अर्थसचिवको जिम्मेवारी राजस्व सचिव शिशिर ढुंगानालाई



काठमाडौं । सरकारले अर्थसचिवको जिम्मेवारी अर्थमन्त्रालयमा कार्यरत राजस्व सचिव शिशिर ढुंगानालाई दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजस्व सचिवलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

अर्थमन्त्रालयका क्याडर ढुंगाना केही महिना अगाडि अगाडि राजस्व सचिव भएर अर्थमन्त्रालय भित्रिएका थिए । त्योबेला नै उनी अर्थसचिव बन्ने अनुमान गरिएको थियो । यसअघि नै राजस्व सचिव भएका ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका थिए ।

राजस्व लक्ष्य अनुसार संकलन नभएको तथा व्यवसायिक जगतमा मनोबल खस्केको बेला ढुंगाना अर्थसचिव बनेका हुन् । अर्थसचिव नेपाल राष्ट्र बैंकको संचालक समितिमा पदेन संचालक समेत हुने व्यवस्था छ ।


क्लिकमान्डु