बैंकमा कर्मचारीको समस्याः दक्ष कर्मचारी पाउन गाह्रो, टिकाउन त झनै गाह्रो !



काठमाडौं । करिअरका दृष्टिले बैंकिङ क्षेत्र धेरैका लागि आकर्षणको क्षेत्र हो । व्यवस्थापनको क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रलाई पछिल्ला वर्षमा चिकित्सा र इञ्जिनियरिङ पेशा जत्तिकै रोजाइको पेशा बन्दै गएको छ ।

त्यसैले केही वर्षयता यसै क्षेत्रमा करिअर बनाउन चाहनामा व्यवस्थापन संकाय अध्ययन गर्नेको संख्या बढ्दो छ । यद्यपि बजारमा दक्ष जनशक्तिको अभाव सदैव कायमै छ ।

हाल २८ वटा वाणिज्य बैंकमा ३६ हजार ९४७ जना कर्मचारी कार्यरत छन् । त्यस्तै, २३ वटा विकास बैंकमा ८ हजार ८०० कर्मचारी कार्यरत छन् ।

अध्ययन गरेका, दक्ष र अनुभवी कर्मचारी पाउन बैंक तथा वित्तीय संस्थालाई निकै कठीन देखिन्छ । स्कुल र विश्वविद्यालय गरिने अध्ययन सैद्दान्तिक बढी हुन्छ, व्यवहारिक कम ।

त्यसैले नयाँ कर्मचारीभन्दा सकेसम्म केही वर्ष काम गरेको, राम्रोसँग बुझेको कर्मचारी नियुक्त गर्न बैंकहरु खोज्छन् । जुन स्वभाविक नै हो ।

बैंक तथा वित्तीय संस्थाले ‘फ्रेस कर्मचारी’ ल्याएर लगानी गर्नुभन्दा दक्ष कर्मचारी ल्याउनमै केन्द्रित हुँदा यसको असर बैंकका कर्मचारीको स्थायित्वमा पर्न थालेको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा देखिएको दक्ष कर्मचारीको समस्या सुल्झाउन बैंकर्स संघ र एनबीआईले समय–समयमा दक्षता अभिवृद्धिका तालिम सञ्चालनले केही हदसम्म सहयोगी भए पनि । तर यत्तिले मात्रै नपुग्ने रहेछ । बैंकमा कर्मचारीको अनुभव र दक्षतासँगै स्थायित्वको अभाव पनि उत्तिकै देखिन्छ ।

विकास बैंकले १ जना नयाँ कर्मचारीलाई बैंकिङ क्षेत्रमा ल्याएर सीप तथा तालिम दिँदा ३ वर्षमा औसत ३ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने नेपाल डेभलपमेन्ट बैकर्स संघका अध्यक्ष गोविन्द ढकाल बताउँछन् । वाणिज्य बैंकले कर्मचारी माग गरेको आवेदनमा १५ प्रतिशत अनुभवी कर्मचारी विकास बैंकबाट पूरा हुने उनको भनाइ छ ।

जसमा उनीहरुले पाउने तलब भत्ता, सेवा सुविधा तथा जिम्मेवारी कारक बन्दै आएका छन् । कुनैपनि संस्थालाई राम्रो अवस्थामा लैजानको लागि सिंगो कर्मचारी संयन्त्र बलियो र सक्षम हुनुैपर्छ ।

राष्ट्र बैंकले २०७६ असार मसान्तसम्म सबै ७५३ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउन निर्देशन दिइसकेको छ । तर अझै १४ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार गर्न बाँकी नै छ ।

यो निर्देशनका २ वटा फाइदा थिए । एउटा वित्तीय पहुँच सबै ठाउँमा पुग्थ्यो भने अर्कोतर्फ यसले रोजगारी पनि सिर्जना गर्दथ्यो । शिक्षित भनिएका बेरोजगारलाई स्थानीय तहमै जागिर खानका लागि बाटो पनि खुल्थ्यो ।

