सरकारी पहलपछि हट्यो पाम आयलमा लागेको भारतीय प्रतिबन्ध



काठमाडौं । व्यापार घाटा घटाउन महत्वपूर्ण ठानिएको भनिएको पाम आयलमा भारतले लगाएको प्रतिबन्ध आशिंक रुपमा खुलेको छ ।

विदेशबाट आयात भएको पाम आयल नेपाल भित्र्याएर पुनः विदेश निर्यात गरिदै आएको भन्दै आलोचना पनि भएको थियो ।

सरकारका एक अधिकारीले नै पाम आयल निर्यातमा लागेको प्रतिन्त्र फुकुवा भएको बताएका छन् । ती अधिकारीले भारत सरकारले एक व्यापारीलाई नेपालबाट पाम ९ताडी० तेल भारत आयात गर्न पाउने गरी स्वीकृति दिएको बताएका छन् ।

नेपालबाट मात्रै प्रशोधित तेल आयात गर्न एक भारतीय आयतकर्ताले अनुमति पाएको उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतीलाल दुगडले जानकारी दिएका हुन् ।

जानकारहरुका अनुसार केही दिन पहिले भारतीय एक व्यापारीले ताडीको तेल नेपालबाट आयात गर्न स्वीकृति पाएको जानकारी भारतीइ अधिकारीले नेपाली अधिकारीलाई दिएका छन् ।

अन्य व्यापारीलाई पनि क्रमश : त्यस्तो अनुमति दिने तयारीमा भारत सरकार रहेको बताएको छ ।

यही माघको दोस्रो साता मात्रै नेपाल सरकारले पाम आयलमा लागेको प्रतिबन्ध हटाइदिन भारत सरकार समक्ष आग्रह गरेको थियो ।

गत पुस देखि भारतले नेपालबाट भारत जाने पाम आयलमा प्रतिबन्ध लगाएको थियो । जसका कारण व्यापार घाटा घटाउन महत्वपूर्ण ठानिएको भनिएको एउटा मात्र सामानमा समेत भारतले अवरोध पैदा गरेको भन्दै देशभित्र चर्को असन्तुस्टि देखिएको थियो ।

मन्त्री दुगडका अनुसार प्रतिबन्ध हटे लगत्तै नेपालले निर्यात गर्ने सन्दर्भमा केही राहत पाएको छ । नेपालको आफ्नो उतपादन भन्दा पनि ट्राीनज्ट उत्पादनको रुपमा पाम आयललाई लिइदै आएको छ । नेपालका व्यापारीले मलेसिया, इन्डोनेशियालगायतका देशबाट पाम आयल आयात गर्ने गरेको बताइन्छ ।

भारतले विशेष गरी गत पुस २३ गतेदेखि लागू हुने गरी पाम आयलमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धमा प्रशोधित पाम तेल र पामोलिन तेल समेत परेको थियो ।

विशेष गरी काश्मिर मुद्दामा पाम आयल पनि जोडिएको थियो । भारतको बुझाई के थियो भने काश्मिर मुद्दामा भारत सरकारले गरेको निर्णय विरुद्ध मललेसिया सरकार र त्यहाँका प्रधानमन्त्री उभिएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवम् भारतीय विदेश मन्त्रालयले आपत्ति जनाएको थियो । सोही विषयलाइृ लिएर देशा परेको विवादका कारण पाम आयलमा नेपाल मोहरा बनेको थियो ।

भारतको आपत्ति पछि तेस्रो देशबाट पाम आयल ल्याएर प्रशोधन गर्ने नेपालका व्यापारी समस्यामा परेका थिए । उद्योगीहरुका अनुसार नेपालमा त्यस्ता प्रशोधन गर्ने उद्योग मात्रै एक दर्जनको हाराहारीमा रहेका छन् ।

मोरङका उद्योगीका अनुसार नेपाली व्यवसायीले मात्रै पाम प्रशोधन उद्योगमा करिब ३० अर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् । ती उद्योगमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा झण्डै १५ हजारले रोजगारी समेत पाइरहेका छन् । भारतको प्रतिबत्रन्ध पछि रोजगारी र लगानी समेत समस्यामा परेको भन्दै व्यवसायीले प्रतिबन्ध खुलाउने पहल गर्न सरकारसँग माग गर्दै आएका थिए ।

निकासी प्रबद्र्धन केन्द्र एवम् भन्सार विभागको तथ्यांकअनुसार चालु आवमा मात्रै भारततर्फ करिब १२ अर्ब बराबरको पाम आयल निर्यात भएको छ ।

भारतीयलाई नेपालमा सस्तो मूल्यमा पाम आयल पाइने भएकाले उनीहरु यता आर्कर्षित भएका थिए । नेपाली आयतकर्ताले १० प्रतिशत मात्रै भन्सार शुल्क तिरेर ल्याउने पाम आयल भारतीय व्यापारीका लागि भने ४० प्रतिशतको हाराहारीमा पर्दै आएको थियो । भारतमा भन्दा नेपालमा ३० प्रतिशत सस्तो भएपछि भारतीय व्यापारी समेत नेपालमा आर्कषित भएका हुन् ।

पाम तेल चकलेटजन्य सामग्री बनाउनका लागि प्रयोग हुने गरेको छ । संसारमा सबैभन्दा बढी पाम आयल उत्पादन गर्नेमा मलेसिया, इन्डोनेशियालगायतका देश रहेका छन् । भारत सरकारको प्रतिबन्ध फुुकुवा पछि नेपाली व्यवसायीले केही राहत महसुस गर्ने बताइएको छ ।


क्लिकमान्डु