मर्जरको ‘भ्यागुत्ते छलाङ’सँग आत्तिदैनौं, अझै ५ वर्ष नबिल बैंकलाई कसैले भेट्दैन: अनिल शाह



नबिल बैंकको नम्बर वानको बिरासत गुमेको छैन । संस्थालाई कसरी अगाडि बढाउने भनेर कसैले मर्ज गरेर अगाडि बढ्ने भन्ने बनाएको हुन्छ ।

अहिलेसम्म २ अर्बदेखि ८ अर्ब रुपैयाँभन्दा बढी पूँजी पुर्याउँदा नबिल बैंकले मर्जर तथा एक्वाएर गरेन । र, हकप्रद सेयर तथा एफपिओ पनि जारी गरेन । नबिल बैंकले कमाएको पैसाबाट सेयरधनीलाई बोनस दिएर राष्ट्र बैंकले भनेको चुक्ता पूँजी पुर्याउन सम्भव भयो । अहिले बिग मर्जरको कुरा आएको छ । पहिलादेखि नै हामी भनिरहेका छौं- राम्रो संस्था आए मर्जमा जान्छौ ।

नबिल बैंकले मर्जरको च्याप्टरलाई क्लोज गरेको छैन । नबिललाई मर्ज राम्रो हुनपर्यो । उपयुक्त संस्था खोजिरहेका छौं ।

हालैमात्र ग्लोबल र जनता बैंक मर्ज भए । ग्लोबल बैंक मर्जबाट ठूलो भएको छ । हामी आफ्नो तरिकाले अगाडि बढेका छौं ।

हामी मर्जरको भ्यागुत्ते छलाङसँग आत्तिएका छैनौं । अझै ५ वर्ष हामीलाई नाफामा कसैले भेट्न सक्दैन । हामी आनन्दले आफ्नो तरिकाले अघि बढ्छौं ।

मैले गरेको ठीक र उहाँहरुले गरेको बेठिक भन्दिन म । दुबैले गरेको राम्रो हो । हरेक संस्थाको भिजन हुन्छ, त्यो अनुसार चल्ने हो ।
कोही व्यक्तिले २२ वर्षमा बिवाह गर्छ भने कोहीले ३५ वर्षमा । यसमा कुन ठीक कुन बेठिक भन्न सकिदैन । ग्लोबल र जनताको मर्जर भएको छ उहाहरुको रणनीतिको लागि निकै राम्रो छ । निक्षेप र कर्जा र शाखा भएका विगतमा पनि अरु संस्था थिए । तर, नाफा सबैभन्दा बढी गर्ने हामी नै हो । वित्तीय संस्थाको उद्देश्य नाफा कमाउने मात्र होइन । तर, नाफा नकमाएदेखि अरु कुनैपनि उदेश्य पुरा हुँदैन ।

मेरो उद्देश्य नाफा कमाउने मात्र होइन । तर, नाफा कमाउन सकियो भने मात्रै अरु उद्देश्यहरु पुरा हुन्छन् । नाफामा अहिले पनि हामी नै अगाडि छौं ।

हामी मर्जरको भ्यागुत्ते छलाङसँग आत्तिएका छैनौं । अझै ५ वर्ष हामीलाई नाफामा कसैले भेट्न सक्दैन । हामी आनन्दले आफ्नो तरिकाले अघि बढ्छौं ।

नबिललाई मर्जरको अफर

नबिलसँग गाभिन चाहने संस्थाहरु धेरै छन् । उहाँहरुको रणनीति नै मर्जर भएर पनि होला । बैंक र विकास बैंकबाट अफर आएको छ । हामीले हेरेका छौं । मर्ज गर्ने भनेको कुरा सीईओले गर्ने होइन । सीईओ र व्यवस्थापन भनेको भाडामा बसेको व्यक्ति हो । हामीले संचालक समितिलाई तथ्यांकको आधारमा रिर्पोटिङ गर्ने हो । निर्णय संचालक समितिले गर्ने हो ।

हाम्रो संचालक समितिले मर्जरको ढोका बन्द गरेको छैन । जो आएपनि हामीले हेरेका छौं । फाइनान्स कम्पनीलाई पनि हेरेका छौं ।

मर्जरको फाइदा के ?

