व्यवस्थापन कमजोर बन्दा टेलिकमको आम्दानी घट्यो, सेयर खरिदमा अब फाइदा छैन (प्राविधिक विश्लेषण)



काठमाडौं ।  नेपाल टेलिकमको नाफा गत आर्थिक वर्षमा ४१.६१ प्रतिशतले घटेर घटेर १० अर्ब २० करोड ८१ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोहि समयमा टेलिकमले १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनी नाफा घट्नुमा ग्राहकबाट हुने आम्दानीमा करिव ३ अर्बको ह्रास आउनुका साथै लाईसेन्स वापतको खर्च बढेर ४ अर्ब पुगेकोले हो । यस्तै पोस्टपेड चल्न नसक्दा समेत टेलिकमको नाफा घटेको छ ।

ग्राहकबाट हुने आम्दानीमा ५.६५ कमीले ३६ अर्ब ७८ करोड रुपैंया तथा लाईसेन्स वापतको खर्च ६१२०.४६ प्रतिशतले बढेर ४ अर्ब २ करोड पुगेको छ । लाईसेन्स वापतको खर्च गत वर्ष ६ करोड ४७ लाख रुपैंया मात्र रहेको थियो । जीएसएम इजाजत पत्रको दोस्रो नवीकरण शुल्कको भुक्तानीको कारण २० अर्ब रुपैंयाको बोझ थपिएको छ ।

नविकरण पहिलो पटक १० बर्षमा र दोस्रो पटक ५ बर्षमा गर्नु पर्ने हुन्छ । यहि दायित्वका कारण कम्पनीको नाफा प्रतिकुल असर परेको हो । यद्यपि आर्थिक वर्ष २०७५/७६ देखि वार्षिक ५ किस्तामा नेपाल सरकार तिर्न निर्णय भएको उल्लेख गरेको छ ।

साथै केहि वर्षयता ओटिटी सेवाहरूको लोकप्रियताले इन्टरकनेक्सन ब्यापारमा नकारात्मक असर परेको कारणले पनि कम्पनी आम्दानी प्रभावित भएको बताईएको छ । १५ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष अघिल्लो बर्षको भन्दा २.४४ प्रतिशतले ले बढेर ८६ अर्ब ७३ करोड १७ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा रिजर्भ कोषमा ८४ अर्ब ३२ करोड ८० लाख ८७ हजार रुपैयाँ रहेको थियो । स्थिर पुंजीको कम्पनी नाफा घट्दा गत वर्ष ११६ रुपैंया प्रतिशेयर आम्दानीबाट ६८ रुपैंया घट्यो भने मूल्य आम्दानी अनुपात ६ गुणाबाट ११ गुणा र प्रतिशेयर नेटवर्थ ६ सय ६८ रुपैयाँ छ ।

फ्लोरसिटबाट हेर्दा करिव ३ महिनाको समय अवधिमा ब्रोकर न ३४,५०,४,६, ३ बाट सबैं भन्दा बढी कारोवार भएको देखिन्छ। त्यस्तै बजार मूल्य ७१६, ,७३० तथा ७५० को तहमा ४०(५० हजार कित्ता शेयर कारोवार भएको छ । त्यसले पनि यी मूल्यको आफै बलियो अवरोध मान्न सकिन्छ ।

प्राविधिक विश्लेषण

नेपाल टेलिकमको साप्तहिक चार्ट हेर्दा बियारिश ट्रेन्ड रहेको छ । २०१८ को सुरुवातमा करिव ९०० रुपैंया रहेको मूल्यमा ६० प्रतिशतले सुधार आएको छ । साताको अन्तिम दिनको कारोवारमा ०.४८ ५ अर्थात् ३ रुपैयाले घटेर ६२६मा कारोवार बन्द भएको छ । बजार पुँजीकरणमा १ खर्बभन्दा बढीको कम्पनी रहेको टेलिकमको नाफा घटेपछि सो पूँजीकरण समेत घटेको अवस्था छ । सेयर बजारमा सूचिकृत कम्पनीमा टेलिकम मात्र १ खर्बभन्दा रुपैयाँभन्दा बढी बजार पूँजीकरण भएको संस्था थियो । अब कुनैपनि कम्पनी एक खर्ब बजार पूँजीकरण भएको संस्था छैनन् ।

