मोटरसाइकलमा नम्बर प्लेट सही छ कि छैन ? कारबाहीमा परिएला



काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा नम्बर प्लेट सही नभएमा कारबाही गर्ने भएको छ ।

विभागले जारी गरेको सूचनामा नियम अनुसार नम्बर प्लेट राख्न भनेको छ । अन्यथा नियम अनुसार कारबाही गरिने उल्लेख छ ।

यातायात विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ बमोजिम दर्ता भएको सवारीको धनिलाई यातायात व्यवस्था कार्यालयले अनुसूची ६ मा उल्लेख भए बमोजिम प्रदेश संकेत सहितको दिएको दर्ता नम्बर अनुसूची ६ को द्रष्टव्य ३ बमोजिम सवारीको अगाडि तल र माथि गरी दुई लाइनमा नम्बर प्लेट लेखी अनिवार्य राख्न भनेको छ ।

विभागले सो अनुसार नम्बर प्लेट नराखेमा कानून बमोजिम कारबाही हुने समेत उल्लेख गरेको छ । उदारहणका लागि अगाडिको नम्बर प्लेटमा २ लाइन र पछाडिको नम्बर प्लेटमा तीन लाइन हुनुपर्नेछ ।


क्लिकमान्डु