टाइटानिक बनाउने १५८ वर्ष पुरानो कम्पनी बन्द, ३५ हजार जना काम गर्दथे



एतिहासिक पानी जहाज टाइटानिक निर्माण गर्ने कम्पनी अब बन्द हुने अन्तिम क्षणमा पुगेको छ ।

लगातार घाटामा चलिरहेको १५८ वर्ष पुरानो कम्पनी हल्र्यान्ड एन्ठ वोल्फ सिपयार्ड कम्पनी अब बन्द हुने निश्चित भएको हो ।

यो कम्पनीमा १ सय वर्ष अगाडि ३५ हजार मानिस काम गर्दथे । सोमबार बन्द हुने अन्तिम समयमा कम्पनीमा जम्मा १२३ जना मात्रै काम गरिरहेका थिए ।

कम्पनीले सन् १९०९ देखि १९११ को बीचमा एतिहासिक टाइटानिक जहाज निर्माण गरेको थियो । जसलाई उत्तरी आयरल्याण्डको बेलफास्टमा ३१ मार्च १९११ मा लञ्च गरिएको थियो ।

कम्पनीले एतिहासिक टाइटाइनिक जहाजसँगै दोस्रो विश्वयुद्ध ताका १५० भन्दा बढी युद्धपोत बनाएको थियो ।

सन् १९४५ पछि कम्पनी जहाज निर्माणबाट पछि हट्दै गयो । अन्तिम समयमा कम्पनीले समुन्द्री इन्जिनियरिङ परियोजनाका लागि काम गरिरहेको थियो ।

सन् १९१२ मा टाइटानिक जहाज डुबेपछि कम्पनी चर्चामा आएको थियो ।

हल्र्यान्ड एन्ठ वोल्फ सिपयार्ड कम्पनीले सन् १९१२ को अप्रिल महिनामा उसले बनाएको विशाल पानी जहाज टाइटानिकको पहिलो यात्राका क्रममा आइसबर्गसँग ठोक्किँदा समुन्द्रमा विलिन भएको थियो ।

जसमा १५१७ जना मानिसको मृत्यु भएको थियो । टाइटानिक उक्त समयमा साउथेम्टन बन्दरगाहादेखि न्यूयोर्क जाँदै थियो ।

तत्कालिन समयमा डुबेको टाइटानिक जहाजको अवशेष सन् १९८५ सेप्टेम्बर १ मा पत्ता लागेको थियो ।

जसलाई अमेरिकी नौसेनाका पूर्व कमाण्डर तथा महासागर विज्ञानका प्रोफेसर रोवर्ट डुआने बलार्डले खोजी गरेका थिए ।

सुरुमा जहाजको अवस्था गोप्य राख्ने योजना बनाइएको थियो । किन भने त्यो स्थानलाई मृत्युको केन्द्र मान्न थालिएको थियो ।

टाइटानिक उक्त समयमा सबैभन्दा अनुभवी इन्जिनियरिहरुले डिजाइन गरेको जहाज थियो ।

जसमा तत्कालिन समयमा आधुनिक जहाज मानिन्थ्यो । जहाजमा वाफ निकाल्नका लागि ४ वटा स्मोकस्टेक्स लगाइएको थियो । जुन टाइटानिकको अभिन्न अंग समेत थियो ।

लाइफबोट कम हुँदा धेरैको ज्यान गयो ।

टाइटानिकमा २२२९ जना सवार थिए ।

जसमा लाइफबोटको क्षमता जम्मा ११७८ जनाका लागि मात्रै थियो ।

उक्त समयमा लाइफबोटको कुल क्षमता जहाजको टन भारमा निर्भर हुन्थ्यो ।

यात्री, चालक दलका सदस्यको संख्याका आधारमा थिएन ।

डुंगा बिना लाइफबोटमा आश्रित भएर मात्रै जीवित रहन असम्भव जस्तै थियो । एजेन्सी


क्लिकमान्डु