हाम्रो सोच अल्पकालिन होइन दीर्घकालिन छ । मर्ज गर्दा हेर्ने भनेको जहाँ नबिल छ त्यहाँ त्यो बैंक नहोस् र जहाँ हामी छैनौं त्यहाँ त्यो बैंक होस् भन्ने हो । मर्जरले ५ वर्षमा हामीलाई के फाइदा गर्छ ? हामीले खोजेको संस्था पाएका छैनौं ।

रणनीतिक साझेदारको खोजी

हामीले रणनीतिक साझेदारको विषयमा सोचेका छौं । चीन र भारतका बैंकहरुसँग कुरा भइरहेको छ । तर, तार्किक निष्कर्शमा पुगेको अवस्था भने छैन । हामी सबै बिकल्पमा जान खुल्ला छौं ।

शाखा विस्तारमा आक्रमक

विगतमा नबिल बैंकले शाखा कम खोल्यो । त्यो बेला त्यो ठीक गरेको हो । अहिले हामीले शाखा बढाएका छौं । अहिलेकोे संरचना पनि परिवर्तन भएको छ । एनआईसी एशियाले आक्रामक शाखा विस्तार गर्यो । ग्लोबल मर्जरबाट ठूलो भयो । यस्तै अरु पनि मर्जरबाट ठूलो हुँदै जान थालेका छन् । बजारलाई दबाब भयो । हामीले जे गरिराखेका छौं । त्यसले नपुग्ने भयो । र, ग्रोथका लागि नयाँ रणनीति बनाएका छौं ।

हामी पनि मर्जरको लागि पार्टनर खोजिरहेका छौं । तर, अर्कोले मर्ज गर्यो भन्दैमा उफ्रिँदै मर्ज गरिहाल्नु त भएन नि । मलाई कसैले गल्ती गर्यो भनेर नथुकोस् । यहाँ मैले नुन खाएको छु । यसको सोझो खाने बेलासम्म होइन सँधै गर्नुपर्छ । र, गर्छु पनि ।

मैले बैंकिङ शुरु गर्दा काठमाडौं बाहिर जानुपर्ने अवस्था नै थिएन । हाम्रो पूँजी सानो थियो । जति बिजनेश थियो हामीलाई पर्याप्त हुने थियो । अब त्यसले पुग्दैन ।

अब नबिलले ४० वटा शाखा विस्तार गर्दैछ । हामीले आफ्नो रणनीति बनाएका छौं । मर्जबाट जुन छलाङ हुन्छ त्यो अग्र्यानिक ग्रोथबाट सम्भव हुँदैन । केही समय लाग्छ ।

नबिल बैंक १०० मिटरको दौडमा होइन लामो दुरीको म्याराथनमा दौडिएको छ ।

सेवाको गुणस्तरमा जोड

त्योसँगै सेवाको गुणस्तर समेत बढाएका छौं । अहिले नबिल बैंकमा सयौं नयाँ मान्छेहरु आएका छन् । त्यो युवाको ऊर्जा र हाम्रो अनुभव मिक्स भयो भने नबिल बैंकलाई कसैले छुन सक्दैन ।

नबिल बैंकभित्र सबैको सोच एउटै छ । र, कल्चर पनि । बैंकिङमा म्यानेजमेन्ट ट्रेनी हुँदा मैले सिकेको बैंकिङ भनेको दीर्घकालीन व्यवसाय हो । बैंकिङ व्यक्तिको करिअर मात्र नभएर नाति पुस्तासम्मलाई सोचेर गरिने व्यवसाय हो ।

नबिलको स्ट्रेन्थ भनेको दक्ष जनशक्ति हो । ३४/३५ वर्षदेखि काम गरेको मान्छे नबिल बैंकमा छन् । अधिकाशं बैंकको लाइफटाइमभन्दा नबिलमा काम गरेका जनशक्तिको अनुभव बढी छ । जनशक्ति भनेको रुख जस्तो हो । आज कसैले सुन्तला रोपेको होला । उसले पनि सुन्तला खानको लागि १० वर्ष पर्खनुपर्छ । पैसा फालेर हुँदैन ।

आज ठूला कर्पोरेट हाउसहरु जसले ऋण लिएका छन् अधिकाशं नबिल बैंकका ऋणी हुन् । त्यसको लिड बैंक नबिल बैंक हो । निक्षेपकर्तामा हेर्ने हो भने पनि ठूला निक्षेपकर्ताको सबैभन्दा बढी पैसा नबिल बैंकमा छ । हामी त्यही हेरेर बसेको भए नबिल बैंक सानो हुँदै जाने थियो । आज हामीले के भनेका छौं भने जसलाई सेवा दिएका थियौं उहाँहरुलाई त्योभन्दा बढी सेवा दिनुपर्छ ।

हाम्रो अबको फोकस बचत खातावालको संख्या बढाउने हो । जसको लागि शाखा विस्तारमा जोड दिएका छौं । १२० वटा शाखा नबिलको पुग्छ ।

