भुक्तानी प्रणालीमा ‘क्यूआर कोड’ क्रान्ति, फोन पे को ‘इको-सिस्टम’ले यसरी विस्तार गर्यो साम्राज्य



काठमाडौं । नेपालमा डिजिटल पेमेन्टको शुरुवात ई-सेवाले गर्यो । ई-सेवाले डिजिटल पेमेन्टको क्षेत्रमा नेपालमा क्रान्ति नै ल्याइदियो भन्दा हुन्छ ।

ई-सेवालको यो सुविधा यति व्यापक भयो कि डिजिटल पेमेन्ट भनेकै ई-सेवा हो भन्ने मानसिकता आमजनमासमा पुग्यो ।

मोबाइलमा रिचार्ज गर्दा होस् वा प्लेनको टिकट काट्न, विजुलीको विल तिर्न, स्कुलको फि तिर्न तथा इन्स्योरेन्सको प्रिमियम बुझाउनेलगायतका सेवाका लागि ई-सेवा सबैभन्दा सहज माध्यम बनिदियो ।

त्यसअघि कसैले पनि यस्तो सेवा ल्याएका थिएनन् । बैंकहरु पनि निकैपछि थिए । त्यसबेला ई–सेवा वान वे अफ डिजिटल पेमेन्ट बनेको थियो । समस्या अझै पनि थियो, जस्तो ई-सेवामा पैसा जम्मा गर्नका लागि बैंकमा गएर जम्मा गर्नुपर्ने अवस्था थियो । त्यो अझै समस्या नै थियो ।

‘हाम्रो सेवा एउटा तहका मानिससम्म ई-सेवाले पुर्याइसकेको थियो, तर अझै तल्लो तहका मानिससम्म पुग्न सकेका थिएनौं’ एफवान सफ्टका सीइओ सुवास शर्माले क्किलमाण्डूसँग, ‘हामी ठूला सपिङ मलदेखि, कफीसप र रेष्टुराँ हुँदै साना पान पसलसम्म पुग्न चाहन्थ्यौं, यसैका लागि क्यूआर कोर्डबाट स्क्यान एन्ड पे सिस्टम लागू गर्यो ।’

बैंक तथा वित्तीय संस्थालाई पनि ई-सेवाले नै सिस्टम उपलब्ध गराइदिएको थियो । यद्यपि ग्राहकलाई ई-सेवा र बैंकसँग जोड्न सकिएको थिएन । त्यसैले सबैभन्दा पहिले ईसेवाले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई थाहै नदिई एकआपसमा सिस्टममार्फत् जोडिदियो । मोबाइल बैंकिङ चलाउने सबैले ई-सेवामा सहज भुक्तानी गर्न पाउने भए ।

यसले एकातिर समयको बचत भयो भने अर्कोतर्फ भुक्तानी प्रणाली मोबाइलको एक क्लिकका भरमा हुनेभयो ।

एफवान सफ्टका सीइओ शर्मा

२३ लाखभन्दा बढीपटक मोबाइलमा डाउनलोड भएको ईसेवाले मुलुकको सबैजसो क्षेत्र र त्यहाँ बस्ने मानिसहरुलाई ग्राहक बनाइसकेको थियो । कतिपयका लागि त झन् नभइ नहुने सिस्टम नै बनिदिएको थियो । हजारौंले रोजगारी पाएका थिए, लाखौंले हरेक दिन सेवामार्फत् कारोबारलाई सहज बनाएका थिए ।

यतिहुँदा हुँदै पनि कम्पनीका सञ्चालकलाई भने अझै चित्त बुझेन । त्यतिमै चित्त बुझाएर बसेका भए ई-सेवा यहाँसम्म आइपुग्ने नै थिएन ।

लाखौं मानिसले हरेक दिन सेवा लिँदा पाउने कमिसनले उनीहरु खुसी त थिए । तर अझै पूर्णसन्तुष्टिको स्वास फेर्न पाएका थिएनन् ।

कम्पनीका संस्थापक विश्वास ढकाल, अस्गर अली र सुवास शर्माको मनमा तल्लो तप्काका मानिससम्मको पहुँच नपुगेकोमा अनववरतरुपमा मनमा चुकचुक भइरह्यो ।

