कर्मचारी युनियनका नेतालाई डेपुटी गभर्नर शिवाकोटीले भने- कम बोल्नोस्, धेरै सुन्नोस्



काठमाडौं । शुक्रबार पूर्णसरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव थियो । रामशाहपथ स्थित बैंकको मुख्य कार्यालयमा भएको कार्यक्रममा प्रमुख अथिति थिए, अर्थमन्त्री डा. युवराज खतिवडा । विषेश अथिति थिए राष्ट्र बैंकका बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी ।

कार्यक्रमको उद्घाटन हाइटेक प्रविधिमार्फत् गरिएको थियो । मञ्चको आफ्नो सिटमै बसेर अर्थमन्त्रीले मोवाइलमा कोड थिचेर पानसमा भएको दियो बालेका थिए ।

दिउँसो २ बजेदेखी शुरु भएको सो कार्यक्रममा विषेश अथितिको आशन ग्राहण गर्न बरिष्ठ डेपुटी गभर्नर शिवाकोटी कार्यक्रम शुरु हुनअघि नै मञ्चमा पुगिसकेका थिए ।

कार्यक्रम शुरु हुनपुर्व नै अर्थमन्त्रीले आफ्नो समय थोरै भएको हुँदा कार्यक्रममा आफु धेरै समयसम्म सरिक हुन नसक्ने जनाउ गरिसकेका थिए । सोही कारणले पनि कर्मचारी युनियनका वक्ता पदाधिकारीहरुलाई समय सीमा तोकिएको थियो ।

कार्यक्रमको सञ्चालिका थिइन् पूर्व मिस नेपाल माल्विका शुब्वा । उनले औपचारीकरुपमा कार्यक्रम शुरु गरेर वक्ताहरुलाई मञ्चमा मन्तव्य राख्न बोलाउनु पूर्व नै वक्ताहरुले मन्त्वय राख्ने समय सीमा तोकिदिएकी थिइन् ।

जुनसुकै सरकारी संघ संस्था वा निकायहरुमा कर्मचारी संगठनको सक्रियता अन्य निजी क्षेत्रका संघ संस्थाहरुको तुलनामा धेरै हुने गर्दछ । राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा पनि कर्मचारी युनियनका वक्ता पदाधिकारीहरुको सूची कार्यक्रम प्रस्तोता माल्विकाको हातमा थियो । कार्यक्रम सञ्चालिकाले युनियनका पदाधिकारीहरुलाई मञ्चमा बोलाउनु पहिले मन्तव्य राख्ने समय ५ मिनेट तोकिदिएकी थिइन् ।

कर्मचारी युनियनका पदाधिकारीहरुले आफ्नो मन्तव्य राख्ने क्रममा समय सीमा तोकिदिएकोमा असन्तुष्टी व्यक्त गर्दै तोकिदिएको समयभन्दा पनि बढी नै भाषण गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्नेमा एमाले निकट कर्मचारी संगठन राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका अध्यक्ष हेमराज सुवेदी, काग्रेस निकट संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष गगनसिंह घिमिरे, माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष दिपेन्द्र कार्की र राष्ट्रिय वाणिज्य बैंक पुर्व कर्मचारी संघका अध्क्षय पुरुषोतम निरौलाले बोलेका थिए । ५ मिनेटको समय दिए पनि उनीहरुले १५ मिनेटको हाराहारीमा बोलेका थिए ।

सम्मान र पुरस्कारको कार्यक्रम नै निकै लामो भयो ।

समारोहमा दर्जन बढी कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार पनि अर्थमन्त्रीकै हातबाट प्रदान गरियो भने ४ दर्जन उत्कृष्ट कर्मचारी र शाखाको नाम पनि घोषणा गरियो । वार्षिकोत्सव विशेषांक पनि बिमोचन गरियो । ३ जना पूर्व कर्मचारीलाई पनि सम्मान गरियो ।

कर्मचारी युनियनका वक्ताहरुले बोलिसकेर र अर्थमन्त्रीले सम्मान तथा पुरस्कार वितरण गर्दा दिउँसोको ३ः१५ भइसकेको थियो । मन्त्री खतिवडाले मञ्चमा ३ः१६ देखि बोल्न शुरु गरेर करिब १७ मिनेट बोलेर मञ्चबाट सोझै बाहिरिए । उनले आफू ४ वजे जसरी भएपनि अर्को कार्यक्रममा प्रमुख अथितिको आसन ग्रहण गर्न पुग्नु पर्ने भन्दै हतारहतार बिदा भए ।

