बैंकमै थन्कियो साढे ६ सय किलो सुन, मूल्य बढेपछि किन्ने मान्छे भेटिएनन्, बेच्नेको भीड



काठमाडौं । मूल्य आकाशिएपछि सुन बिक्री हुन छाडेको छ । पछिल्ला केही साता यता वाणिज्य बैंकहरुबाट सुन बिक्री हुन सकेको छैन । लगातार मूल्य बढेपछि बजारमा सुनको खपत घट्दा बैंकहरुले ल्याएको ६ सय ३६ केजी सुन बैंकमै थन्किएको छ ।

अहिले छापावाला सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँ किनबेच भइरहेको छ । उक्त मूल्य अनुसार १२ वटा वाणिज्य बैंकमा साढे २४ अर्ब रुपैयाँ बराबरको सुन थन्किएको हो ।

सुनचाँदी व्यवसायीहरुले सोझै सुन आयात गर्न सरकारले बन्देज लगाएको छ । राष्ट्र बैंकबाट अनुमति पाएका वाणिज्य बैंकहरु मार्फत व्यवसायीहरुले सुन खरिद गर्ने गरेका छन् ।

‘नयाँ सुन किन्न आउने ग्राहक त सुन ६५ हजार रुपैयाँ प्रतितोला हुँदादेखि नै घटेको हो,’ शाक्यले भने ‘अब त ७२ हजार नाघिसक्यो सक्यो, मुल्य बढे पछ खरिद गर्ने ग्राहक भन्दा पुरानै सुन बेच्न आउने ग्राहक बढी हुन्छ ।’

मूल्य बढेका कारण बैंकहरुले बजारमा सुन पठाउन नसक्दा बैंकहरुको लागत बढेको राष्ट्रका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । लागत बढे पनि बैंकहरुले बजार मुल्यभन्दा बढीमा व्यवसायीहरुलाई बेच्न नपाउने निरौलाले जानकारी दिए ।

नेपाली महिलाहरुको चाड तीज नजिकिरहेको छ । नयाँ गहना बनाउने महिलाहरुले तीजलाई नै पर्खिएर बसेका हुन्छन् । त्यसैले तीजअघि सुनको माग बढ्ने गर्छ ।

तर गत साउन १० गते ६५ हजार रुपैयाँ प्रतितोलामा खरिदबिक्री भएको सुनको मुल्य १ महिना नै ७ हजार रुपैयाँले बढेपछि सुनको खपत घटेको छ ।

पछिल्ला केही दिनयता बैंकमार्फत सुनको खरिदबिक्री ठप्प जस्तै भएको नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुगांनाले बताए ।

बजारमा सुनको माग घटेसँगै सुनचाँदी व्यवसायीहरु कच्चा सुन किन्न वाणिज्य बैंक जानै छोडेका छन् । पछिल्ला केही दिनयता बैंकमार्फत सुनको खरिदबिक्री ठप्प जस्तै भएको नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुगांनाले बताए ।

बजार पठाउनु पर्ने सुन बैंकमा नै थन्किएको कारणले लागत बढी पर्ने जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवँर बताउँछन् ।

हाल बैंक अफ काठमाडौं, सानिमा, माछापुच्छ्रे, सिटिजन्स, जनता, लक्ष्मी, नेपाल बंगलादेश, एनएमबी, नविल, प्राइम कर्मसियल, सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट बैंकले सुनको कारोबार गरिरहेका छन् ।

यी वाणिज्य बैंकहरुले प्रतिदिन १५ केजीसम्म सुन बेच्न पाउँछन् । राष्ट्र बैंकले विलासी वस्तुको आयतमा खर्च बढेको भन्दै २० केजीबाट सुनको कोटा घटाएर १५ केजी पुर्याएको थियो ।

अमेरीका, चीन, जर्मनी लगायतका विश्वका ठुला देशहरुमा व्यापारीक अस्थीरता र शेयर बजारमा भएको उत्तारचढाबका कारण लगानीकर्ताहरु त्यसबाट विमुख हुँदै सुनमा लगानी बढाएको कारणले पनि सुनको मुल्य आकासिएको हो ।

व्यवसायीहरु राष्ट्र बैंकले सुनको कोटा घटाएर माग अनुसारको आपुर्ति गर्न नसकेको भन्दै कोटा बढाउन माग गरिरहेका थिए । तर हाल भने बैंकबाट किनेर ल्याएको सुन नै बिक्री गर्न गाह्रो भएको व्यवसायीहरु बताउँछन् ।

गत बर्षको यसै अवधीमा ४० देखि ४५ केजीसम्म दैनिक सुन खपत हुने गरेकोमा अहिले दैनिक ५ देखि ७ केजीसम्म खपत हुन पनि गाह्रो भएको सुनचाँदी व्यवसायी महासंघका पुर्वअध्यक्ष मणिरत्न शाक्यले बताए ।

‘नयाँ सुन किन्न आउने ग्राहक त सुन ६५ हजार रुपैयाँ प्रतितोला हुँदादेखि नै घटेको हो,’ शाक्यले भने ‘अब त ७२ हजार नाघिसक्यो सक्यो, मुल्य बढे पछि खरिद गर्ने ग्राहक भन्दा पुरानै सुन बेच्न आउने ग्राहक बढी हुन्छ ।’

अमेरीका, चीन, जर्मनी लगायतका विश्वका ठुला देशहरुमा व्यापारीक अस्थीरता र शेयर बजारमा भएको उत्तारचढाबका कारण लगानीकर्ताहरु त्यसबाट विमुख हुँदै सुनमा लगानी बढाएको कारणले पनि सुनको मुल्य आकासिएको शाक्यको भनाई छ ।

आगामी दिनमा सुनको मुल्य अझै बढ्ने सम्भावना रहेको शाक्य बताउँछन् ।


पुष्प दुलाल