सानिमा बैंकको सेयरमा अत्यधिक बिक्री चाप, मूल्य बढ्छ कि घट्छ ? (प्राविधिक विश्लेषण)



काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा १६.८४ प्रतिशतले वृद्धि गरी १ अर्ब १४ करोड ७४ बढी आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा ९८ करोड २० लाख रुपैंया नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १३.५४ अर्थात् २५ करोड ८५ लाख बढेर २ अर्ब १६ करोड ७९ लाख पुगेको छ । गत वर्ष पुस मसान्तसम्म सानिमा बैंकको खुद ब्याज आम्दानी १ अर्व ९० करोड ९४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै खुद ब्याज, फि तथा कमिसन आम्दानी ९.९५ प्रतिशत तथा नेट ट्रेडिङ आम्दानी १२.९६ प्रतिशतले वृद्धि भएको देखिन्छ । अन्य संचालन आम्दानी ९४.९६ प्रतिशतले बढेर ५ करोड १८ लाख ६४ हजार रुपैंयाँ छ जुन गत वर्षको सोही अवधिमा २ करोड ६६ लाख रुपैयाँ थियो ।

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २३ करोड बढेर १ अर्ब ६२ करोड ३७ लाख पुगेको छ। खर्च तर्फ हेर्दा ब्यतिगत खर्च ६.९८ प्रतिशतले बढेर ६२ करोड १६ लाख तथा अन्य संचालन खर्च २०.८१ प्रतिशतले बढेर २८ करोड ७ लाख ७ लाख रुपैया पुगेको छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, बैंकको जगेडा कोष २ अर्ब ४२ करोड २ लाख र रिटर्न  अर्निङ १ अर्ब १ करोड ७९ लाख रहेको छ । सो अवधिसम्ममा बैंकले ९९ अर्ब ३० करोड निक्षेप सङ्कलन गरी ८८ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ ।

एनएफआरएस रिर्पोट अनुसार बैंकहरुले विभिन्न शिर्षकहरुको रकम व्यवस्था गर्ने गर्दछ । सानिमा बैंकले एप्रोपेसन अन्तर्गत २६ करोड ८१ लाख रुपैंया तथा रेगुरेटरि कोषमा ७ करोड १६ लाख ४४ हजार रुपैंया छुट्टाएको छ । कुल ९५ करोड ९ लाख रुपैयाँ वितरण योग्य मुनाफा रहेकोले शेयरधनीलाई करिव ११ प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्था देखिन्छ । बैंकको निष्क्रिय कर्जा ०.४१ प्रतिशत रहेको छ भने रिटर्न अन इक्वीटी २०.७५ प्रतिशत रहेको छ ।

बैंकको आधार ब्याजदर ९.२९ प्रतिशत र स्प्रेडदर ४.१७ प्रतिशत रहेको छ । खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसा बढेर २६ रुपैयाँ १५ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी अनुपात १३.१२ गुणा कायम छ ।

मैनबत्ति विश्लेषण

दुई साता लगातार सुधार आएको सानिमा बैंकको साप्ताहिक मैनबत्ति तल र माथि स्याडो सहितको वियारिश क्यान्डल बनेको छ । केही खरिद चाप देखिए पनि अन्त्यमा अत्यधिक बिक्री चाप आएको देखिन्छ ।

१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स

यस साताको बिहीबार मात्र कम्पनीको कारोबार बन्दहुँदा १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५४ को स्केलमा पुगेको छ । बैंकको कारोबारको आकारमा गिरावट देखिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

सानिमा बैंकको एमएसीडी रेखा र सिग्नल रेखा दुरी घटेको छ भने हिस्टोग्राम पनि ३ साता लगातार घटेको छ ।

बोलिंजर ब्याण्ड

यस सूचकले बजारको भोलाटिलिटी मापन गर्दछ । बैंकको चार्ट हर्दा मूल्यले माथिलो ब्याण्ड छोएर मध्य ब्याण्डतिर फर्किएको छ । यसले बैंकको मूल्य तत्काल ठूलो उतारचढाव कम हुने जनाउँछ । बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ ।

निश्कर्षः

सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा १६.८४ प्रतिशतले वृद्धि गरेको छ । बैंकको खुद ब्याज आम्दानी १३.५४ प्रतिशत अर्थात् २५ करोड ८५ लाख बढेर २ अर्ब १६ करोड ७९ लाख  रूपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी,अन्य संचालन आम्दानी तथा नेट इन्ट्रेस्ट, फि तथा कमिसनमा भारी वृद्धि तथा जोखिम व्यवस्थापन कोष छुट्याउनु पर्ने रकम घटेपछि बैंकको नाफा १ अर्ब रुपैयाँभन्दा बढी नाघेको हो ।

नाफा बढेपछि प्रतिसेयर आम्दानी ६.२१ प्रतिशतले बढेर २६ रुपैंया १५ पैसा पुगेको छ । बैंकले ९९ अर्ब ३० करोड निक्षेप संकलन गरी ८८ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ । बैंकको निष्क्रिय कर्जा ०.४१ प्रतिशत, आधार ब्याजदर ०.४६ प्रतिशतले घटेर ९.२९ प्रतिशत र स्प्रेडदर ४.१७ प्रतिशत रहेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समग्रमा पुस मसान्तसम्म बैंकको नाफा, निक्षेप तथा कर्जा लगानीमा क्रमश बढेर गरेको देखिन्छ ।

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२ प्रतिशत आकर्षक लाभांश वितरण वितरण गरेको थियो ।

प्रतिसेयर आम्दानी २६ रुपैंया तथा मूल्य आम्दानी अनुपात १३ गुणा रहेको सानिमा बैंक समग्रमा आधारभूत पक्ष निकै बलियो छ ।
अक्टुबर महिना ३०० रुपैयाँ रहेको सानिमा बैंक बढेर ४३७ सम्म पुग्यो ।

बिहीबार ६१.८० प्रतिशतले करेक्सन आएर ३४९ कारोबार बन्द भएको छ । २० दिने मुभिङ एभरेजभन्दा मूल्य माथि छ भने वियरिस क्यान्डल बनेको छ ।

केही खरिद चाप देखिए पनि अन्त्यमा अत्यधिक बिक्री चाप आएको देखिन्छ । १४ दिने आरएसआई ५४ को स्केलमा पुगेको छ । बोलिंजर ब्याण्डमा माथिल्लो ब्याण्ड छोएर मध्य ब्याण्डतिर फर्किएको छ ।

बैंकको ३४० देखि ३५५को लेबलमा धेरै समय कारोबार भएकोले अहिले तह अर्थात् ६१ प्रतिशतमा टेवा लिने सम्भावना प्रबल रहेको छ ।


पुष्प दुलाल