तीन वर्षमा सेयर बजारबाट लगानीकर्ताले गुमाए ३ खर्बको सम्पति !



काठमाडौं । पछिल्लो तीन आर्थिक वर्षयता नेपालका सेयर बजारमा निकै उतार चढाव देखिएको छ । बजारमा देखिएको उतार चढावले बजार पुँजीकरणमा पनि निकै असर पारेको छ ।

यो अवधिमा बजारको विकास विस्तारमा निकै व्यवहारिक काम भएपनि नीतिगत काम हुन नसक्दा बजारको विकासमा अवरोध सृजना भएको जानकारहरुको भनाई छ । नेपाल राष्ट्र बैंंकले सार्वजनिक गरेको तीन आर्थिक वर्षको तथ्याङकले पनि त्यही नै देखाएको छ ।
बजारमा सूचिकृत सेयर, सूचिकृत कम्पनी थपिएपनि, बजार पुँजीकरण, कुल ग्राहस्थ उत्पादनमा बजारले पुर्याएको योगदान भने धेरै नै अन्तर देखिएको छ ।

आर्थिक वर्ष २०७३/०७४ को असार मसान्तमा बजार पुँजीकरण १८ खर्ब ५६ अर्ब ८२ करोड ९० लाख रुपैयाँ रहेको थियो । तर आव २०७४/०७५ को असार मसान्तसम्म आईपुग्दा बजार पुँजीकरण घटेर १४ खर्ब ३५ अर्ब १३ करोड ८० लाख रुपैयाँमा झरेको छ ।

यस्तै आव २०७५/०७६ मा को असार मसान्तसम्ममा आईपुग्दा भने बजार पुँजीकरण आव २०७४/०७५ को तुलनामा बढेर १५ खर्ब ६७ अर्ब ४९ करोड ९० लाख रुपैयाँ पुगेको छ । यसरी बजार पुँजीकरण घट्दा लगानीकर्तामा पनि त्रास सृजना भएको छ । दैनिक लगानीकर्ताको लगानी घटेकोमा सबै चिन्तित रहेका छन् ।

आव २०७३/०७४ को तुलनामा आव २०७४/०७५ मा आईपुग्दा बजार पुँजीकरण २२.७ प्रतिशतले घटेको थियो । यस्तै आव २०७४/०७५ को तुलनामा आव २०७५/०७६ असार मसान्तमा आईपुग्दा बजार पुँजीकरण ९.२ प्रतिशतले बढेको छ ।

सेयर बजारमा विगत तीन वर्षको तथ्याङकलाई हेर्दा जसरी बजार पुँजीकरणमा उचार चढाव भएको छ, त्यसैगरी नेप्से इन्डेक्समा पनि निकै उचार चणव देखिएको छ । आव २०७३/को असार समान्तमा नेप्से इन्डेक्स १५८२.७ बिन्दुमा रहेको थियो यो सममा बजार पुँजीकरण धेरै नै रहेको थियो । यस्तै आव २०७४/०७५ को असार मसान्तमा नेप्से सूचकसँगै बजार पसुँजीकरणमा पनि गिरावट आएको छ ।
यता आव २०७५/०७६ को सोहि अवधिका आईपुग्दा बजारमा सुधार देखिदाँ बजा पुँजीकरणमा पनि सुधार नै देखिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार आव २०७३/०७४ को असार मसान्तमा २०८ वटा सूचिकृत कम्पनी रहेका थिए । तर आव २०७४/०७५ मा आईपुग्दा यो क्रम घटेर १९६ मा झरेको छ भने आव २०७५/०७६ मा २१५ वटा सूचिकृत कम्पनी रहेका छन् । आव २०७३/०७४ को तुलनामा आव २०७४/०७५ मा सूचिकृत कम्पनी ५.८ प्रतिशतले घटेको थियो भने आव आव २०७४–०७५ को तुलनामा आव २०७५/०७६ मा ९.७ प्रतिशतले बढेको छ ।

यस्तै सेयर बजारमा सेयर सूचिकृत हुने क्रम पनि निरन्तर बढेको छ । आव २०७३/०७४ को असार मसान्तसम्ममा २ अर्ब ९६ करोड ५८ लाख ८४ हजार कित्ता सेयर सूचिकृत भएको थियो । यस्तै आव २०७४/०७५ मा ३ अर्ब ५९ करोड ८७ लाख ४५ हजार कित्ता सेयर सूचिकृत भएको छ भने आव २०७५/०७६ मा ४ अर्ब २० करोड ६६ लाख २ हजार कित्ता सेयर सूचिकृत भएको छ ।

आव २०७३/०७४ को असार मसान्तसम्ममा बजार पुँजीकरणको आधारमा कुलग्राहस्थ उत्पादनमा सेयर बजारको योगदान ६९.४ प्रतिशत रहेको थियो । आव २०७४/०७५ को असार मसान्तसम्ममा घटेर ४७.३ र आव २०७५/०७६ को असार मसान्तसम्ममा यो क्रम घटेर ४५.२ प्रतिशतमा झरेको छ ।


क्लिकमान्डु