दीर्घकालिन लगानी खोज्नेलाई प्रभु बैंक, यो पटक नगद होइन बोनसः यस्तो छ प्राविधिक विश्लेषण



प्रभु बैंक लिमिटेडले आव २०७५/ ७६ मा खुद नाफा ११२. ०५ प्रतिशतले वृद्धि गरि २ अर्व ३ करोड रुपैंया कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिमा ९६ करोड ७० लाख रुपैंया मात्र थियो ।

विभिन्न खराब कम्पनीलाई आफुमा मिसाएको बैैंकले खुद ब्याज आम्दानी तथा संचालन मुनाफा क्रमश ६२ प्रतिशत र ६४ प्रतिशतको वृद्धि, निक्षेप संकलन लागत र खराब कर्जा अनुपातलाई घटाएर कर्जा नोक्सानी व्यवस्थामा नगन्य रकम मात्र छुट्याउनु नाफाको प्रमुख कारण हो । चुक्ता पूँजी ८ प्रतिशतले बढेता पनि प्रतिशेयर आम्दानी ९२.२१ प्रतिशतले बढाउनु अर्को सबल पक्ष हो ।

बैंकले निक्षेप संकलन १५.५६ प्रतिशत तथा कर्जा प्रवाहमा १८.३९ प्रतिशतले बढाएको छ। गत आवमा ८ प्रतिशत बोनस वितरण गरेर ८ अर्ब ८९ करोड २६ लाख चुक्ता पूँजी कायम गरेको बैंकको प्रतिशेयर आम्दानीमा करिव शत प्रतिशत अर्थात् ११ रुपैयाँ ६० पैसा बढोत्तरी आएको छ ।

अघिल्लो आवमा १२ रुपैयाँ ५८ पैसा प्रतिशेयर आम्दानी रहेको बैंकको २४ रुपैयाँ १८ पैसा पुगेको छ । बैंकको खराब कर्जा अनुपात ३.९८ प्रतिशतबाट २.३१ प्रतिशतमा घटेको छ । त्यस्तै कर्जा निक्षेप अनुपात ७४.२५ प्रतिशत, पूँजीकोष अनुपात ११. ५१ प्रतिशत, कोषको लागत ६.१६ प्रतिशत, आधार ब्याजदर ९.३६ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ ।

बैंकको शेयरधनी कोष ८३ करोडबाट बढेर २ अर्ब ३० करोड पुगेको छ । जगेडा कोष अघिल्लो आवको तुलनामा १९ करोड रुपैंयाले घटेर भई ५ अर्व ६७ करोड रुपैंया रहेको छ । बैंकको लाभांश वितरणयोग्य मुनाफा २ अर्ब ३ करोड रुपैयाँ छ। गत वर्षको जगेडाकोष रकम वाहेक हालको वितरणयोग्य मुनाफाबाट बैंकले शेयरधनीलाई १८ देखी २० प्रतिशतसम्म लाभांश बाड्ने क्षमता छ । गत आवको तुलनामा ०.२८ प्रतिशतले पूँजीकोष घटेको छ । हालै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिद्वारा बासेल थ्री लागु गर्ने रणनीति अनुरुप पूँजी पर्याप्ततामा काउन्टर साईक्लिकल बफर २ प्रतिशत थप गर्नु पर्ने हुँदा प्रभु बैंकले नगद लाभांस भन्दा बोनश शेयर जारी गर्नु पर्ने अवस्था छ ।

फ्लोरसिट

प्राविधिक विश्लेषण


केहि सातादेखि नेप्से परिसूचक बियरिश मोमेन्टममा रहेको छ । नेप्से परिसूचक पछिल्लो न्युन ११०० र १३५० बिन्दुबाट करिव ६० प्रतिशतले सुधार भएको छ भने बैंकिङ समूहमा ४० प्रतिशतको मात्र सुधार आएको छ । यदपि बैंकिङ क्षेत्रमा लगानीकर्ताहरुको खरिदचाप अझ रहेको बैंकहरुको मार्केट गहिराहीमा देखिन्छ ।