‘हाम्रो सेवा एउटा तहका मानिससम्म ई-सेवाले पुर्याइसकेको थियो, तर अझै तल्लो तहका मानिससम्म पुग्न सकेका थिएनौं’ एफवान सफ्टका सीइओ सुवास शर्माले क्किलमाण्डूसँग, ‘हामी ठूला सपिङ मलदेखि, कफीसप र रेष्टुराँ हुँदै साना पान पसलसम्म पुग्न चाहन्थ्यौं, यसैका लागि क्यूआर कोर्डबाट स्क्यान एन्ड पे सिस्टम लागू गर्यो ।’

कम्पनीले गत जुन २६ तारिखमा यसको सुरुवात गर्यो । कम्पनीले हालसम्म मुलुकभर मर्चेन्टको संख्या ६४ हजार पुर्याइसकेको छ । जसबाट दैनिक डेढ करोड रुपैयाँको कारोबार हुन्छ । यो हरेक दिन मर्चेन्टको संख्या र कारोबारको रकम बढ्दो छ ।

अहिले सबै बैंक तथा वित्तीय संस्थालाई ईसेवाले उपलब्ध गराए जस्तै सेवा दिन चाहेका छन्, तर सबैले एक-एक गरी सोअनुसारको प्रणाली विकास गर्न निकै गाह्रो छ, तर सबै बैंक तथा वित्तीय संस्थाले एफवान सफ्टबाट काम गर्न पाए भने एउटै निकै कम भयो भने आफ्ना लागि छुट्टै सफ्टवेयर विकास गर्नुपर्ने अवस्था रहेन ।

क्यूआर कोडको सुविधा ल्याउनुअघि कम्पनीका अगाडि २ वटा रोजाइ थिए । पहिले विकिसित देशमा जस्तो कार्डबाट सीधै स्क्यान गराउने वा कम विकसित देशमा जस्तो क्यूआर कोर्डबाट एपमार्फत् स्क्यान गर्ने ? जसमध्ये कम्पनीले दोस्रो विकल्पलाई अपनायो ।

यसको फाइदा आम मानिसमा प्रभावकारी देखियो ।

तरकारी किन्दा होस् वा पान पसलमा गएर पान खाँदा होस्, कुनै कफी सपको कफीको बिल नै किन नहोस् नगदको साटो मोबाइलमा भएको एपबाट क्यूआर कोडमार्फत् भुक्तानी गर्न पाउँदा सहज बन्यो ।

गोजीभरी नगद राख्न पनि नपर्ने, एटीएमको बुथ खोज्दै दौडनु पनि नपर्ने र चेक बोकेर सटहीका लागि लामो लाइनमा लाग्नुपर्ने झन्झट पनि नहुने भुक्तानी प्रणाली उपभोक्ताले असाध्यै मन पराए ।

त्यतिमात्रै होइन, भुक्तानी गरेको रकमको १० प्रतिशत रकम खातामा तुरुन्तै फिर्ता आइहाल्ने भएपछि यसैमा केन्द्रित हुन थाले । कार्डको प्रयोगमा केही कमी आयो ।

के हो यो प्रणाली ?

यसलाई अझ सहज तरिकाले बुझौं । मानौं तपाईले कुनै बैंक तथा वित्तीय संस्थाबाट मोबाइल बैंकिङ सेवा लिनु भएको छ, वा इसेवाको मोबाइल एप डाउनलोड गर्नुभएको छ । त्यसैबाट तपाईले जुनसुकै ठाउँमा रकम भुक्तानी गर्न सक्नुहुन्छ ।

यसका लागि तपाईको खल्तीमा नगद हुनैपर्छ भन्ने जरुरी भएन । पसलमा राखिएको क्यूआर कोडलाई मोबाइलको एपमार्फत् स्यान गर्नुहोस् । तपाईलाई उक्त पसलको मर्चेन्ट कोड देखाउँछ । त्यससँगै कति बिल भुक्तानी गर्नुपर्ने हो उक्त रकम टाइप गर्नुहोस् र पेमेन्ट गर्नुहोस् । र, तुरुन्तै १० प्रतिशत क्यास ब्याक पनि पाउनुहोस् । तपाईंले ५००० रुपैयाँ भुक्तानी गर्नुभयो भने ५०० रुपैयाँ तुरुन्तै खातामा फिर्ता आइहाल्यो ।

नेटवर्क विस्तार

एफवान सफ्टले यो सेवा सुरु गर्दा आफ्नै कम्पनी ई-सेवासँग २३ लाख ग्राहक थिए । मुलुकका हरेक तह र तप्कामा पुग्ने लक्ष्य लिएको कम्पनीका लागि यति उपभोक्ता पर्याप्त थिएनन् । यसका लागि कम्पनीले २ वटा काम गर्यो ।

