मोवाइल फोनको ब्याट्री पूर्ण चार्ज हुँदा व्यक्तिलाई दिन्छ सकारात्मक ऊर्जा



मोवाइल फोनको ब्याट्री चार्ज गरिरहेको मानिसले जब ब्याट्री १०० प्रतिशत चार्ज भएको देख्छ उ खुसी हुन्छ तर चार्जमा भएको मोवाइलको ब्याट्री ५० प्रतिशतमात्र चार्ज भएको रहेछ भने उ निरास हुन्छ ।

टेक्नोलाजीले मानिसको जिवन नियन्त्रण गरेको छ भने फोनको ब्याट्रीले मानिसको मुड परिवर्तन गरेको छ ।

मोवाइल फोन प्रयोग गर्ने व्यक्तिको दिमाग फोनको ब्याट्री अनुसार काम गर्दछ । लन्डन विश्वविद्यालयका अनुसन्धानकर्ता थॉमस रोबिन्सन र फिनल्याण्डको अल्टो विश्वविद्यालयमा यो कुरा पत्ता लागेको हो ।

अनुसन्धानका अनुसार, व्यक्ति जसका मोवाइल फोनमा ब्याट्री जहिले पनि चार्ज हुन्छन् उनीहरू लामो समयको लागि  व्यवस्थित हुन्छ र सोहि अनुसारले काम गर्ने हुन्छन् । आफ्नो मोवाईल फोनको ब्याट्रीमा कति चार्ज छ भनेर ध्यान नदिने व्यक्तिको दैनिक जिवन पनि अस्तव्यस्त हुन्छ । साथै कुनैपनि काम सहि तबर बाट गर्न सधै पछाडि परेका हुन्छन् ।

मानिसहरु आफ्नो मोवाइल फोनको ब्याट्री अनुसार यात्राको समय तय गर्न गर्दछन् । अनुसान्धानका अनुसार १८ देखी ५७ वर्षको मानिसहरु १० किलो मिटरसम्मको यात्रा गर्दा आफ्नो मोवाईलमा कति प्रतिशत ब्याट्री छ त्यहि अनुसारको गन्तव्यमा पुग्ने समय निर्धारण गर्छन् ।

यदी कुनैपनि व्यक्तिको मोवाईल फोनको ब्याट्री ५० प्रतिशतभन्दा कम भइसकेको छ भने उनीहरु गन्तव्यमा पुग्ने समयलाई भन्दा धेरै मोवाइलको ब्याट्री चार्ज गर्ने ठाँउमा पुग्ने स्थान र समयलाई बढी प्राथमिकता दिन्छन् । घटिरहेको मोवाइलको ब्याट्रीलाई कति खेर चार्ज गर्न सकिन्छ भन्नेमात्र दिमागमा हुन्छ ।

मोवाइलको ब्याट्रीमा चार्ज घट्दै गएपछि व्यक्तिको कार्यक्षमता पनि ह्रास आउँदै जान्छ । जब मानिस आफ्नो मोवाइल फोनको ब्याट्री १०० प्रतिशत चार्ज हुन्छ उनीहरुले सकारात्मक महशुस गरेका हुन्छन् । बाहिर जहाँपनि निस्किन सक्छन् ।

ब्याट्रीमा चार्ज घटेर ५० प्रतिशससम्म पुग्दा उनीहरुमा नकारात्मक भावना शुरु हुन थालिसकेको हुन्छ । ५० देखी ३० प्रतिशतसम्म मोवाइल फोनमा ब्याट्री हुँदा व्यक्तिमा चिन्ता तथा निराशापन उत्पन्न भइसकेको हुन्छ भने ३० प्रतिशतभन्दा तल मोवाइलमा ब्याट्री भएको व्यक्तिहरुको सोचाइ हरेक पक्षमा नकारात्मक, निराशाजनक हुन्छ । यो सबै उपकरणमा आस्रित तथा परनिर्भता भएको परिमाण भएको जानकारहरु बताउँछन् ।

मानिसलाई आवश्यक पर्ने सम्पुर्ण जानकारी, मनोरन्जन, नक्सा, डायरी, डिजिटल वालेट लगायत आवश्यक अवस्थामा फोनको माध्यमबाट व्यापार व्यवसायका कार्यहरु पनि गर्न सकिने हुँदा मोवाईल फोनको ब्याट्रीको चार्जले व्यक्तिको जिवनमा असर गरेको हो ।

यदी मोवाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको मोवाइलको ब्याट्री, क्यामेरा अथवा अन्य कुनै समस्या छ भने उसलाई सबैभन्दा ठुलो समस्या ब्याट्रीको नै लाग्छ र ब्याट्रीको समस्या समाधानलाई पहिलो प्राथमिकता दिन्छ ।

मोवाइल फोनमा कम वा ब्याट्री डाउन भएको व्यक्तिहरु अरुमा निर्भर हुन्छन् । मोवाईलको ब्याट्री डाउन भएमा व्यक्तिले आफु हराएको महशुस गर्दछ । सो समयमा हरेक क्षेत्रमा व्यक्तिले आफ्नो सहभागिता कम गर्दछ वा कम हुँदै जान्छ । जो व्यक्ति आफ्नो दैनिक जिवनलाई मोवाईल फोनमा आवद्ध रहेर चलाउँछ उसलाई यसको प्रभाव बढी परेको हुन्छ । ऐजेन्सी


क्लिकमान्डु