देश संघीयतामा गएको छ । प्रदेशहरुको आर्थिक स्थितिले पनि शाखा कति खोल्ने भन्ने कुरा निर्धारण गर्छ । अर्थतन्त्रले जति माग गर्छ त्यो अनुसार शाखा विस्तार गर्दै जाने हो । नबिल बैंकले सबैभन्दा दुर्गम सुदुरपश्चिममा १२ वटा शाखा खोलेको छ । जहाँ बाटो पनि पुगेको छैन । र, विजुली पनि पुगेको छैन ।

दक्ष जनशक्ति नै नबिलको स्ट्रेन्थ

नबिलको स्ट्रेन्थ भनेको दक्ष जनशक्ति हो । ३४/३५ वर्षदेखि काम गरेको मान्छे नबिल बैंकमा छन् । अधिकाशं बैंकको लाइफटाइमभन्दा नबिलमा काम गरेका जनशक्तिको अनुभव बढी छ । जनशक्ति भनेको रुख जस्तो हो । आज कसैले सुन्तला रोपेको होला । उसले पनि सुन्तला खानको लागि १० वर्ष पर्खनुपर्छ । पैसा फालेर हुँदैन । हामीले ३५ वर्ष अगाडि रुख रोपेको हुँदा अहिले त्यसको फल खाइरहेका छौं । अब हामीले रुख पनि रोप्दै जाने हो । र, पुरानो रुखको फल मात्र खाएर अब पुग्दैन । नयाँ रुख पनि रोप्दै जाने हो । त्यो भनेको बचत खाता बढाउने हो । ऋणतर्फ एसएमईमा जाने हो । यी दुबै काम हामी डिजीटल्ली गर्छौं ।

प्रविधिको प्रयोग गर्न पैसा चाहिन्छ

टेक्नोलोजी भन्न मात्रै सजिलो छ । प्रविधिको प्रयोग गरेर अघि बढ्न संचालक समितिको भिजन चाहिन्छ । लगानी बढाउनुपर्छ । सञ्चालक समितिको भिजन छैन र बैंकसँग लगानी गर्नसक्ने पुँजी पनि चाहिन्छ । त्यो छैन भने व्यवस्थापन जति कराएपनि केही हुँदैन । १० लाख रुपैयाँ खर्च गरेर प्रविधिमा जान सकिँदैन । यसमा करौडौं खर्च गर्नुपर्छ, त्यो भिजन नबिलको बोर्डमा छ । नबिलले अहिले सिबिएसलाई अपडेट गर्दै छ ।

हामी ‘से डिजिटल र डु डिजिटल’ भन्न सक्ने स्थितिमा छौं । मुखबाट डिजिटल भन्न त सबैले सक्छन् तर, हातबाट डिजिटल गराउन कमैले मात्र सक्छन् ।

प्रविधिमा जान बोर्डले दिएको भिजनलाई कार्यान्वयन गर्ने जनशक्ति हुनुपर्छ । जनशक्ति छैन भने डिजिटाइजेशन हुँदैन । डिजिटाइजेशन भनेको माइक्रोसफ्ट किनेर कम्युटरमा हालेको जस्तो होइन । त्यो मिलाएर जानको लागि जनशक्ति हुनुपर्छ । त्यो जनशक्ति नबिल बैंकमा छ ।

बोर्डको भिजन भयो र जनशक्ति भएर मात्र डिजिटाइजेशनमा जान सकिदैन । त्यसको लागि सबैभन्दा महत्वपूर्ण कुरा पैसा चाहिन्छ । बैंकिङ क्षेत्रमा अहिले जसरी ह्याक भएको छ । किन नबिल बैंकमा भएको छैन । हामीले सेक्युरिटमा ठूलो लगानी गरेका छौं । त्यो कारण हामी ‘से डिजिटल र डु डिजिटल’ भन्न सक्ने स्थितिमा छौं । मुखबाट डिजिटल भन्न त सबैले सक्छन् तर, हातबाट डिजिटल गराउन कमैले मात्र सक्छन् ।

अहिले धेरै बैंकले अनलाइा खाताका कुरा गरिरहेका छन् । नबिल बैंकले यो सेवा शुरुवात गरेको ६ वर्ष भइसक्यो । हामीले टच कार्ड पनि लन्च गरेका छौं । अब हाम्रो सेवा हरेक नेपालीको हातमा पुगोस् भन्ने हाम्रो चाहना हो ।

