२७ बैंकको पुस मसान्तसम्मको नाफा ३३ अर्ब, गत वर्षभन्दा ७.१३ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकको नाफा जम्मा ७.१३ प्रतिशतले मात्रै बढेको छ । यो नाफालाई सन्तोषजनक मान्न नसकिने जानकारहरुको भनाई छ । बैंकहरुको नाफा अपेक्षा अनुसार आर्जन गर्न नसकेको जानकारहरु बताउँछन् ।

बैंकहरुले गत आवको दोस्रो त्रैमासमा ३० अर्ब ९९ करोड ३४ लाख ५४ हजार ९५९ रुपैयाँ नाफा आर्जन गरेका थिए । चालु आवको दोस्रो त्रैमासमा आईपुग्दा बैंकहरुको नाफा जम्मा ७.१३ प्रतिशतले ३३ अर्ब २० करोड ६३ लाख २ हजार ८६३ रुपैयाँ नाफा आर्जन गरेका छन् ।

सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये जनता बैंक ग्लोबल आईएमईमा मर्ज भएर ग्लोबल आईएमई बैंकको नामबाट कारोबार सुरु भइसहेको छ । चालु आवको दोस्रो त्रैमासमा ग्लोबलले जनता बैंकसहितको नाफा जोडेर वित्तीय विवरण प्रकाशित गरेको छ ।

चालु आवको दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकको नाफा २ अर्ब १३ करोड ७२ लाख ३८ हजार ८४० रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आवको दोस्रो त्रैमासमा बैंकले १ अर्ब २२ करोड ९३ लाख ८६ हजार ३४४ रुपैयाँ नाफा आर्जन गरेको थियो । उक्त नाफामा जनता बैंकको गत आवको सोही नाफा ६३ करोड ४६ लाख ९३ हजार जोड्दा १ अर्ब ८६ करोड ४० लाख ७९ हजार ३४४ रुपैयाँ रहेको थियो ।

यता एनएमबी बैंकले पनि ओम डेभलपमेन्ट बैंकलाई लिइसकेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनएमबी बैंकले १ अर्ब ६३ करोड ६० लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा १ अर्ब १० करोड ९९ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । उक्त नाफामा ओम डेभलपमेन्ट बैंकको गत आवको दोस्रो त्रैमासको नाफा २४ करोड २ लाख ७४ हजार ८६० रुपैयाँ जोड्दा १ अर्ब ३५ करोड २ लाख १६ हजार ८६० रुपैयाँ रहेको छ ।

सबैभन्दा बढी नेपाल बैंकको नाफामा १८.६० प्रतिशतको गिरावट देखिएको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ६६ करोड १४ लाख ९८ हजार २०२ रुपैयाँ नाफा आर्जन गरेको बैंकको चालु आवको सोही अवधिमा पुग्दा १ अर्ब ३५ करोड २३ लाख ९६ हजार ८६३ रुपैयाँ मात्रै नाफा भएको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको पनि नाफामा १५.६६ प्रतिशतको गिरावट आएको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ९७ करोड ५५ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा आईपुग्दा बैंकको नाफा घटेर १ अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँ नाफामा सिमित भएको छ ।

यता सिटिजन्स बैंकको पनि नाफामा १०.७२ प्रतिशतको गिरावट देखिएको छ । गत आवको दोस्रो त्रैमासमा ७७ करोड ३ लाख ४५ हजार ९२१ रुपैयाँ नाफा आर्जन गरेको बैंकको चालु आवको सोही अवधिमा आईपुग्दा १०.७२ प्रतिशतले घटेर ६८ करोड ७७ लाख १ हजार ४९ रुपैयाँ मात्रै आर्जन गरेको छ ।

चालु आवको दोस्रो त्रैमासमा नबिल बैंकको र राष्ट्रिय वाणिज्य बैंकको पनि नाफा बढेको छ । नबिल बैंकको नाफा ६.२० प्रतिशतले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ८.३१ प्रतिशतले घटेको छ भने सिभिल बैंकको नाफा पनि १४.७५ प्रतिशतले घटेको छ ।

यस्तै सिद्धार्थ बैंकको पनि नाफा ४.०१ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ६ करोड ९४ लाख ४३ हजार ६१३ रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा १ अर्ब २ करोड ६५ लाख ४९ हजार ४७८ रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ ।

एनआईसी एसिया बैंकको नाफा ३३.३९ प्रतिशतले बढेर २ अर्ब १ करोड ६२ लाख २५ हजार ६२१ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ५१ करोड १४ लाख ५८ हजार ६८६ रुपैयाँ रहेको छ र २० वटा बैंकमा सबैभन्दा एनआईसी बैंकले नै कमाएको छ । अन्य बैंकको नाफा त्यो भन्दा कम रहेको छ । यो अवधिमा अर्ब भन्दा बढी नाफा कमाउने १३ वटा बैंक रहेका छन् । यो अवधिमा सेन्चुरी बैंकको नाफा २५.४९ प्रतिशतले बढेको छ ।

६ महिनामा एक अर्बभन्दा बढी नाफा गर्ने बैंकमा सिद्धार्थ, सानिमा, एनआईसी बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, प्रभु, कृषि विकास, प्राइम, एनएमबी, ग्लोबल आइएमई, नेपाल एसबीआई, हिमालयन, स्टयान्डर्ड चार्टड, नबिल, राष्ट्रिय वाणिज्य र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।


क्लिकमान्डु