सिभिल बैंकका अध्यक्ष तामाङ भन्छन्- ८/१० वटा बैंकसँग मर्जरको दुईपक्षिय कुरा भइरहेको छ



आईएसओ सर्टिफिकेसन वास्तवमा कुनै पनि कर्पोरेट संस्थाको सम्पूर्ण व्यवस्थापनका विधिहरु, व्यवस्थापनका तौरतरिका, विश्वस्तरीय म्यानेजमेन्टका अवधारणाहरु सबैलाई समेटर योग्य भएपछि मात्रै यो सर्टिफिकेट पाइन्छ । यो धेरै सम्मानित छ । यसले बजारको गुडविललाई विश्लेषण गर्ने छ । सबैले देखाएको सदभावले नै हामीले यो सर्टिफिकेट पाएका हौं । यो हामी सबैको लागि हो ।

सिभिल बैंक बजारमा भएका कान्छो बैंकमध्ये दोस्रो कान्छो बैंक हो । धेरै कुरामा सुधार गर्न आवश्यक छ । त्यसका बाबजुद पनि यो सर्टिफिकेट पाउने हाम्रो पुस्ताको पहिलो र समग्रमा चौथो बैंक हो । अहिलेको समयमा सबैको चासोको विषय भनेको मर्जर रहेको छ ।

सरकारको आर्थिक विधेयकमा, बजेटमा बैंकको संख्या घटाउने बैंकहरु मर्जरमा जाने विषय आएको छ । यो समय सान्दर्भिक विषय हो । चाँडै नै मौद्रिक नीति आउँदै छ । त्यसुमा जे जस्ता व्यवस्था हुन्छन्, त्यसअनुसार मर्जरमा जानु पर्ने अवस्था सिर्जना हुनसक्छ । त्यसको लागि सिभिल बैंकले काम गरिरहेको पनि छ । र, यही सिलसिलामा आईएसओ २०००-२०१५ सर्टिफिकेट पाएका छौं ।

मर्जरको समयमा यो पाएपछि कम्तिमा विश्वसनिय, यसको व्यवस्थापन, यसको कार्यविधि सबैलाई अडिट गरेर यो योग्य छ भनेको भएर मर्जरमा जाँदा अलिकति भ्यालुएशन बढ्छ । सिभिल बैंकबाट लगानी गर्ने लगानीकर्ता, सेयर होल्डर सबै साथीहरु सबैको लागि खुसीको अवसर हो । कम्तिमा आईएसओले हामीलाई नेगोसेसनमा जाँदा हामी एक कदम अघि बढ्न सक्छौं । त्यसले हामीलाई फाइला हुन्छ ।

मर्जरको विषयमा हाम्रो ‘क’ वर्गकै बैंकहरुसँग छलफल भइरहेको छ । मर्जर गर्नु भनेको त्यति सजिलो कुरा होइन रहेछ । यसमा धेरै कुरा मिलाउनु पर्ने रहेछ । कुन बैंकमा कति रेन्जमा कति भ्यालुमा मर्ज गर्ने, स्वाप रेसियो कति राख्ने भन्नु भन्दा पनि एक बैंक र अर्को बैंकको काम गर्ने शैलीलाई समग्ररुपमा अघि बढाउँदा सकारात्मक प्रयोग होस भनेर नै हामी भन्दा राम्रो बैंकसँग मर्ज गरेपछि अहिले हामीले गरेको काम, हामीले दिएको प्रतिफल भन्दा राम्रो र धेरै आउनु पर्छ भन्ने नै हो ।

मर्जरमा गएपछि राम्रो परिणाम आउने बैंक खोज्नु पर्छ । त्यसले लगानीकर्ता, व्यवस्थापनलाई फाइदा हुने गरी मर्ज गर्छौ । मर्ज नै गर्न परेपछि हामी भन्दा अघिल्लो वा पहिलो पुस्ताका बैंकसँग मर्ज गर्न उत्साहित भएका छौं ।

त्यसपछि दोस्रो पुस्ता र हमी सँगैका बैंकसँग पनि कुरा भएको छ । केही बैंकसँग फाइनल भएको छैन । हाम्रो मर्जर कमिटि पनि छ । ८/१० वटा बैंकसँग मर्जरको विषयमा दुईपक्षिय कुरा अघि भइरहेको छ । चाँडै नै मर्जरको विषयमा निष्कर्षमा पुग्छौं ।

देशको अर्थ व्यवस्था र हाम्रो अर्थ बजार सानो भएकोले बजारमा सेयर मूल्यमा उथल पुथल हुनसक्छ । त्यसैले आज यो बैंकसँग नजिक छौं भन्न सक्ने अवस्था छैन । जो सँग मर्जर गर्छौं, हामी भन्दा राम्रो बैंकसँग मर्जरमा जान्छौं । यसको मतलब हामी नराम्रो भन्ने खोजेको होइन । हामी नराम्रो भएको भए आइएसओ सर्टिफिकेट पाउने नै थिएनौं । आइएसओ सर्टिफाइड भन्दा राम्रो बैंकसँग मर्ज हुन्छौं । हामी सबैको सोच आफूभन्दा मजबुत र राम्रो बैंकसँग मर्जरमा जाने हो ।

(सिभिल बैंकले आइएसओ सर्टिफिकेट प्राप्त गरेको जानकारी दिने उद्देश्यले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा तामाङले राखेको धारणा)


पुष्प दुलाल