बैंकको जागिर छाडेर १० हजारमा सुरु गरेको गार्मेन्ट व्यवसाय यसरी भयो १ अर्बको



बैंकको आकर्षक जागिर छाडेर व्यवसाय सुरु गर्ने निर्णय गर्न जति गाह्रो छ त्यति नै गाह्रो छ व्यवसायलाई उचाईमा पुर्याउन । अझ त्यसमाथि स्टार्टअप व्यवसाय सुरु गरी सफल व्यवसायी बन्नका लागि निकै कठीन छ ।

तर दिल्लीका नितिन कपुरले भने त्यो सम्भव गरेर देखाएका छन् । बैंकमा राम्रो जागिर गरिरहेका कपुरले बैंकको जागिर छाडेर सुरु गरेको स्टार्टअप कम्पनी इन्डियन ब्यूटिफुल आर्ट अहिले करोडौं रुपैयाँ आम्दानी गरिरहेको छ ।

सन् २०१० मा कम्पनी सुरु भएको थियो । आज नितिनको गार्मेन्ट कम्पनी अमेरिका, बेलायत, जर्मनी जस्ता देशसम्म पुगेको छ ।

कम्पनीले हरेक महिना ३१ हजार अर्डर पूरा गर्छ । जुन मुख्य गरी अमेरिका, बेलायत, जर्मनी, साउथ इस्ट एसिया, अष्ट्रेलिया तथा अफ्रिकाबाट आउँछ । कम्पनीमा ३०० जनाले जागिर गर्छन् ।

नितिन एक निजी बैंकमा जागिर गर्दथे । जहाँ उनको तलब ८० हजार रुपैयाँ थियो । उनी भन्छन, ‘जागिरमा मेरो कहिल्यै मन गएन, १० देखि ७ बजेको जागिर राम्रो लाग्दैनथ्यो, त्यसैले जहिले पनि आफ्नो व्यापार गर्न चाहन्थे ।’

४८ घण्टामा हुन्छ डेलिभरी

नितिनका अनुसार १० हजार रुपैयाँमा कम्पनी सुरु गरिएको थियो । तर पछि सरकारबाट पनि सहयोग मिलेको थियो । उनका अनुसार कम्पनीबाट ४८ घण्टामा अर्डर गरिन्छ । यो स्टार्ट अप कम्पनीले किड्स, वुमन र मेन्स वेयर उत्पादन गर्छ । जसको सुरुवाती मुख्य ३० अमेरिकी डलर अर्थात ३००० रुपैयाँबाट हुन्छ ।

नितिनका अनुसार कम्पनीले अर्डर आएपछि कपडा उत्पादन गर्न सुरु गर्छ । उनी भन्छन, ‘सुरुवातमा हामीले ट्रेडिङ मोडेलमा काम गरिरहेका थियौं, हाम्रो कम्पनी रेडी प्रोडक्ट सोर्स गर्दथ्यो पछि इ कमर्सको हिसाबले फोटो सुट हुन्थ्यो, बिक्री भए ठीक नभए इन्भेन्ट्रिमा जम्मा हुन्थ्यो ।’

यस्तो मोडलको व्यवसायमा ठूलो लगानी हुन्थ्यो । त्यसैले पछि यो मोडेललाई बदल्ने फैसला गरी नितिनले करिब १० करोड रुपैयाँको लगानीमा यस्तो मोेडेल बनाए जहाँ इन्वेन्ट्रिको जरुरी थिएन ।

पानी बचतको तरिका

नितिनका अनुसार जब अर्डरको हिसाबले कपडा उत्पादन गर्न सुरु गरिन्छ तब जस्ट इन टाइम टेक्नोलोजीबाट प्रिन्टिङ गरिन्छ । जसमा पानीको बचत हुन्छ । कम्पनीले डिजिटल प्रिन्टिङ गर्छ । जसमा पानी निकै कम प्रयोग हुन्छ । पानीको सबैभन्दा धेरै खपत फेशन इन्डस्ट्रीमा हुँदै आएको छ ।

वर्षमा ५० करोडको कारोबार

अहिले कम्पनीले इन्भेन्ट्री तथा वेयर हाउसमा लगानी गरेको छैन । भविष्यमा अनलाइन टु अनलाइन मोडेलमा जाने योजना कम्पनीको छ । कम्पनीले अहिलेसम्म विश्वका १३६ देशमा व्यवसाय गरिरहेको छ । जसको वार्षिक कारोबार ५० करोड भारतीय रुपैयाँ हुन्छ । नेपाली रुपैयाँमा परिवर्तन गर्दा वर्षको ८० करोड रुपैयाँ । ऐजेन्सी


क्लिकमान्डु