बैंकिङ समूहको प्रभु बैंक पनि न्यून बिन्दु २०६ देखि ३०६ बाट ३८ प्रतिशतको मात्र करेक्सनसंगै २६३मा कारोवार भई रहेको छ । यस साता कारोवार बन्द हुँदा बैंकको मूल्य २०० दिनको मुभिङ्ग एभरेज माथि रहेको छ भने ५० दिने मुभिङ्ग एभरेज मूल्य सगसंगै हिडेको देखिन्छ । बुधवार फिबोनाची रिट्रेस्मेन्टको ३८ दशमलव २ प्रतिशत टेवालाई ब्रेक गरेको छ । साप्ताहिक औसत कारोबार रकममा आएको बृद्विले बजारमा लगानिकर्ताको सहभागिता बढिरहेको संकेत गरेको छ । हालको अवस्थामा नजिकको टेवा अङक तथा प्रतिरोध अङक क्रमशः २५५ तथा २८५ रहेको छ ।

मैनबती आकृति विश्लेषण

साप्ताहिक मैनबत्ती आकृतिले मुलत कम्पनीको खरिदकर्ता तथा विक्रीकर्ताको चापको देखाउछ । बिहिवार कारोवार बन्द हुदा बनेको मैनबत्ति आकृतिमा माथि पट्टि लामो स्याडो सहितको वियारिस मैनबत्ति बनेको छ । साताको सुरुमा लगानीकर्ताको खरिद तेजी देखिए पनि अन्त्यमा बिक्रिकर्ताको चाप हावी भएको देखिन्छ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई)

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ले अधिक खरीद (ओभरशोल्ड जोन) मूल्य वा अधिक बिक्रि (ओभरबट जोन) परिवर्तनहरूको परिमाण मापन गर्दछ। साताको अन्तिम दिन कारोवार बन्द हुँदा आर।एस।आई ४३ दशमलव ३७ बाट ३६ दशमलव २५ स्केल आएको छ जसले बिक्रि चाप बढेको संकेत गर्दछ ।आर।एस।आई रेखा ० देखि १०० स्केल भित्र मुभ हुने गर्छ । मुलत साइडवेज् रुपमा चलिरहेको बजारमा सेयर किनबेच गर्न बढी उपयोगी मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा दुई ओटा रेखा हुन्छन जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । यदि एम।ए।सी।डी। रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेतका रुपमा लिईन्छ र यसले शेयरहरु किन्ने संकेत गर्दछ भने यदि एम।ए।सी।डी। रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिईन्छ र यसले शेयरहरु बेच्ने संकेत गर्दछ । अगस्त महिनाको सुरुवातमा एमएसिडीले सिग्नल लाईनले वियारिश क्रस गएको थियो । यस साताको अन्तिम दिन सम्म यहि प्रक्रिया निरन्तर पाएर शुन्य लाईन भन्दा तल पुगेको छ । यसले पनि खरिद भन्दा बिक्रि चाप बढी रहेको देखिन्छ।

कमोडीटि च्यानल इन्डेस्क

गत हप्ता कारोवार बन्दसंगै कमोडीटि च्यानल इन्डेस्कले ऋणात्मक ५९ को स्केलबाट बढेर ऋणात्मक १०० को स्केलमा आएको देखाउछ । यसले बैङ्कको बिक्रि चापको संकेत गर्दछ। ।सिसिआई धनात्मक १०० तथा ऋणात्मक १००मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दा माथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

निस्कर्ष

प्राविधिक सूचकबाट हेर्दा खरिदचाप भन्दा विक्रीचाप भएकोले मूल्य घट्ने संकेत गर्दछ । प्रभु बैङ्कको लागि २५० देखि २५५ को वरपर बलियो टेवा तथा २८५मा अवरोध रहेको छ । प्रभु बैङ्कको चौथो त्रैमासको वित्तिय विवरण निकै राम्रो देखिएको छ । गत वर्ष पहिलो पटक ८ प्रतिशत बोनस लाभांस दिएको बैङ्कले यस वर्ष १५ देखि २० प्रतिसत लाभांश दिने क्षमता बनाएको छ । यी सबै तथ्यलाई हेर्दा दीर्घकालको लागि लगानी गर्ने कम्पनी देखिन्छ ।


क्लिकमान्डु