अर्थमन्त्री बाहिरिएपछि बाँकी कर्मचारी युनियनका वक्ता पदाधिकारीहरुले आफ्नो मन्तव्य राखे । कर्मचारी युनियनका पदाधिकारीहरुको मन्तव्यपछि मात्र कार्यक्रमका विशेष अथिति राष्ट्र बैंकका बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको मन्तव्य राख्ने पालो आयो ।

उनले मन्तव्यको शुरुवात नै कर्मचारी युनियनका वक्ता पदाधिकारीहरुले तोकिएको समयभन्दा बढी भाषण गरेको भन्दै असन्तुष्टि व्यक्त गरिहाले ।

हाइटेक उदघाटनलाई कर्मचारी संगठनका नेताको लम्मेतान भाषणले गिज्याइरहेको थियो ।

अर्थमन्त्री बाहिरीएपछि बाँकी कर्मचारी युनियनका वक्ता पदाधिकारीहरुले आफ्नो मन्तव्य राखे । कर्मचारी युनियनका पदाधिकारीहरुको मन्तव्यपछि मात्र कार्यक्रमका विशेष अथिति राष्ट्र बैंकका बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको मन्तव्य राख्ने पालो आयो ।

उनले मन्तव्यको शुरुवातमा बैंकलाई ५५औं वार्षिकोत्सवको शुभकामना दिँदै हालको बैंकिङ क्षेत्रको वित्तीय विवरणको जानकारी गराए । करिब ७ मिनेट जति विवरण र बिचार राखिसकेपछि उनले कर्मचारी युनियनका वक्ता पदाधिकारीहरुले तोकिएको समयभन्दा बढी भाषण गरेको भन्न थाले ।

‘गत बर्षको वार्षिकोत्सवमा मैले कर्मचारी संगठनले कम बोल्नु पर्छ भनेको थिएँ, त्यही कुरालाई लिएर अघि यहाँ एकजना कर्मचारी साथीले अघि गुनासो गर्नुभयो’ शिवाकोटीले भने, ‘वार्षिकोत्सव गर्दा विभिन्न बैंक वित्तीय संस्थाका अरु पाहुना बोलाउँछौ, कर्मचारी संगठनका भनेको विशुद्ध यो संस्थाको हुन्छ । त्यस कारण मेरो आग्रह केहो भने वार्षिकोत्सवभन्दा १ दिन अगाडि संस्थाको सबै विभागिय प्रमुख सबै डिजियम, जीएम, सञ्चालकहरु, अध्यक्ष र सीइओहरु राखेर तपाईको कुरा भन्नु भयो भने तपाईको कुरा सुनिदिन्छन् ।’

३ मिनेट समय दिँदा ५ मिनेट बोल्ने गरेको र उक्त समयमा पनि कुरा पूरा नहुने उनको भनाइ थियो ।

‘मैले त तपाईको कुरा पूरा सुन्न पाईएन, त्यसकारण अति मजाले सुन्न पाए हुन्थ्यो, अति राम्रो लामो कार्यक्रम भए हुश्न्थ्यो पो भनेको त,’ शिवाकोटीले भने ।

कार्यक्रममा एक जनालाई बोल्न दिएर अर्कोलाई नदिने भन्ने कुरा नभएको र सबैलाई बोल्न दिनुपर्ने बाध्यता भएको पनि उनले बताए ।

‘अब मन्त्रीज्यूको अर्को कार्यक्रममा जानु पर्यो । त्यसमा मेरो पनि जानु पर्ने छ यता बोल्दा बोल्दै पालो आइसक्छ । त्यस कारणले अब हामी हतारमा मन्त्रीज्यू हतारमा भएपछि उहाँले धेरै बोल्नु सक्नुहुन्न । हामीले त मन्त्रीज्यूले के बोल्नु हून्छ त्यो पो सुन्नु पर्छ त,’ शिवाकोटीले भने ।

यसलाई आगामी दिनमा परिमार्जन गर्न सकियो भने राम्रो हुने उनको सुझाव थियो ।

‘यद्यपि मैले अन्यत्रको पनि उदाहरण ल्याएर यहाँ भनेको हो, किनभने वार्षिकोत्सवको दिन कर्मचारीहरुले व्यवस्थापनलाई गाली गर्न थाल्नुभयो, तर यहाँ त्यो भएन, यहाँ सबैले सालिन ढगंले राम्रो बोल्दिनु भयो,’ उनले भने ।


पुष्प दुलाल