कोराना भाइरस विरुद्द लड्न २ खर्ब अमेरिकी डलरको प्याकेजको घोषणा, कुन देशमा कस्तो तयारी ?
कोरोना भाइरसको कारण विश्वमा आर्थिक संकट देखिने स्पष्ट संकेत देखिएका छन् । अर्थव्यवस्थालाई जोगाउनको लागि विश्वका शक्तिशाली देशका सरकार तथा केन्द्रीय बैंकहरुले राहतको प्याकेजको घोषणा गरेका छन् । अहिलेसम्म विभिन्न देश तथा बहुराष्ट्रिय निकायहरुले २ खर्ब अमेरिकी डलरभन्दा बढीको प्याकेजको घोषणा गरेका छन् ।
कोराना भाइरसको कारण अर्थतन्त्रमा देखिएको समस्याबाट पार लगाउनको लागि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्व(फेर्डले ब्याजदर ० देखि ०.२५ प्रतिशतसम्म गरेको छ । पहिला यस्तो ब्याजदर १ देखि १.२५ प्रतिशतसम्म थियो । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर १ प्रतिशतले कटौती गरेको हो । फेडले ३ मार्चमा ब्याजदरमा ०.५ प्रतिशतले कटौती गरेको थियो । फेडले अमेरिकी अर्थव्यवस्थामा सुधार ल्याउनको लागि ७ खर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । उसले ५ खर्ब र २ खर्ब डलरका सरकारी ऋणपत्र खरिद गर्ने समेत घोषणा गरेको छ । न्यूजिल्याण्डको केन्द्रीय बैंकले पनि आपतकालिन रुपमा बैठक बोलाएर ब्याजदर ०.७५ बिन्दुले घटाएको घोषणा गरेको छ ।
कोरोनाको महामारी रोक्नको लागि बेलायतले अहिलेसम्म सर्वाधिक ३६.८ अमेरिकी डलरको राहत घोषणा गरेको छ । विभिन्न देश तथा सरकार र दातृ निकायले कोरोना भाइरस विरुद्द लड्नको लागि प्याकेजको घोषणा गरेका हुन् ।
जसमा बेलायतले ३६.८ अर्ब अमेरिकी डलरको,इटालीले २८ अर्ब अमेरिकी डलर,युएईले २७.२ अमेरिकी डलर,जापानले १९.६ अमेरिकी डलर,अष्ट्रेलियाले १७.६ अर्ब डलर,साउदी अरब १३.३,थाइल्याण्ड १२.७,विश्व बैंक १२ अर्ब डलर,स्वीजरल्याण्ड १०.५,दक्षिण कोरिया ९.८,इन्डोनेशिया ९.५,क्यानडा ८.५ र अमेरिका ८.३,मिश्र ६.४ र मलेसियाले ५ अर्ब अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । यस्तै अष्ट्रिया ४ अर्ब डलरको घोषणा गरेका छन् ।
युएईको केन्द्रीय बैंकले अर्थतन्त्रलाई राहत दिनको लागि २७ अर्ब अमेरिकी डलरको राहतको प्याकेज घोषणा गरेको छ । युएईको केन्द्रीय बैंकले बैंकलाई सहयोग गर्नको लागि त्यो घोषणा गरेको हो ।
सार्क राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १ अर्ब रुपैयाँ कोराना भाइरस विरुद्दको अभियानमा लड्नको लागि घोषणा गरेका छन् । साउदी अरबको केन्द्रीय बैंकले १३ अर्ब अमेरिकी डलरको राहत प्याकेज घोष्घोषणा गरेको छ ।
कोराना भाइरसको कारण अहिलेसम्म विश्वमा डेढ लाख मानिसमा यो सक्रमण देखिएको छ । एक सय देशमा यो भाइरस देखिएको छ । साढे ५ हजार व्यक्तिको भाइरसको कारण मृत्यु भएको छ ।