यो नीतिले जागिर खानेहरुका लागि त फाइदा भयो तर बैंकहरुका लागि अर्को समस्या आयो । त्यो थियो दक्ष र अनुभवी कर्मचारीको अभाव । सहरमा काम गरिरहेको कर्मचारी सोझै स्थानीय तहमा जान नमान्ने र स्थानीय तहमा शाखा सञ्चालन गर्न दक्ष कर्मचारी पनि बैंकलाई जसरी पनि चाहिले । यी र यस्तै समस्याले बैंकिङ क्षेत्रमा कर्मचारीको समस्या रहेको जानकारहरु बताउँछन् ।

दक्ष कर्मचारी पाउनै मुस्किल

विज्ञापन गर्दा आवेदन दिने आवेदक त धेरै हुन्छन तर दक्ष र अनुभवी कर्मचारी पाउन भने निकै गाह्रो । बैंकहरुको चाहना पनि सकेसम्म दक्ष र अनुभवी कर्मचारी नियुक्त नै गर्ने हुन्छ ।

किन पनि भने दक्ष र अनुभवी कर्मचारी ल्याउँदा लगानी कम गरे पुग्छ । तर फ्रेस कर्मचारीका लागि लगानी बढी चाहिन्छ । साथै त्यसका लागि समय लाग्ने अवधि छुट्टै भयो ।

‘बैंकिङ क्षेत्रमा कर्मचारी अभावको समस्याभन्दा धेरै अस्थीर कर्मचारीको समस्या बढी छ,’ पाठकले भनिन् ‘माथिल्लो तहका कर्मचारीभन्दा मध्यम तह र तल्लो तहका कर्मचारीको स्थान्तरण धेरै हुन्छ ।’

विकास बैंकले १ जना नयाँ कर्मचारीलाई बैंकिङ क्षेत्रमा ल्याएर सीप तथा तालिम दिँदा ३ वर्षमा औसत ३ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने नेपाल डेभलपमेन्ट बैकर्स संघका अध्यक्ष गोविन्द ढकाल बताउँछन् । वाणिज्य बैंकले कर्मचारी माग गरेको आवेदनमा १५ प्रतिशत अनुभवी कर्मचारी विकास बैंकबाट पूरा हुने उनको भनाइ छ ।

‘दक्ष कर्मचारी वाणिज्य र विकास बैंक मै छन्, तर केही मात्रामा वाणिज्य बैंकमा दक्ष कर्मचारी विकास बैंकबाट गएर पूरा हुँदै आएको छ’ ढकालले क्लिकमाण्डूसँग भने ।

तर कर्मचारी दक्ष र अनुभवी भइसकेपछि वाणिज्य बैंक जान्छन्, जसले गर्दा विकास बैंकले कर्मचारीमा गरेको लगानी खेर गरिरहेको डेभलपमेन्ट बैकर्स संघका अध्यक्षको तर्क छ ।

स्थायित्वको अर्को समस्या

ढकालका अनुसार गरिमा विकास बैंकबाट मात्रै वार्षिक ५ प्रतिशत दक्ष तथा अनुभवी कर्मचारी वाणिज्य बैंकमा जान्छन् । विकास बैंकबाट दक्ष कर्मचारी वाणिज्य बैंकमा स्थान्तरणको प्रक्रिया राष्ट्र बैंकले मर्जरको नीति र सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्नुपर्ने नीतिका कारण बढेको अध्यक्ष ढकालको भनाइ छ ।

विकास बैंकबाट कर्मचारी पलायन वार्षिक रुपमा बढेको छ । वाणिज्य बैंकमा जागिरे हुन आउने १० जना नयाँ कर्मचारीमध्ये ६ जना अर्थात् ६० प्रतिशत विकास बैंकका कर्मचारी हुने नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंकको डेपुटी सीईओ बन्दना पाठकले बताइन् ।

‘बैंकिङ क्षेत्रमा कर्मचारी अभावको समस्याभन्दा धेरै अस्थीर कर्मचारीको समस्या बढी छ,’ पाठकले भनिन् ‘माथिल्लो तहका कर्मचारीभन्दा मध्यम तह र तल्लो तहका कर्मचारीको स्थान्तरण धेरै हुन्छ ।’

