अमेरिकी सेयर बजार गम्भीर संकटतर्फ



बाल्टिमोर । कोरोना भाइरसको देशव्यापी संक्रमणको कारण उब्जिएको समस्याले अमेरिकी सेयर बजार गम्भीर संकटतर्फ उन्मुख भएको छ ।

अमेरिकाको ४७ राज्यमा कोरोना भाइरसले आतंक मच्चाईरहेको बेला यहाँ आर्थिक राजधानी न्यूर्ओकमा भने सेयर बजारको आतंक सुरु भएको छ ।

आइतबारदेखि ओरालो लागेको सेयर बजारमा विहीबार करिब १० प्रतिशतले गिरावट आउँदै सन् १९८७ यताकै खराब कारोबारको दिनको रुपमा रेकर्ड राखेको छ । कोरोना भाइरस र युरोपेली देशसंग हवाई सम्बन्घ विच्छेद गर्ने राष्ट्रपति ट्रम्पको निर्णलाई बजार गिरावटको प्रमुख कारणको रुपमा लिईएको छ ।

अमेरिकी उच्च ३० कम्पनीहरुको कारोबार मापन गर्ने डाओ जोन परिसुचकमा विहीबार १० प्रतिशत बढीको गिरावट आएको छ । यो संगै सन् २०२० भरीमा डाओ जोनमा २५ दशमलव ७१ प्रतिशतको गिरावट आइसकेको छ ।

बिहीबारको कारोबारपछि अमेरिकी विज्ञले गम्भीर संकटको चेतावनी दिएका छ । यो सगै केन्द्रीय वित्त विभागका अधिकारीहरु तत्काल राहतका योजना ल्याउन छलफलमा जुटेका छन भने न्यूयोर्क फेडरल रिजर्भले करिब १ दशलव ५ ट्रिलियन डलरको राहत प्याकेज ल्याउने घोषणा गरेको छ ।

बजारमा तरलता बढाउन विभन्न योजनाका साथ यो राहतको विहीबार घोषणा गरिएको हो । सेयर बजारको विषयमा छलफल गर्न पदाधिकारीहरुले आपतकालिन बैठक डाकेका छन । फेडरलले सन् २००८ को आर्थिक मन्दीको समय दिईएको राहत जस्तै योजना ल्याउने घोषणा गरेका छन् ।

विहीबार खतराको घन्टी बझेको भन्दै विज्ञहरुले बेलैमा समेच हुन आग्रह गरेका छन् । ब्लिक्ले सल्लाहकार समुहका प्रमुख लगानी अधिकृत पिटर बोकवारले त सेयर बजारको ठूलो रकम गुमेर अशक्त भइसकेको संकेत गरे ।

‘बजारको एक ठूलो हिस्सा टुक्रिएको छ । विहीबारको बजारले तरलता कमी निम्त्याउन सक्छ,’ उनले भने ।

बिहीबार डाओ जोनमा अन्तिम समयसम्म १० प्रतिशतको गिरावट आउँदै गर्दा दिउँसो भने सर्किट ब्रेकर लगाएर कारोबार बन्द गरिएको थियो । ७ प्रतिशतको गिरावट पछि सर्किट ब्रेकर लगाएर १५ मिनेटको लागि कारोबार रोक्ने प्रचलन न्यूयोर्क स्टकमा समेत रहेको छ । तर सर्किट ब्रेकपछि समेत अवस्थामा सुधार नआउँदा दिनभरमा २ हजार ३ सय ५२ अंकको उच्च गिरावट आयो ।

डाओ जोनको अन्तिम परिसुचक २१ हजार २ सय कायम भएको छ । उता उच्च ५०० कम्पनीको कारोबार मापन गर्ने एसएण्डपी परिसुचकमा पनि विहीबार करिब १० प्रतिशतको हाराहारीमै गिरावट आयो ।

