यसकारण बुधबार पुनः गठन हुन सकेन मन्त्रिपरिषद्



काठमाडौं । मंगलबार मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषदका् पुनः गठन हुने विषयलाई स्पष्ट सँग नभने पनि संकेत गरेका थिए । उनले हालसम्मको भूमिकाका लागि मन्त्रीहरुलाई बधाई दिँदै आज बुधबार मन्त्रिपरिषदका् पुनः गठन हुने बताएका थिए । त्यसको लागि तयारी भइसकेको भन्दै उनले मन्त्रिपरिषद्मा सहभागी भएका सबै सदस्यलाई बधाई समेत दिएका थिए ।

सोही आशयको समाचार आज बिहान प्रकाशित भएका धेरै जसो पत्र पत्रिकाले सार्वजनिक गरे । आज बिहानै देखि अधिकाशं सञ्चार माध्यमले विभिन्न कोणबाट सोही विषयलाई आधार बनाएर समाचार सार्वजनिक गरे ।

बुधबार विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बोलाइयो । बैठकमा सहभागी हुन भन्दै सबै सचिवालय सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगे । तर बैठक शुरु हुनु भन्दा केही मिनेट अगाडि मात्रै प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटौ भन्ने प्रस्ताव राखे । त्यसो त प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच सचिवालय बैठक अगावै छलफल समेत भएको थियो । राष्ट्रपतिलाई भेटने प्रसंग आएपछि लौ हुन्छ भन्दै उनीहरुले शितल निवास दौडिए ।

प्रधानमन्त्री र नेकपाका अध्यक्ष शितल निवास पुगेपछि शपथ ग्रहणको समय समेत ताकेर समाचारहरु सार्वजनिक भए । अपरान्ह ४ बजे सपथ ग्रहणको समय निर्धारण भएको सूचना बाहिरियो । राष्ट्रपतिसँग के विषयमा छलफल भयो भन्ने बारेमा पूर्ण जानकारी सार्वजनिक नभएपनि प्रधानमन्त्री र अध्यक्ष प्रचण्ड करिब २ घण्टा शितल निवासमा बसे । शितल निवासमा राष्ट्रपतिसँग कुन विषयमा छलफल भयो भन्ने बारेमा प्रधानमन्त्रीको सचिवालय र अध्यक्ष प्रचण्डको सचिवालयले हालसम्म कुनै पनि जानकारी दिएको छैन ।
यद्यपी स्रोतहरुले राष्ट्रपतिलाई साक्षी राखेर प्रधानमन्त्री र ओलीबीच बाँकी ३ वर्ष प्रधानमन्त्री पदमा ओली रहने र कार्यकारी अध्यक्ष प्रचण्ड बन्ने सम्झौता भएको बताएका छन् ।
राष्ट्रपति कार्यालयबाट फर्किएपछि प्रधानमन्त्री निवास बालुवाटारमा करिब १ बजेतिर बालुवाटारमा शुरु भयो । बैठकको एजेण्डा थियो , मन्त्रिपरिषद पुनः गठन गर्ने । आम रुपमा त्यही सोचियो । त्यही आधारमा समाचार ब्रेकिङ गर्ने होडबाजी पनि चल्यो । तर अपरान्ह ३.४० बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा प्रवक्ता नारायण्काजी श्रेष्ठ पत्रकारका सामु उभिए । नेकपा सचिवालयको निर्णय सुन्न पर्खेका पत्रकारको चासो विपरित उनले भने सरकार पाँच वर्ष नै प्रधानमन्ी केपी शर्मा ओलीले चलाउने र पार्टी सञ्चालनको जिम्मेवारी कार्यकारी अधिकार सहित अध्यक्ष प्रचण्डले लिनेृ । मन्त्रिपरिषद पुनः गठनको विषयमा छलफल गर्न बसेको बैठकमा सो विषयमा चर्चा भएपनि त्यो विषय प्रधानमन्त्रीको विशेषाधिकार भन्दै प्रवक्ता श्रेष्ठले सो विषयमा स्पष्ट प्रतिक्रिया नै दिएनन् ।

बैठकमा मन्त्रिपरिषद पुनः गठन सँगै अध्यक्ष प्रचण्डले पूर्व सहमति अनुसार अधिकार बाँडफाँडको विषय बैठकमा प्रवेश गराएको बताइन्छ । सोही विषयमा पछिल्ला दिनमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच राम्रै छलफल भइरहेको थियो । तर आम अनुमान विपरित अर्को ठ्याक्कै विपरित निर्णय सार्वजनिक भयो । नयाँ मन्त्रीको नाम सुन्न भेला भएका पत्रकार समेत तिन छक्क परे । कारण मन्त्रीको नाम आएन,बरु सरकार र पार्टीको विषयमा निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सम्भवतः बुधबारको तयारी अनुसार नै बिहिबार मन्त्रिपरिषदको पुनः गठन गर्ने तयारी गरिएको छ । केही मन्त्री हटाएर उनीहरुको स्थानमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिने तयारी गरिएको छ । बुधबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएपनि अन्तिममा किन रोकियो भन्ने बारेमा प्रवक्ता श्रेष्ठले पनि प्राविधिक जवाफ दिएका छन् । उनले प्रधानमन्त्रीको विशेषाधिकार भएकाले छिट्टै मन्त्रिपरिषद् पुनः गठन हुने मात्रै संकेत गरे । जानकारहरुका अनुसार बिहिबार प्रधानमन्त्री र अध्यक्ष प्रचण्डको सहमति अनुसार मन्त्रिपरिषद पुनः गठन हुनेछ ।

पछिल्ला विवरण अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव, कृषि मन्ी चmक्रपाणी खनाल हटने निश्चित भएको छ । यस्तै महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ समेत हट्ने सूचीमा रहेका छन् ।

तर अन्तिम निर्णय नहुँदासम्म यी नै मन्त्री हट्ने र यी रहने भन्ने बारेमा केही भन्न नसकिने अवस्था रहेको छ ।


क्लिकमान्डु