काठमाडौं उपत्यकामा भन्दा उपत्यका बाहिरका वाणिज्य बैंकका शाखा कार्यालयमा विकास बैंकका कर्मचारी ब्राञ्च म्यानेजरमा राखिने उनले जानकारी दिइन् । पछिल्लो समय बैंकिङ क्षेत्रले दक्ष कर्मचारीभन्दा स्थीर कर्मचारी पाउँन गाह्रो भएको उनको भनाइ छ ।

राष्ट्रियस्तरका विकास बैंकहरुमा कर्मचारीहरुलाई केही वाणिज्य बैंकले भन्दा राम्रो सेवा सुविधा भएको कारण विकास बैंकमा वाणिज्य बैकका कर्मचारीहरु आवद्ध हुन लालयित हुने ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए ।

केही समय अगाडिसम्म विकास बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु बैंकमा राम्रो तलब, सेवा सुविधाका कारण वाणिज्यमा जान लालयित हुन्थे ।

राष्ट्र बैंकले विकास बैंकलाई पनि पुँजी वृद्धि गर्ने निर्देशन दिएपछि विकास बैंकहरु आपसमा मर्जर भएर पुँजीको आकार बढाउनुको साथै व्यवसाय पनि विस्तार गरेका छन् । विकास बैंक पुँजीको आकार बढाउँदै वाणिज्य बैंक सो सरह कर्मचारीलाई सेवा सुविधा दिन थालेका छन् ।

वाणिज्य बैंकहरुले नयाँ शाखा विस्तार गर्दा माथिल्लो पदमा अनुभवी कर्मचारी नै माग गर्छन् । र, ती कर्मचारी भनेका कि अर्को बैंकमा कि त विकास बैंक तथा अन्य वित्त संघ सस्था मै हुन्छन् । वाणिज्य बैंकका जान पाइने, सेवा सुविधा पनि बढी पाइलो लोभमा कर्मचारीले संस्था छाड्नु स्वभाविक हो ।

कर्मचारी जागिर गर्न एक संस्थाबाट अर्को संस्थामा जानु अधिकार हो । सम्झौताअनुसारको अवधि सकेर जाने कर्मचारीलाई रोक्न नसकिने उनको भनाइ छ ।

तर नियामक निकायले कर्मचारीलाई पनि कुलिङ पिरियड र संस्थाको सेवा अवधि तोकिदिएमा कर्मचारीहरु अस्वभाविक स्थान्तरण नहुने डेभलपमेन्ट बैकर्स संघका अध्यक्ष ढकालको भनाइ छ ।

हाल विकास बैंकका कर्मचारीमा वाणिज्य बैंकले दिने राम्रो तलब/भत्ता तथा सेवा सुविधाभन्दा पदको मोह छ ।

८६ को संख्यामा रहेको विकास बैंकहरु मर्जर भएर हाल २३ को संख्यामा आइपुगेका छन् भने राष्ट्र बैंकले पुँजी वृद्धिको योजना ल्याएपछि ३९ वटा वाणिज्यबाट वाणिज्य बैंकको संख्या २८ मा झरेको छ । वाणिज्य बैंकहरुको संख्या भने विकास बैंकको तुलनामा नगन्य मात्रामा मात्र घटेको हो ।

विकास बैंकका कर्मचारीहरु वाणिज्य बैंकमा  जाने मात्रा बढी भएपनि वाणिज्य बैंक छोडेर विकास बैंकमा जागिर खाने खान कर्मचारीहरु पनि छन् । असिस्टेन म्यानेजरलाई अर्को बैंकले म्यानेजर पद र असिस्टेन अधिकृतलाई अधिकृतमा अफर गरेमा तुरुन्तै त्यो बैंकमा जाने प्रवृति बढेको बैंकका सीइओहरुको भनाइ छ ।

