कोरोना भाइरसले बीमा क्षेत्रमा पर्न सक्ने ५ असरः पूर्णबहादुर थापाको लेख



हाल विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले चैत्र ११ देखि १८ गते २०७६ सम्म अत्यावश्यक सेवा वाहेकका अन्य सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ । यसबाट देशको सबै प्रकारका ब्यवसायहरु प्रभावित हुन जाने कुरा सबैलाई अवगत नै छ ।

प्रभावित हुने क्षेत्रहरु
(क) पर्यटन क्षेत्र
(ख) बैकिङ्ग क्षेत्र
(ग) बीमा क्षेत्र
(घ) हवाइ सेवाहरु
(ङ) इन्फास्ट्रक्चर
(च) फिल्म हल
(छ) विजनेस महल
(ज) होटल
(झ) आयात\निर्यात ब्यापार
(ञ) शेयर बजार
(ट) शैक्षिक क्षेत्र
(ठ) सबै प्रकारका कल कारखानाहरु

नेपालको अर्थतन्त्र खासगरी रेमिट्यान्समा आधारित अर्थनत्त्र हो । विश्व नै कोरोना भाइसका कारण त्रसित र ग्रशित भएको छ । यस्तो अवस्थामा विदेशबाट आउने रेमिट्यान्समा कमी आउने देखिन्छ । यस्तो परिस्थितिले देशको अर्थतन्त्रलाई ठुलो असर पर्ने देखिएको छ ।

कोरोना भाइरसका कारण बीमा क्षेत्र पनि अछुतो रहन सक्दैन । हाल नेपालमा २० वटा निर्जीवन बीमा कम्पनी, १९ बटा जीवन बीमा कम्पनी र १ पुनर्बीमा कम्पनी संचालनमा छन् । बीमा कम्पनीहरुलाई पर्नेसक्ने असर देहाय बमोजिम रहेको छ ।

१. बीमा ब्यबसायको नयाँ जारी बीमालेख र बीमाशुल्क संकलनमा कमि आउन सक्ने

कोरोना भाइरसका कारण अत्यावश्यक सेवाहरु वहेकका सबै प्रकाका ब्यवसाय बन्द भएको छ, जनमानसमा डर र त्रास फैलिएको छ । यस्तो अवस्थामा बीमा गर्ने भन्दा पनि अति आवश्यक खानेकुराह?को जोगो गर्न पटि लाग्दछन् । त्यस्तै, बैकिङ क्षेत्र पनि वन्द रहेको छ जसले गर्दा बैंकले प्रवाह गर्ने कर्जामा पनि कमी आएको छ भने जसको असर बीमा ब्यवसायको नयाँ जारी बीमालेखमा कमि आउनुको साथै बीमाशुल्क संकलनमा पनि कमि आउन सक्नेछ ।

२. दावी भुक्तानी अनुपात बढी हुन सक्ने

कोरोना भाइरसका कारण बीमा गरिएका सम्पति तथा जिउधनमा हुन गएको क्षतिको दावी भुक्तानी गर्नु पर्ने हुन्छ । यस्तो अवस्थामा नयाँ बीमालेख र बीमाशुल्क संकलनमा कमि आउने र दावी भुक्तानी बढि गर्नु पर्ने हुँदा दावी भुक्तानी अनुपात बढि देखिन सक्नेछ ।

३. बीमा कम्पनीहरुको शेयर मुल्यमा कमि आउन सक्ने

कोरोना भाइरसका कारण बीमा गरिएको सम्मत्ति र जिउधनको क्षति हुन गएमा दावी भुक्तानी गर्नु पर्ने र नयाँ बीमालेख जारीमा कमि देखिनु आदी कारणले बीमाशुल्क संकलनमा पनि कमि देखिन्छ अन्तत भुक्तानी गर्नु पर्ने रकम बढि र बीमाशुल्क संकलनमा कमि देखिनाले बीमा ब्यवसायको नाफामा असर गर्ने हुनाले बीमा कम्पनीह?को शेयर मुल्यमा पनि कमि आउन सक्नेछ ।

४. ब्याजदरमा कमी आउने

बीमा ब्यवसायबाट संकलित रकमलाई बीमा कम्पनीहरुले पुन लगानी गरी सोही ब्याज रकमबाट जीवन बीमा गर्ने बीमितह?लाई बोनस र शेयरधनीह?लाई लाभांश दिने गर्दछ । जब आर्थिक गतिविधि कम भएको अवस्थामा बैंकहरुले डिपोजिटको रुपमा लिएको रकममा दिने ब्याजदरमा कमि आउन सक्नेछ । यसको असर बीमा कम्पनीहरुको नाफा नोक्सानमा पनि पर्दछ ।

५. बीमा कम्पनीले गर्ने लगानीमा न्यून हुन सक्ने

बीमा कम्पनीहरुले संकलन गरेको बीमाशुल्क रकमबाट लगानी योग्य रकमलाई बीमा समितिको लगानी निर्देशन बमोजिम तिोकिएको क्षेत्रमा लगानी गर्न पाइन्छ । यस्तो लगानी योग्य रकमबाट दावी भुक्तानी गर्नु पर्ने र ब्यवस्थापन खर्च हुन जाने तर नयाँ बीमालेख जारी र बीमाशुल्क संकलनमा कमि आउने हुँदा बीमा कम्पनीले लगानी गर्ने रकममा पनि कमी हुनसक्छ ।

अन्त्यमा,

कोरोना भाइरसका कारण रष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा जनमानसमा भयावह स्थिति उत्पन्न भएको छ भने विश्व अर्थतन्त्र नै धाराशाय हुन सक्ने देखिन्छ । सबै प्रकारका ब्यवसाय बन्द हुने स्थिति देखिएको छ । जसको असर बीमा क्षेत्रले पनि भोग्नु पर्ने हुन्छ ।

नेपालको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आ.ब. २०७६\७७ को दोश्रो त्रैमासिकमा प्रकाशित गरेको वित्तीय विवरणको आधारमा निर्जीवन बीमा कम्पनीको जगेडा तथा कोषमा १८ अर्ब ५० करोड रुपैयाँ रहको र जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा २ खर्ब ७८ अर्ब ६९ करोड रहेको देखिन्छ ।

जसले गर्दा बीमा क्षेत्रमा कोरोना भाइरसको कारणले सम्पत्ति र जिउधनमा पर्न जाने दावीको दावी भुक्तानी गर्न सक्षम छन् । बीमा कम्पनीहरुले निश्चित प्रतिशत कम्पनी आफैले जोखिम धारण गर्ने र बाँकी जोखिमको पुनर्बीमा गर्ने हुँदा पुनर्बीमा ब्याकअप पनि राम्रो रहेको देखिन्छ ।


पुष्प दुलाल