अन्तिम सुचकमा २ हजार ४ सय ८० कायम भएको यो परिसुचकमा दिनभरमा ९ दशमलव ५१ प्रतिशतको गिरावट आएको छ । विहीबार सम्पूर्ण परिसुचकमा १० प्रतिशतको गिरावट आएपछि लगानीकर्ताहरु थप आतंकित बनेका छन् ।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बढ्दो कोरोना भाइरसको असर र यसबाट निम्तिन सक्ने संकटको संबोधन भन्दै केही नयाँ योजनाहरु अघि सारेका छन् ।

स्थानीय समयअनुसार बुधबार देशवासीको नाममा संबोधन गर्दै ट्रम्पले अमेरिकी जनताको सुरक्षाको लागि कठोर तर आवश्यक निर्णय लिन आफु बाध्य भएको बताँदै ३० दिनको लागि बेलायत बाहेकका युरोपियन देशहरुबाट अमेरिका आउने उडानमा प्रतिबन्ध लगाएका थिए तर त्यसको नकारात्म प्रभाव विहीबार सेयर बजारमा देखियो ।

उडान प्रतिबन्धसँगै ट्रम्पले केही महत्वाकांक्षी योजनाहरुको घोषणा पनि गरेका छन् त्यसले समेत बजारलाई छुन सकेन ।

कोरोना भाइरस संक्रमित बढेको बढ्यै

यता कोरोना भाइरसको महामारीले अमेरिकाको लगभग सबै राज्यमा प्रभाव पारेको छ । विहीबार अबेर यो समाचार तयार पार्दासम्म कोरोना अमेरिकाको ४७ राज्यमा फैलिसकेको छ भने १ हजार ६ सय ३६ संक्रमित फेला परेको छ । उता औपचारिक रुपमा ४१ जनाको निधन भएको पुष्टी गरिएको छ । जसमध्ये ३१ जना उत्तरी राज्य बासिंटनका रहेका छन् ।

विहीबारसम्म क्यालिफोर्निमा ४ जना, फ्लोरिडामा २, जर्जियामा एक, कन्सासमा एक जना र न्यूजसी तथा साउन देकोटा राज्यमा एक÷एक जनाको निधन भएको छ । प्रभावितहरुको उपचार तथा परिक्षणमा संलग्न डाक्टरहरुले जति परिक्षण गर्दै गयो त्यती धेरै संक्रमितहरुको पहिचान हुँदै गएको भन्दै संयमित हुन सम्पूर्णमा आग्रह गरेका छन । उनीहरुले संक्रमितहरुको सख्या केहीदिनमा अझै बढ्न सक्ने संकेत गरेका छन् ।

मेरिल्याण्डका सबै स्कूल बन्द

कोरोना भाइरसको कारण संकटकाल घोषणा गरेको अमेरिकाको मेरिल्याण्डमा पहिलो पटक एक स्थानीय संक्रमति व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सरेका पुष्टीभएसंगै विहीबार आकस्मिक रुपमा सम्पूर्ण सरकारी विद्यालयहरु बन्दको घोषणा गरिएको छ ।

विहीबार मेरिल्याण्ड राज्यका गभर्नर ल्यारी होगानले स्कुलहरु बन्द गर्नुको साथै सम्पूर्ण सरकारी कार्यलयहरुका सर्वसाधरणको पहुँच सिमित गरेका छन ।

त्यस्तै यहाँका स्थानीय अपस्तालहरुमा विरामी भेट्न जानेहरुमाथि कडा निगरानीको व्यवस्था गरिएको छ । विहीबारै एक पत्रकार सम्मेलन गर्दै होगानले कुनै पनि सभा सम्मेलन नगर्न र पहिलाको कार्यक्रम रद्ध गर्न निर्देशन दिए ।

मेरिल्याण्डमा हालसम्म १२ जना सक्रमित फेला परेको छ । नेपालीहरुको बाक्लो वस्ती रहेको यो राज्यमा अहिलेसम्म कुनै पनि नेपाली प्रभावित भने भएका छ्रैनन् ।


पुष्प दुलाल