राष्ट्रियस्तरका विकास बैंकहरुमा कर्मचारीहरुलाई केही वाणिज्य बैंकले भन्दा राम्रो सेवा सुविधा भएको कारण विकास बैंकमा वाणिज्य बैकका कर्मचारीहरु आवद्ध हुन लालयित हुने ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए ।

‘कर्मचारी स्थान्तरण बैंकिङ क्षेत्रको मात्रा होइन, सबै क्षेत्रमा यो समस्या छ,’ ज्ञवालीले भने ‘राम्रो पदको लोभमा धेरै वाणिज्य बैकका कर्मचारीहरु विकास बैंकमा नआउने होइन ।’

राष्ट्रियस्तरका विकास बैंकबाट भन्दा जिल्लास्तरका विकास बैंकहरुबाट कर्मचारी पलायन बढी हुने उनको अनुभव छ ।

‘कर्मचारीहरु स्थान्तरण हुँदा संस्थाको काममा असर धेरै पर्छ,’ उनले भने, ‘पैसाभन्दा पदको मोह बढी भएका कर्मचारीहरु बढी हुँदा कर्मचारी स्थातरण अहिले वार्षिक २५ प्रतिशत पुगेको छ ।’

ज्योति विकास बैंकबाट वार्षिक १० प्रतिशत कर्मचारीहरु अन्य संस्थामा जाने गरेका छन् । अधिकांश वाणिज्य बैंकमै जाने गरेको उनले बताए ।

विकास बैंकका कर्मचारीमा वाणिज्य बैंकमा जागिरे हुन आकर्षित हुनुको पहिलो कारण हो, विकास बैंक वाणिज्य बैंकमा मर्जर भएर जानु । वाणिज्य बैंकमा मर्जर हुँदा विकास बैंकका केही कर्मचारीहरु कटौती हुनुका सार्थ कर्मचारी समायोजन हुँदा भइरहेको पदभन्दा घटेर मर्जर भएर गएको वाणिज्य बैंकमा विकास बैंकका कर्मचारीहरु नियुक्त हुन्छन् ।

आफ्नो सस्था मर्जर भएर वाणिज्य बैंकमा जाँदा त्यहाँ तल्लो तहमा काम गर्दा हिनताबोध हुनको साथै वाणिज्य बैंकका पुराना कर्मचारी र नयाँ आएका कर्मचारीमा भेदभाव गरिने मर्जर भएका विकास बैंकका कर्मचारीहरुको अनुभव छ ।

पछिल्लो समय बैंकहरुले नयाँ कर्मचारीमा लगानी गर्नुभन्दा पुराना कर्मचारीलाई नै राम्रो तलब भत्ता दिएर आफ्नो बैंकमा ल्याइरहेको धेरै पाइन्छ । यसै कारणले गर्दा कुनै एक संस्थामा लामो समयसम्म काम गर्ने कर्मचारी न्यून मात्रामा भेटिन्छन् ।

बैंकहरुले कर्मचारी माग गर्दा अनुभवी कर्मचारीहरु नै माग गर्ने हुदाँ राम्रो सेवा सुविधा भएको बैंकमा कर्मचारी जान खोज्ने सानिमा बैंककी प्रायोरिटी बैंकिङ हेड रमिला श्रेष्ठको भनाइ छ ।

‘मैले सानिमा जागिर गरेको १ दशक बढी भयो, यो बैंकले पनि कर्मचारीहरु माग गर्दा बढी अनुभवी कर्मचारीहरु नै माग गरिन्छ,’ श्रेष्ठ भन्छिन्, ‘कर्मचारी जहाँ राम्रो अफर आउँछ, त्यहाँ जान खोज्नु स्वभाविक हो ।’

अहिले सानिमामा करिब ३ प्रतिशत कर्मचारीहरु विकास बैंकबाट आएका छन् । संस्थाको काममा स्थिरता नभएका कर्मचारीहरु बढी स्थानान्तरण हुने श्रेष्ठको भनाइ छ ।


पुष्प दुलाल