साप्ताहिक प्राविधिक परिसूचक

१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स

यस साताको विहिवार मात्र कम्पनीको कारोवार बन्द हुँदा १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४५.४ बाट घटेर २३.०२को स्केलमा पुगेको छ । यसले कम्पनीमा खरिदचाप भन्दा बिक्रिचाप जनाउछ । लिडिङ औजार मानिने १४ दिने आरएसआई कारोबारको लागि ऋणात्मक तथा धनात्मक डाईभोजेन्स आदिको प्रयोग हुने भएकाले कुनै पनि बजारको ठूलो परिवर्तनको पूर्ण संकेत अर्थात रणनीति परवर्तनको लागि प्रयोग हुने औजार मानिन्छ ।

मैनवत्ति आकृति विलेशण

मैनबत्ती आकृतिले मुलत कम्पनी खरिदकर्ता तथा विक्रीकर्ताको चाप के कस्तो रहेको छ भने कुरा देखाउनछ । करिव ५ दिन देखि निरन्तर घटेर बन्द भएको छ । बिहिवार कारोवार बन्द हुदा सानो आकृति वियारिश मैनबत्ति बनेको छ । यसको तल्लो भागमा लामो स्याडो रहेको छ भने र माथिल्लो भागमा स्याडो रहेको छ ।

कमोडीटि च्यानल इन्डेस्क

कमोडीटि च्यानल इन्डेस्कले ऋणात्मक २३५ को स्केलमा आएको देखाउछ जसले विक्रीचापको संकेत गर्दछ । यस सिसिआई धनात्मक १०० तथा ऋणात्मक १००मा विभाजन गर्दछ ।यदि बजार धनात्मक १०० भन्दा माथि घयो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा दुई ओटा रेखा हुन्छन जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति ९ट्रेण्ड० देखाउने गर्छ । गत हप्ता एमएसिडीले सिग्नल लाईनले वियारिश क्रस गएको थियो भने यस साता पनि निरन्तर पाएको छ । हिस्टोग्राम पनि सेन्ट्रल लाईन भन्दा तल आएको छ ।

एम.ए.सी.डी. रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेतका रुपमा लिईन्छ र यसले शेयरहरु किन्ने संकेत गर्दछ भने यदि एम.ए.सी.डी. रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिईन्छ र यसले शेयरहरु बेच्ने संकेत गर्दछ ।

बोलिंजर ब्याण्ड

बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांक शांस्त्रको स्ट्यडर्ड डेभिएसनको सुत्र प्रयोग भएकोले एक आपसमा निश्चित दुरी तय गर्छ । यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ । मुल्यले लो ब्याण्ड ब्रेक गरेर तल बढेकोले वियारिस संकेत गर्दछ ।

निस्कर्ष

नेपाल टेलिकमको लाईसेन्स वापतको खर्चको कारणले निकै वित्तीय विवरण प्रभावित भयो ।

जीएसएम इजाजत पत्रको दोस्रो नवीकरण शुल्कको भुक्तानीको कारण २० अर्ब रुपैंयाको बोझले आगामी दिन कठिन छ । त्यसको कारण पनि समग्र बजारअन्योल हुदा लगानीकर्ता रोजाईमा पर्ने एनटिसी मूल्य घटेको अवस्था छ । कम्पनीमा सर्बसाधारण वा रणनीतिक साझेदारको हिस्सा बलियो बनाएर सरकारी लगानी विनिबेश नगरेसम्म निजी टेलिकम कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न कठिन हुन्छ । प्राविधिक सूचक प्राय सबैले घट्ने संकेत गर्दछ । प्यार्टन ऐनालासिसको आधारमा ५८० मा टेवा रहेको छ ।

नोटः क्लिकमाण्डूले तथ्यांकको आधारमा यो विश्लेषण तयार पारेको हो सेयर लगानीकर्ताले यो आधारमा लगानी गर्दा हुने लाभहानी जिम्मेवार कम्पनी हुने छैन ।


क्लिकमान्डु