सतजल हाइहाई हुँदा किन रक्षात्मक बन्यो जीएमआर ?



काठमाडौं । काम गर्ने र नगर्नेको पहिचान विवरण प्रस्तुत गर्ने क्रममा देखिदो रहेछ । नेपालमिा एउटा उखान छ, ढाटेको कुरा काटेर पनि मिल्दैन् ।

यस्तै भएको छ भारतीय कम्पनी जीएमआरलाई । सन् २००८ मा सरकारले विश्वव्यापी बोलपत्र गर्यो ।

त्यही बोलपत्रमा सबैभन्दा बढी फाइदा दिने भन्दै भारतीय कम्पनी जीएमआर आयो । सरकारले आयोजना सोही कम्पनीलाई दियो, अर्थात् जीएमआरले माथिल्लो कर्णाली जलविद्युत् आयोजना पायो ।

कर्णालीको मोती भनेर चिनिएको आयोजना, क्षमताका हिसाबले पनि हालसम्म विवादित नै छ ।

केहीले ४ हजार ८०० मेगावाट क्षमता बराबरको आयोजना बनाउन सकिने बताउँदै आएका छन् । तर, ९०० मेगावाट क्षमतामा नै अनुमति पाएको जीएमआरले एकाध कित्ता जग्गाको मुआब्जा बाड्ने बाहेक अरु केही काम गरेको छैन ।

आयोजनाको म्याद नथपिएको पनि २ वर्ष हुन लाग्यो । कहिले बंगलादेशसँग विद्युत् खरिद बिक्री सम्झौताको तयारीमा रहेको, कहिले हरियाणा राज्यसँग छलफल भइरहेको त कहिले अब छिट्टै सम्झौता भइहाल्छ जस्ता तर्क गरेर बसेको जीएमआर यसपटक भने पावर समिट, २०१९ मा नराम्ररी फेला परेको छ ।

प्राजेक्ट शो केश नाम दिइएको सत्रमा जीएमआरले राम्रो प्रस्तुती दिन सकेन । भारतीय सरकारी स्वामित्वको कम्पनी सतजलले आफ्नो आयोजनाको बारेमा यर्थाथ विवरण दिँदा जीएमआर भने भइरहेको, हुने क्रममा रहेको जस्ता तर्क गरेर बस्यो ।

सतजलको प्रस्तुतीले देशभित्र हालसम्कै ठूलो आयोजना बनिरहेको र त्यसले नेपालको ऊर्जा क्षेत्रमा समेत ठूलो प्रभाव पार्ने बताइरहँदा जीएमआर भने चुपचाप जस्तै बस्न पुगेको थियो ।
जीएमआरका प्रमुखसँग कुनै उत्तर थिएन । जबकी उनले उत्तर दिनुपर्ने एक दर्जन प्रश्न सोधिएका थिए ।

ढाँटेको कुरा कसैगरी मिल्दैन भने जस्तै उनले आफूलाई रक्षात्मक रुपमा प्रस्तुत गर्दा सतजलका अधिकारी भने आफूहरुले परियोजना तोकिएको समयमा सक्ने र अर्को आयोजना पनि निर्माण गर्न दिन माग गरिरहेका थिए ।

अरुण बेसिनका ४ वटा परियोजना दिएपनि अब हामी गर्न सक्छौ, नेपाल सरकारले जे जस्ता सर्त राखेपनि ती सबै पूरा गरेर आयोजना बनाउँछौ भन्ने दृढ इच्छाशक्ति देखाएका सतजलका अधिकारीका सामू जीएमआरका अधिकारी भने पूर्णरुपमा रक्षात्मक बन्नुपर्ने अवस्था थियो ।

सतलजल जलविद्युत् निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले अब अरुण तेस्रोको कुरा होइन, हामीलाई तल्लो अरुण पनि दिनुस् २०२५ सम्म आयोजना सकिन्छ भन्दै माग गरिहेका थिए ।

‘हाल अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ, भन्न त २०२३ भनेका छौ, २०२२ भित्रै स्क्ने हाम्रो लक्ष्य छ । सो आयोजना सकिँदा नसकिँदै अर्को आयोजना पनि पायौ भने हामीलाई सजिलो हुनेछ, लागत, ठेकेदार परिचालन तथा उपकरण व्यवस्थापनमा समेत सहयोग मिल्नेछ,’ उनले भने ।

लगानी हाम्रो भएपनि अरुण तेस्रोबाट नेपालले करिब २०० मेगावाट विद्युत् पाउँछ, तल्लो अरुणमा पनि त्यस्तै सर्त भएपनि हामीलाई केही फरक पर्दैन, हामी आयोजना बनाउँछौ, निर्णय गरेर दिनुस । निर्णय भयो भने डेढ वर्ष जति प्राविधिक काममा लाग्ला, त्यसपछि सँगसँगै आयोजना अगाडि बढ्छ, उनले त्यसो भनिरहँदा धेरैले सतजलको प्रशंसा गरेका थिए ।

जीएमआरका चिफ अपरेटिङ अफिसर हरविन्दर मोनोचाले बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५ सय मेगावाट जलविद्युत् खरिद गर्ने सहमति भएको पूरानै कुरा बताएर बसेका थिए । यद्यपी बंगलादेशसँग १ वर्ष पहिले भए सहमतिभन्दा अन्य कुनै पनि प्रगति आयोजनाको भएको छैन ।

जीएमआरले बढी रकम माग गरेको बंगलादेशको भनाइ रहँदै आएको छ । सहमति हुन बाँकी नै छ । मन्त्रिपरिषद्ले निर्णय गरेपनि बंगलादेशको विद्युत् बोर्डले आवश्यक निर्णय गर्नुपर्नेछ । त्यस आधारमा पनि अझै एकाध महिना निर्णय हुन लाग्ने देखिन्छ ।

जीएमआरका मोनोचाले अबको केही समयभित्रै बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय एनभिभिएनसँग विद्युत् खरिद–बिक्री सम्झौता हुने बताएका थिए ।

सञ्चालनमा आएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । आयोजनाका अनुसार चालु आर्थिक ववर्ष भत्र पीपीए र साइट क्लियरलगायत काम सकेर सन् २०२० को अन्त्यदेखि निर्माण थाल्ने पूरानै कुरा सुनाए उनले ।

जीएमआरले इञ्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्सट्रक्सन मोडलमा १ अर्ब ५० करोड अमेरिकी डलर अर्थात, १ खर्ब ६५ अर्ब जति लागत अनुमान गरिएको छ ।

यो सुरुमा तय गरिएको लागतभन्दा झण्डै ५१ अर्ब बढी हो । सरकार र जीएमआरबीच सन् २००८ मा यो आयोजना बनाउने विषयमा एमओयू भएको थियो ।

सन् २०१४ मा पीडीए सम्झौता भएको थियो । आयोजनाबाट उत्पादित बिजुली ४०० केभीको ९९ किलोमिटर डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ ।


क्लिकमान्डु