मेरा लागि होइन, देशका लागि कर तिर्ने हो, मैले त तलब पनि लिएको छैनः अर्थमन्त्री



विद्युतीय सामग्रीमात्रै करेन्ट लाग्ने होला भने त विद्युत व्यवसाय गर्दागर्दै करेन्ट उत्पादन हुने रहेछ । झड्का लगाउने किसिमको शक्ति तपाईंहरुले राख्नु्हुन्छ । त्यसको पावर बटम भने अन्त नै हुन्छ । त्यो झड्का मैले राम्रोसँग महसुस गरे ।

नेपालमा महासंघ कति हुन्छन् भनेर मैले अनुमान नै गर्न नसक्ने रहेछु । व्यवसायीहरुको संघ-महासंघ हुने भनेको त एउटा हुनुपर्छ भन्ने मेरो मान्यता हो । महासंघ पनि परिसंघ खोल्नु भयो । संघीयता अनुसारको संघ-महासंघ हुनु राम्रो हो कि, यति धेरै महासंघमा अर्थमन्त्री हिँड्ने हो भने २ वर्षमा भाषण गर्दा हुन्छ । मैले त सबैलाई महासंघ, परिसंघ, चेम्बर एक भएर आउनु भनेको छु ।

विजुलीको सुरुवात आधुनिक युगको सुरु हो । औद्योगिक क्रान्ति सुरु भएपनि यो आवश्यक नै भयो । यो डिजिटल पनि हुन थालेको छ । अहिलेको क्रान्तिमा यो डिजिटल हो । हामी डिजिटल युगमा प्रवेश गरेका छौं ।

अब हामी स्वचालित प्रणालीमा जाँदैछौं । दिदीबहिनीहरुले कसकसले ढिकी कुट्नु भएको छ, जाँतो कसकसले पिस्नु भएको छ ? नभएको भए म्यूजियममा हेर्नु भएको होला । यसमा विद्युतले कस्तो सहयोग गरेको छ । विद्युतबिना घरको कामममा, धुलो धुँवामा कत्तिको सहयोग भएको, यसले काममा कत्तिको सहयोग भएको छ, त्यो तपाईले हेर्नु भएकै होला ।

विश्वामा आधुनिक नविकरणीय धन्न सकिने प्रणाली भनेको विद्युत नै हो । विद्युत उत्पादन भएको छ, प्रशारण भएको छ । प्रशारण भएको ठाँउको तलका मानिसहरु अध्याँरोमा बसेका छन् । किन त भन्दा प्राधिकरणले लाइन दिएन, मिटर किन्ने पैसा भएन, दर मंहयो भयो । विद्युत महसु्ल तिर्न सकिन । अहिलेको समस्या नै त्यही हो । अब तपाईहरुसँग सहकार्य गर्न आवश्यक छ । हामीले ल्याएको प्रणाली तपाईहरुले कुशलतम ढंगले उपभोग गर्ने उपकरण हामीलाई दिनुपर्छ ।

अहिले २० वाटमा हुने कामलाई तपाईंले ५ वा १० वाटमा चल्ने बनाउनु भयो भने घरभित्रको सबै लाईट, पकाउने चिसो बनाउनेदेखि औद्योगीक, व्यवसायीक उपकरण कुशल र गुणस्तर हुनुपर्छ, जुन सजिलै चलनु । यस्ता विद्युतीय सामान नेपालमा उत्पादन हुने हो भने हामी संरक्षण दिन्छौं ।

संरक्षण दिन हामी सबै उपाय अपनाउने छौं । सरकारको आसय भनेको प्राविधि रुपमा जटिल छैन भने नेपालमा नै उत्पादन गर्नु भनेको हो । हाम्रा भाइभजिजाले मेहनत गरेर पठाएको पैसाले हामीले बिलासी सामान खरिद गरिरहन्छौं भने हामी गलत छौं । सामान्य सामानमा हामी आत्मनिर्भर हुनुपर्छ । हामी १ खर्ब ५० अर्बको उर्जा आायत गर्छौ । २० अर्बको विजुली आयात गर्छौ भने बाँकी पेट्रोल हो । अर्को वर्षबाट हामीले विद्युत आयात गर्नु पर्दैन ।

तामाकोशी आएपछि त्यो समस्या हुँदैन । बार्षिक २५ प्रतिशतको दरले पेट्रोलियम पदार्थको आयात बढने गरेको थियो । अहिले १० प्रतिशतले बढेको छ । यो पनि घटछ । उर्जामा आत्मनिर्भर भएपछि त्योसँग सम्बन्धित उद्योग स्थापना गर्न सरकार आग्रह गर्दछ र सहकार्य पनि सरकारले गर्ने छ । कस्ता बस्त उत्पादन गर्न सक्नुहुने छ र कस्ता चीजमा प्राविधिक सहयोग भने भने. त्यँहा जान सक्नु हुन्छ, केके चाँही आयात गर्ने हो योजना लिएर आउनु, हामी सहकार्य गर्न तयार छौं । सरकारको चाहना पनि आफ्नै उत्पादन होस भन्ने हो । हामीबाट कुनै कमजोरी भए हामी सच्याउन तयार छौं । एलपीजी अर्को वर्ष आधामा झार्नु छ । यो भनेको नयाँ उपकरणको खोजी हो । कतिपय उत्पादनमा हामीले उर्जा बढी होस् भनेर खोजी रहेका छौं । २० वर्षअघि ५० किलोवाट प्रतिघन्टा खपत हुनेमा अहिले २०० नाघेको छ ।

