मोदीका कारण भारतीय अर्थतन्त्र सुस्तायोः आरबीआई पूर्वगभर्नर रघुराम राजन



भारतको अर्थव्यवस्थामा आएको सुस्ततामाथि भारतीय रिजर्व बैंकका पूर्व गभर्नर रघुराम राजनले टिप्पणी गरे्का छन् ।

उनले भारतमा भइरहेको मन्दी तथा अर्थव्यवस्थामा सुस्त गतिको संकेत देखिनु प्रधानमन्त्री कार्यालयमा शक्ती केन्द्रित हुनुलाई औलाएका छन् । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री कार्यालयलाई बढी शक्तिशाली बनाएका थिए ।

उनले अर्थव्यवस्था सञ्चालन प्रधानमन्त्री कार्यालयबाट भएको र मन्त्रीसँग शक्ती नहुँदा अर्थव्यवस्था सुस्ताएको भन्दै आलोचना गरेका छन् । उनले फ्रि ट्रेड एग्रिमेन्टमा सहभागी हुन समेत भारतीय सरकारलाई आग्रह गरेका छन् ।

अर्थव्यवस्थामा अहिले देखिएको समस्या समाधानका लागि राजनले पुँजी ल्याउनका लागि नियमलाई उदार बनाउन, भूमि तथा श्रम बजारमा सुधार तथा लगानी र वृद्धिदर बढाउनका लागि आव्हान समेत गरेका छन् ।

उनले सरकारसँग प्रतिष्पर्धा बढाउन तथा घरेलू क्षमतामा सुधार ल्याउनका लागि विवेकपूर्ण ढंगबाट व्यापार सम्झौतामा सहभागी हुन समेत आग्रह गरेका छन् ।

‘कहाँ गल्ती भयो भन्ने जान्नका लागि वर्तमान सरकारको केन्द्रिकृत प्रकृतिलाई पहिले बुझ्नुपर्छ,’ उनले भने, ‘फैसला मात्रै होइन, विचार तथा योजना र निर्णयमा पनि प्रधानमन्त्री निकटका मानिसहरुले फाइदा लिइरहेका छन् ।’

र, यो पार्टीको राजनीतिक र सामाजिक एजेन्डाका लागि ठीक होइन । तर आर्थिक सुधारका लागि यसले काम पनि गर्दैन् । प्रधानमन्त्रीसँग यस्ता मान्छेसम्म छन जसलाई राज्य स्तर बाहेक केन्द्र स्तरमा अर्थव्यवस्था कसरी काम गर्छ भन्ने पनि जान्दैनन् ।

उनले विगतका सरकारहरुले लगातार अर्थव्यवस्थाको उदारिकरणको बाटो छनोट गरेका थिए । तर अहिले मन्त्रिहरु शक्तिहिन हुनुका साथै धेरै न केन्द्रिकरण भएको छ । यस दृष्टिकोणले हेर्दा प्रधानमन्त्रीले चाहेमा मात्रै सुधारको प्रक्रिया अगाडि बढ्छ भन्ने निश्चित छ ।


क्लिकमान्डु