पहिलो काम ५२ वटा बैंक तथा वित्तीय संस्थालाई यस प्रणालीमा जोड्यो । जसको मोबाइल एप एफवान सफ्टले बनाएको थियो । बैंक तथा वित्तीय संस्थाबाट मोबाइल बैंकिङ सेवा लिइरहेका ८७ लाख ग्राहकमा एकैपटक पुग्न सफल भयो ।

फाइदा के भइदियो भने सम्पूर्ण बैंक तथा वित्तीय संस्था र ई-सेवाका गरी १ करोडभन्दा बढी ग्राहकले अर्को कुनै सेवा नलिइ भुक्तानी गर्न पाउने भए । बैंकको मोबाइल एपमै सफ्टवानको प्रणाली जोडियो । बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङका ग्राहकले प्रत्यक्षरुपमा ईसेवा प्रयोग नगरे पनि अप्रत्यक्ष रुपमा ईसेवाकै प्रणालीलाई प्रयोग गरिरहेका छन् ।

यसबाट एफवान सफ्ट कम्पनीलाई, बैंक र उपभोक्ता र मर्चेन्ट सबैलाई फाइदा भयो । एफवान सफ्ट कम्पनीको सिस्टममा सबै बैंक तथा वित्तीय संस्था आउने भए, बैंक तथा वित्तीय संस्थालाई पनि निक्षेप आउने भयो, उपभोक्तालाई नगद बोक्नुपर्ने झन्झट भएन भने मर्चेन्टहरुलाई सुरक्षित रुपमा बैंकमा पैसा जम्मा भइराख्ने भयो ।

दोस्रो हरेक पसलमा ‘पस मेसिन’को साटो क्यूआर कोड स्ट्यान्ड राखिदिने । पस मेसिन एउटैको २५ हजार रुपैयाँपर्छ । त्यसलाई अपडेट गर्नुपर्यो र सीमित बैंकको मात्रै कार्ड चल्ने भयो । तर क्यूआर कोडमार्फत् भुक्तानी गर्दा स्ट्यान्ड मात्रै राखेर पुग्यो भने त्यसबाट जुनसुकै बैंकको एप वा ईसेवाको एपबाट भुक्तानी जुनसुकै बैंकमा गर्न सकिने भयो ।

यसबाट एफवान सफ्ट कम्पनीलाई, बैंक र उपभोक्ता र मर्चेन्ट सबैलाई फाइदा भयो । एफवान सफ्ट कम्पनीको सिस्टममा सबै बैंक तथा वित्तीय संस्था आउने भए, बैंक तथा वित्तीय संस्थालाई पनि निक्षेप आउने भयो, उपभोक्तालाई नगद बोक्नुपर्ने झन्झट भएन भने मर्चेन्टहरुलाई सुरक्षित रुपमा बैंकमा पैसा जम्मा भइराख्ने भयो ।

सबै पैसा बैंकिङ सिस्टममै रहने भयो भने यसवापतमा उपभोक्ता तथा मर्चेन्टलाई अतिरिक्त शुल्क बुझाउनु पनि नपर्ने भयो ।

भुक्तानी प्रणालीको यो इको सिस्टम अहिलेका लागि निकै प्रभावकारी बनेको छ । जसमा सफ्ट वानले समग्र बैंकिङ प्रणालीलाई यसैमा जोडेको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाका ग्राहकले यसैमार्फत् सहजरुपमा कारोबार गर्न पाएका छन् । त्यो पनि सबैभन्दा सुरक्षित प्रणालीमार्फत् ।

जसलाई कम्पनीका सीइओ शर्मा भुक्तानी प्रणालीमा ल्याएको सबैभन्दा प्रभावकारी माध्यम मान्छन् ।

उनी भन्छन्, ‘अहिले सबै बैंक तथा वित्तीय संस्थालाई ईसेवाले उपलब्ध गराए जस्तै सेवा दिन चाहेका छन्, तर सबैले एक-एक गरी सोअनुसारको प्रणाली विकास गर्न निकै गाह्रो छ, तर सबै बैंक तथा वित्तीय संस्थाले एफवान सफ्टबाट काम गर्न पाए भने एउटै निकै कम भयो भने आफ्ना लागि छुट्टै सफ्टवेयर विकास गर्नुपर्ने अवस्था रहेन ।’


पुष्प दुलाल