एभरेष्ट बैंकको लगानीकर्ता पीएनबीबाट भारतमा बिग मर्जरको सुरुवात



नयाँ दिल्ली । भारतमा बैंकहरुबीचको बिग मर्जरको सुरुवात भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको मन्त्रीपरिषद्को बैठकले १० वटा ठूला बैंकको बिग मर्जरको प्रस्तावलाई अनुमति दिएको छ । भारतको वित्त मन्त्रालयले गतवर्षको अगस्ट महिनामा सरकारी बैंकको बिग मर्जर गर्ने घोषणा गरेको थियो । यो निर्णयसँगै भारतमा ४ वटा ठूला बैंक हुने छन् । अप्रिलबाट एकीकृत कारोबार सुरु हुने छ ।

भारतीय संचारमाध्यमका अनुसार मर्जरपछि बैंकको नम परिवर्तन हुने सम्भावना छ । यद्यपी सरकारले अहिलेसम्म यसको औपचारिक घोषणा गरेको छ । यो बिग मर्जरपछि भारतमा सरकारी बैंकको संख्या १२ वटामा झर्ने छ । सन् २०१७ मा २७ वटा सरकारी बैंक थिए । भारत सरकारले देना बैंक,विजया बैंक र बैंक अफ बडौदालाई एक आपसमा २०१७ मा नै गाभेको थियो ।

खराब कर्जा अत्याधिक बढेपछि भारत सरकारले सरकारी बैंकको संख्या घटाउनको लागि सरकारी बैंकको एक आपसमा मर्ज गराउने निर्णय गरेको हो ।

नेपालको एभरेष्ट बैंकमा २० प्रतिशत लगानी रहेको पन्जाव नेशनल बैंकमा ओरियन्टल बैंक अफ कर्मश,युनाइटेड बैंक मर्ज हुने छन् । यो मर्जरपछि पीएनबी भारतको दोस्रो ठूलो बैंक हुने छ । नयाँ बैंकसँग १७ लाख करोड भारतीय रुपैयाँको कारोबार हुने छ ।

त्यस्तै केनरा बैंकसँग सिण्डिकेट बैंकको मर्ज हुने छ । यो मर्जपछि बैंक भारतको चौथो ठूलो बैंक हुने छ । यो बैंकसँग १५.२० लाख करोडको कारोबार हुने छ ।

यस्तै युनियन बैंकको आंध्रा बैंक र कर्पोरेशन बैंकबीच मर्ज हुने छ । यो बैंक मर्जपछि भारतको पाँचौ ठूलो बैंक हुने छ । जोसँग १४.५९ लाखको कारोबार हुने छ । यस्तै इण्डियन बैंक र इलाहावाद बैंक मर्ज भएर भारतको सातौ ठूलो बैंक हुने छ । जसको कारोबार ८.०८ लाख करोड भारतीय रुपैयाँको हुने छ ।


क्लिकमान्डु