पर्यटकबाट ७० अर्ब आम्दानी हुँदा खर्च र बसाइ अवधि भने घट्यो




काठमाडौं । नेपालमा आउने पर्यटकको संख्या बढे पनि प्रतिदिन खर्च र बसाईको औसत भने घटेको छ ।

‘नेपाल टुरिजम स्टाटिस्टिक–२०१८’ को तथ्यांक अनुसरा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल भित्रिएका थिए ।

यो सन् २०१७ को तुलनामा २५ प्रतिशतले बढी हो । जसमध्ये ५ वटा देशबाट आउने पर्यटकको संख्या ५० प्रतिशत छ ।

जसमध्ये भारतबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी १६.५७ प्रतिशत, चीनबाट आउने पर्यटकको संखया १३.१ प्रतिशत छ ।

त्यस्तै, अमेरिकाको ७.८३ प्रतिशत, श्रीलंकाको ५.९४ प्रतिशत र बेलायतबो ५.४१ प्रतिशत छ । सन् २०१७ मा ९ लाख ४० हजार २१८ पर्यटक नेपाल आएका थिए ।

पर्यटकको सख्यासँगै आम्दानीमा पनि वृद्धि भएको छ ।

२५ प्रतिशतले पर्यटकको संख्या बढ्दा १७ प्रतिशतले आम्दानी बढेको छ ।

‘नेपाल टुरिजम स्टाटिस्टिक–२०१८’ मा नेपाल राष्ट्र बैंकको रिपोर्टलाई आधारमा सन् २०१८ मा कुल ६९ अर्ब ७५ करोड ५ लाख ८४ हजार रुपैयाँ आम्दानी भएको छ ।

त्यस्तै, पर्यटकले गर्ने खर्चमा पनि १८ प्रतिशतले कमी आएको छ । सन् २०१७ मा एक जना पर्यटकले गर्ने खर्च प्रतिदिन औसत ५५ अमेरिकी डलर थियो भने सन् २०१८ मा प्रतिदिन औसत पर्यटकले ४४ अमेरिकी डलर मात्रै खर्च गरेका छन् ।

त्यस्तै, पर्यटकको बसाइ पनि चार वर्षयता निरन्तर ओरालो लागेको छ । सन् २०१८ मा पर्यटक बसाइ अवधी औसतमा १२.४ छ । तर यो औसत सन् २०१७ मा १२.६, सन् २०१६ मा १३.४ र सन् २०१५ मा १३.६ थियो ।

तीन वर्षे विकास योजना अन्तर्गत (२०१६–२०१८)मा सन् २०१८ मा पर्यटकको बसाइ अवधि औसतमा १४ दिन पुर्याउने लक्ष्य लिइएको थियो ।

सन् २०१८ मा ६० प्रतिशत पर्यटक बिदा मनाउन नेपाल आएका थिए । त्यस्तै, ट्रेकिङ र माउन्टेनियरिङका लागि १६ प्रतिशत, धार्मिक कामका लागि १४.४ प्रतिशत र अन्य प्रयोजनका लागि आउने पर्यटकको संख्या ९.६ प्रतिशत थियो ।

साहसिक पर्यटनका लागि प्रख्यात नेपालमा सन् २०१८ मा १ हजार ९१० टोली आएका थिए । जसमध्ये ८ हजार ६४१ जना थिए । आरोहणका लागि सबैभन्दा धेरै चीन, अमेरिका, भारत, जर्मनी र जापानबाट आएका थिए । जसमध्ये आरोहीहरु सगरमाथा, अमादब्लम र मनास्लु आरोहण गर्नेको संख्या सबैभन्दा धेरै थियो ।

नेपालमा हाल रहेका ४९ वटा विमानस्थलमध्ये ३५ वटा मात्रै सञ्चालनमा छन् । जसमध्ये ३१ वटा विमानस्थल सबै सिजनमा चल्छन भने ५ वटा विमानस्थल निर्माणधिन अवस्थामा छन् । त्यस्तै १४ वटामा भने सञ्चालनमा छैनन् ।

सन् २०१८ मा १ हजार २५४ वटा पर्यटक स्तरीय स्टार होलछ सञ्चालनमा छन् । जसमा ४० हजार ८५६ बेड क्षमता थियो ।

त्यस्तै, ट्राभल एजेन्सीरुको संख्या ३ हजार ५०८ पुगेको छ भने ट्रेकिङ एजेन्सीहरुको संख्या २ हजार ६४९ पुगेको छ ।


क्लिकमान्डु