हामी विद्युत पखतलाई घटीमा १५०० किलोवाट खपत गर्ने योजनामा छौं । विद्युत खाना खाएजस्तो आएर उपभोग हुने हैन होला । घरायसी, औद्योगीक, व्यवसायीक, यातायातमा खपत नगरी प्रतिघन्टा १५/१६ सय किलोवाट पुर्याउन सकिँदैन । त्यसैले उत्पादन मुलुकमा नै गर्नु होला, तपाईहरुको भनिवश्य राम्रो छ । भन्सार दर घटने सम्भावना कम छ । लागत घटाउन के गर्नुपर्छ त, अन्तशुल्क घटाउनु पर्छ घटाउँ, उत्पादन गर्ने बस्तुमा कहाँ कहाँ भिएटीमा के गर्न सकिन्छ छलफल गरौ, कहाँ कहाँ सहुलियत चाहिन्छ छलफल गरांै ।

हामीले १५०० किलोवाट प्रति घन्टा खपत गररेर सबै आयात गर्ने भन्ने चाँही कदापी हैन । यसमा तपाईहरु र हाम्रो कुरा मिल्दैन । कुरा मिल्ने भनेको उत्पादनमा मात्रै हो । कारोबार मूल्यमा भन्सार लागोस भन्ने हाम्रो चाहना छ । आयात र निर्यात गर्नेलाई सबै ठाँउमा खुसी पार्न सकिँदैन ।

मुलुकमा १२÷१५ वटा चिनी उद्योग छन्, उत्पादन लागत बढी छ । पारीबाट ४० रुपैयाँमा आउँछ । त्यसो हुँदा कि त उद्योग बन्द गर भनेर डेढलाख परिवारलाई उखु घटाउ भन्नु पर्यो कि त यसको पनि सन्दर्भ राख्नु पर्यो । ३८०/९० डलर प्रतिटनको चिनीलाई ४६० रहेको छ । आयातकर्ता यो सन्दर्भ मूल्य भएन कारोबार मुल्य चाहियो भन्नुहुन्छ र उद्योगीहरु आएर यसले हामीलाई पुगेर भन्सार बढाउन भन्ने गरेको छ । सरकारलाई द्विविधामा रहेको छ । कारोबार मूल्यलाई स्थापित गर्दै जाने यो ठीक छ कि छैन भनेर हेर्न बैंकिङ प्रणालीबाट गर्ने, प्रतितपत्र बाट गरेको कारोबारमा हामीले त्यसको मूल्यलाई स्वीकार गर्न सक्छांै । बिलबजिकबाट यो कारोबार मूल्य हो भनेर हुँदैन यो सुधार गर्न आवश्यक छ ।

मालसामान ठीक रुपमा भनेको ठाँउमा पुगोस्, नहराओस्, असुरक्षा नहोस् भनेर भिसिटिएस लागेको हो । तपाईले भन्सार तिरेर ल्याउने र छिमेकीले भन्सार नतिरी ल्याएर धारे हात लाउने बाताबरण नहोस् भनेर यो काम सुरु भएको हो । यसमा डाटाराख्ने, इन्टरनेटको समस्या, साक्षरताको समस्या छ । हामीले बुझेका छौं । २६ हजार यसमा सहभागी छन् । हामी असोजसम्म सबै समाधान गर्ने छौं ।

तयारी भन्दा पार्टपुर्जामा भन्सार कम लाग्छ । एक तिहाई नै कम लाग्छ । न्यूरोडमा बसेर जोड्यो । अनि धुम्बाराही, बानेश्वर, चण्डोलेतिर सप्लाई भएको छ । भन्सारमा पार्ट पुर्जाको मात्रै रेकर्ड छ । हेर्दा पार्ट पुर्जा ब्यापारी तर तयारी सामान बेचिरहेको छ । गोदाम पसल, पसल गोदाम भनेर कति समय ढाँट्ने अब । तपाईहरुले बेच्ने सामान १३ प्रतिशत महंगो भएको छ, तपाईसँगै बेच्नेले सस्तोमा बेचेको छ । तपाईहरु मरी रहनु भएको छ ।

यहाँ पेन्सनको पनि कुरा आयो । यो कसले कसलाई दिने भन्ने हो । योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता भनेको पेन्सन हो । हामी अहिले सामाजिक सुरक्षाको कुरा गर्दै छौं । क्रमश अब पेन्सन भन्ने कुरा हटाउँदै जान्छ । अब सामाजिक सुरक्षामा सबै कुरा जोडिन्छ । स्वास्थ्य बीमा पनि जोडिन्छ । ७० वर्ष पुगेपछि हामीले ३ हजार रुपैयाँ दिन्छौं । बृद्ध भएपछि तपाईहरुले यो पाउनु हुन्छ ढुक्क हुनु । बुढेसकालमा स्वास्थ्य कमजोर हुन्छ त्यो बेला बीमाले काम गर्छ । त्यो बाताबरण सरकारले सहजै मिलाउने छ ।

कर राम्रोसँग तिर्नु, त्यो पैसाले राज्यको क्षमता बढ्छ । त्यो पैसा खेर जाँदैन तपाईंहरुको नै हो । त्यो पैसा अर्थमन्त्रीले लैजाँदैन । म पेन्सनर हो, म तलब खाँदिन । तपाईहरुले तिरेको कर, अर्थमन्त्रीलाई तिरेको होइन, मुलुकका लागि हो । अर्को पटक कर प्रणालीमा सुधार गर्दा व्यवसायमैत्री बनाउने छौं ।

(नेपाल विद्युतीय व्यवसायी महासंघको १०औं बार्षिकोत्सवमा दिएको मन्तव्य)


पुष्प दुलाल