अभौतिकृत सेयरको बीमा हुने, उत्पादन मुलक कम्पनीले आइपिओ जारी गरे कम ब्याजमा ऋण पाउने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले केन्द्रीय निक्षेप कम्पनीमा रहेका अभौतिकृत सेयरको बीमा गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि ७३ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक यस्तो जनाएको हो । बोर्डले अगामी आवको नीति तथा कार्यक्रममा केन्द्रीय निक्षेप कम्पनीमा अभौतिकृत रुपमा रहेका निश्चित सीमासम्मको सेयरहरुको बीमा गर्नका लागि सहजीकरण गर्ने उल्लेख छ ।

बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बजार सुधार तथा विकास,बजार सहभागीहरुको क्षमता अभिवृद्धि तथा कार्यक्षेत्र वृद्धि, बोर्डको संस्थागत तथा नियमन क्षमता अभिवृद्धि,कानूनी संरचनाको विकास, बजार सुपरिवेक्षण व्यवस्थामा सुधार र वित्तीय साक्षरता अभिवृद्धिलाई केन्द्रमा राखेको छ ।

नीति तथा कार्यक्रममा लगानीकर्ताको हितलाई ध्यानमा राखेर दुई वटा कम्पनीलाई मात्रै बस्तु विनिमय बजार सञ्चालनको लागि अनुमति दिने, हकप्रद सेयर निष्कासनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिने व्यवस्था रहेकोमा आगामी दिनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गरी शीघ्र कार्यान्वयनमा ल्याउने नीति लिएको छ ।

यस्तै टि प्लस थ्रि र कारोबार समयलाई नेप्से तथा बजार सहभागीको आधारमा घटाउँदै लगी धितोपत्रको दोस्रो बजारलाई सुदृढ बनाउँदै लैजाने, दोस्रो बजारमा सूचना प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन थप डिस्कोल्जरको व्यवस्था गर्ने नीति ल्याएको छ ।

बोर्डले ५० करोड वा सो भन्दा माथिका र १ अर्ब वा सो भन्दा बढीको पूँजी भएको उत्पादनम मुलक कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउन प्रोत्साहन गर्ने, सूचीकृत कम्पनीका संस्थापकहरुको लक इन पिरियडको लागि हाल रहेको व्यवस्थालाई बजारमा प्रतिकुल असर नपर्ने गरी सुधार गर्ने नीति ल्याएको छ ।

नेप्से र सिडिएससीमा सफ्टवेयर क्षमता अभिबृद्धिमा आवश्यक सहजिकरण गर्ने, ऋणपत्रको दोस्रो बजारलाई स्वचालित रुपमा शीर्ध सञ्चालन गर्न सहजिकरण गर्ने नीति ल्याएको छ ।

बोर्डले ल्याएको नीति तथा कार्यक्रममा सामूहिक लगानी योजनाको विकास विस्तार र प्रबद्र्धनका लागि सम्झौता बचत परिचालन गर्ने बीमा कम्पनीहरुको सहायक कम्पनीमार्फत सहभागी हुन सक्ने व्यवस्था गर्ने, नागरिक लगानी कोष लगायत विशेष ऐनद्वारा स्थापित यस्तै प्रकृतिका संस्थाहरुलाई सहायक कम्पनी स्थापना गरेर संस्थापक लगानीकर्ताहरुको रुपमा डिलर कारोबारको शुरुवात गराउन आवश्यक सहजीकरण गर्ने उल्लेख छ ।

यता कोषले भने डिलरको गर्ने वा नगर्ने भनेर पर्खर हेरको अवस्थामा रहेको जनाएको छ । उक्त नीति तथा कार्यक्रममा मार्जिन कारोबार सम्बन्धी कार्यविधि–पूर्वाधार तयार भएको भन्दै मार्जिन कारोबार शीघ्र शुरु गराउने व्यवस्था गर्ने उल्लेख छ । यस्तै बोर्डले फाइल ट्रयाकिङ सिस्टम पन शीर्घm कार्यान्वयनमा ल्याउने जनाएको छ । बोर्डको कार्यालयका लागि जग्गा तथा भवन लिने कार्य पनि अघि बढाउने भएको छ ।

आगामी आवमा बोर्डले मस्यौदा तयार भएर अन्तिम चरणमा रहेको भित्री कारोबार नियमावली परित गराएर कार्यान्वयनमा ल्याउने, बस्तु बिनिमय बजार सञ्चालन भएपछि वेयर हाउसको आवश्यकता र कानूनी व्यवस्थाको लागि आवश्यक अध्ययन गर्ने तथा कमोडिटी फ्यूचर्स बजार तथ्याङ् बैंकको पनि सुदृढ गर्दै जाने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।


क्लिकमान्डु