अहिले नबिल बैंकका ग्राहक ७ लाख छन् । अब कोही ट्याक्सी चढेर पनि बैंकको शाखामा आउनेवाला छैन । जुन सबैभन्दा नजिक छ, त्यही जाने हो । हाम्रो भैंसेपाटीमा शाखा थिएन त्यहाँ त्यति ठूलो बस्ती छ । कोही पनि रिङरोड कटेर हाम्रो सेवा लिन आउँदैन । नबिल बैंकमा ठूला ग्राहकहरुको खाता छ । ठूला व्यवसायीहरुको खाता छ । तर, हाम्रो अबको फोकस २ हजार, ५ हजार हजार रुपैयाँ बचत गर्ने ग्राहक चाहिएको छ ।

हजुरबुबा र नाति दुबैका लागि

दोस्रो पुस्तामा नबिल बैंक बुवा र हजुरबुवाको बैंक भन्ने बुझाई छ । त्यो मेरो चिन्ता त्यो हो । अहिलेको युवा पुस्तालाई हामीले नबिलमा नै आकर्षित गराउने छौं । त्यसलाई हामीले चिर्न चाहेका छौं । त्यो अनुसारको सुविधा हामीले नबिल बैंकमा बढाउन खोजेका छौं ।

सँधै नुनको सोझो गर्छु

नबिल बैंकमा मेरो कार्यकाल ४ वर्षको हो । २ वर्ष वितिसक्यो । २ वर्षे हिरो बन्ने हो मर्जको लागि बढी दबाब दिएर एउटा बैंक मर्ज गरिदिन्थेँ । मैले चाहने हो भने मैले बनाएको मेगा बैंक सजिलै मर्ज गर्न सक्छु । एउटा बैंक मात्रै लिने हो भने नबिललाई कसैले केहीमा पनि भेट्टाउन सक्दैन ।

कसैले रोपेर ठूलो भएको सुन्तला फल्ने बेलामा गाड्यो भने एक सिजनमा फल त खान पाइन्छ । अर्को सिजनमा बोट नै मर्न सक्छ ।

तर, मर्जको लागि सोच मिल्नुपर्ने हुन्छ । संस्थापक र कर्मचारीको सोच मिल्नुपर्यो । ग्राहक फरक हुनुपर्यो । हामी पनि मर्जरको लागि पार्टनर खोजिरहेका छौं । तर, अर्कोले मर्ज गर्यो भन्दैमा उफ्रिँदै मर्ज गरिहाल्नु त भएन नि । मलाई कसैले गल्ती गर्यो भनेर नथुकोस् । यहाँ मैले नुन खाएको छु । यसको सोझो खाने बेलासम्म होइन सँधै गर्नुपर्छ । र, गर्छु पनि ।

अनिल शाह नबिल बैंक फर्केर आउने थिएन । हाम्रो संचालक समितिले पनि विश्वास गर्ने थिएन । आन्तरिक रुपमा व्यापक परिवर्तन भएको छ । साग गेम भर्खर सकियो । नेपालले गरेको प्रदर्शनलाई कसरी बुझ्ने ? नेपाल दोस्रो स्थानमा आयो अहिलेसम्मकै सबैभन्दा बढी स्वर्ण जित्यो राम्रो भनियो । तर, पहिलो र दोस्रोको ग्याप कति बढी छ । भारतले कति धेरै स्वर्ण जित्यो के राम्रो भन्न सकिन्छ ? यसमा दृष्टिकोणको कुरा फरक पर्छ । यो सोचमा भर पर्ने कुरा हो ।

नबिल बैंकमा हाम्रो टिमले जसरी हामीले काम गरेर जान्छौ त्यो छलाङ नबिलले लिनसक्ने अवस्थामा पुर्याउँछ ।

मैले बनाएको मेगा हेर्नुस्

मेगा बैंक शुुरु हुने बेला हामीले १८/२० वटा म्यानेजर लिएर गएका थियौं । त्यो बेला सबैले अनिल शाहले डुबाउने भयो भन्थ्थे । अरुले २ वटा म्यानेजर लिएर चलाएको छ भनेका थिए । मेगासँग आएका २ वटा संस्थाको अस्तित्व सकिएको छ । मेगा बैंकले ‘बैंक अफ दि इअर’ जितेको छ । त्यो बेलाको सोचले अहिले मेगामा काम गरेको हो । कसैले रोपेर ठूलो भएको सुन्तला फल्ने बेलामा गाड्यो भने एक सिजनमा फल त खान पाइन्छ । अर्को सिजनमा बोट नै मर्न सक्छ ।


पुष्प दुलाल