चलिरहेको बेलामा नेपालीहरुले यसको सामना कसरी गर्ने, यसबाट कसरी उम्किने ? भन्ने उपायतर्फ लाग्नुपर्छ । जनताहरु ६ बजेपछि आफ्नो आवश्यक परेको सामानहरु किन्नका लागि बजार जाने गर्छन् । बजार गएपछि आफूलाई आवश्यक परेको सामान खरिद अथवा कारोबार गर्दा पैसाको कारोबार पनि हुन्छ । यो अवस्थामा बजारमा कारोबार गर्दा सबैले आवश्यक सावधानी अपनाउनु पर्छ ।

बैंकिङ कारोबारलाई सहज बनाउनका लागि बैंकहरुले आफ्नो कर्मचारीको सुरक्षाका साथै सेवाग्रहीको सुरक्षा र कारोबारलाई सुरक्षित बनाउनु पनि आवश्यक छ । जनतालाई आवश्यक पर्ने खाद्यवस्तु औषधि तथा अन्य सामानहरु किन्नका लागि पैसा त आवश्यक पर्छ नै । त्यसका लागि बैंकहरुले सोच्नुपर्छ ।

सहरी तथा ग्रामीण भेगका पनि सुगम क्षेत्रहरुमा यत्रतत्र एटिएमहरू हुन्छन् । तर ग्रामीण भेग जुन ठाउँमा बैंक हुँदैनन् । बैंकको शाखामा पुग्न वा एटीएममा पुग्न धेरै समय दिनुपर्ने हुन्छ वा बैंक शाखामा पुग्नका लागि उठाउनु पर्ने हुन्छ । जोखिमले उठाएर यो महामारीको बेलामा पैसा झिक्नका लागि नै धेरै टाढासम्म जाँदा नागरिकलाई कोरोना लाग्ने जोखिम बढी हुन्छ ।

बैंकिङ कारोबार गर्दै जनतालाई कोरोना लाग्ने डर बढी भैरहँदा बैंकले यसको सहजीकरणमा सरकारसँग समन्वय गर्न अत्यन्त आवश्यक छ ।

पहिलो प्राथमिकतामा बैंकहरूले डिजिटल बैकिङ कारोबारमा सेवाग्रहीलाई प्रोत्सान गर्ने उनीहरुलाई विभिन्न शुल्कमा छुट दिएर हुन्छ वा सहजीकरण गरेर हुन्छ डिजिटल बैकिङ कारोबारमा प्रोत्साहन गर्नुपर्छ । लक डाउनको अवस्थामा बैंकहरूले डिजिटल बैकिङ कारोबारमा कुनैपनि समस्या आएमा बैंकका कर्मचारीलाई घरबाटै त्यसको सहजीकरण वा आएको समस्यालाई समाधान गर्ने सेवाग्राहीलाई त्यसको जानकारी दिने र समस्याको समाधान गरिदिने प्रावधान गरिदिनुपर्ने हुन्छ ।

नेपालको सन्दर्भमा सबै बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीहरुको प्रविधिमैत्री वा प्रविधिसँग चल्नसक्ने छैनन् ।

डिजिटल बैकिङ कारोबारमार्फत् कारोबार गर्न असम्भव वा असक्षम रहेको अवस्थामा बैंकहरूले एटीएममा प्रशस्त पैसा राखिदिने, एटीएममा लाग्ने शुल्क कटौती गरिदिने र एटीएम बूथहरुमा पनि कोरोना भाइरस विरुद्धका सुरक्षाका उपायहरू जस्तैः सेनिटाइजर, ग्लोप्स र माक्सहरु पनि राखिदिनु पर्छ ।

यो समयमा बजारमा चलनचल्तीमा गएका कारोबारमा आएका पैसालाई वा आवश्यकताभन्दा बढी भएका पैसालाई निक्षेपकोरुपमा बैंकमा जम्मा गर्ने व्यवस्था पनि हुनु पर्छ ।

कोरोना भाइरसको महामारी चलिरहेको अवस्थामा बैंकहरुले आफ्नो कार्यालय खोलेर जनतालाई बैकिङ सेवा दिनु असम्भव पनि हुनसक्छ ।

कर्मचारीको सुरक्षाका लागि उनीहरुले उच्च सावधानी अपनाउनुपर्ने हुन्छ । दैनिक कार्यालय खोलेर सेवाग्राहीलाई बैंकिङ सेवा दिन कम्प्युटरमा बस्दा ती कर्मचारीलाई सबैभन्दा बढी संक्रमणको जोखिम हुन्छ । जस कारण बैकहरुले कोरोना भाइरसको महामारी चलिरहेको बेलामा स्थानीय सरकारसँग समन्वय तथा सहकार्य गरेर घुम्ती बैंकिङ सेवा सञ्चालन गर्न सक्छन् ।

लक डाउन भएको बेलामा व्यवसायीहरुले अत्यावश्यक खाद्य वस्तु तथा औषधिको कारोबार गर्दा जम्मा भएका पैसा र जनताहरुलाई आवश्यक पर्ने पैसा झिक्ने र राख्न दिनका लागि भए पनि स्थानीय सरकारसँग सहकार्य गरेर बैंकहरुले घुम्ती सेवा सञ्चालन गर्नुपर्ने हुन्छ ।

घुम्ती सेवा दैनिक रुपमा सञ्चालन गर्ने भन्दापनि साप्ताहिकरुपमा समय तोकेर कुन समयमा घुम्ती सेवा कुन बैंकले कतिखेर सञ्चालन गर्ने हो जनतालाई अग्रिम सूचना दिएर समय र स्थान तोकेर घुम्ती सेवा सञ्चालन गरी बैंकिङ सेवा आफ्नो सेवाग्राहीलाई दिन सक्छन् ।

लकडाउन देशव्यापीरूपमा भएको हो ग्रामीण भेगमा वित्तीय पहुँच पुगे पनि अझैसम्म कतिपय जनता एटिएम कार्ड चलाउनेहरु चलाउन नजान्ने सम्मका छन् । ती जनतालाई लक्षित गरेर भएपनि बैंकको काउन्टरमा हुने बैंकिङ कारोबार जुन निक्षेप संकलन र पैसा झिक्ने कारोबार घुम्ती सेवामार्फत दिन सकिन्छ ।

चलनचल्तीमा बजारमा गएका पैसा बैंकिङ सिस्टममा आउनुपर्छ बैकिङ सिस्टममा आएका पैसा आवश्यकतानुसार एटीएममार्फत् जनताको हातमा आवश्यक कारोबारका लागि पुग्न पर्ने हुन्छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण अझ बढी देखिन थाल्यो भने लगडाउनको अवधी बढ्न सक्छ । यो अवस्थामा जनताको हातमा भएको पैसा बैकिङ सिस्टममा नजाँदा समस्या आउन सक्छ । त्यसकारण गुण बैंकहरूले घुम्ती बैकिङ सेवा सञ्चालन गरी व्यवसायी र जनताको हातमा भएको पैसा सुरक्षितरुपमा जम्मा गरिदिने र आवश्यक परेको पैसा उनीहरूलाई दिने कार्य गर्नुपर्छ । (कुराकानीमा आधारित)


पुष्प दुलाल