यसकारण कमजोर छ जलविद्युत् कम्पनीको रेटिङ



काठमाडौं । जलविद्युत् कम्पनीहरुले पछिल्लो दिनमा लगातार साधारण सेयर बिक्री गरिरहेका छन् । तर उनीहरुको आर्थिक अवस्था असाध्यै कमजोर रहेका कारण लगानीकर्ताले प्रतिफल पाउने अवस्था एकदमै कम रहेको पाइएको छ ।

अब कुरा गरौ इक्रा नेपालले हालै मात्र रेटिङ गरेको बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको । नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति नदिने बताएको छ । पछिल्लो समय जलविद्युत् क्षेत्रको नियमानका लागि विद्युत् नियमन आयोग समेत गठन भएको छ ।

आयोगमा कर्मचारीको अभाव छ । जसका कारण जलविद्युत् कम्पनीको समग्र वित्तीय अवस्थाको बारेमा समेत विश्लेषण गर्न सक्ने अवस्था रहेको छैन् ।

आयोगले हालै मात्र कार्यविधि बनाएर त्यसको स्वीकृति एवम् आवश्यक सुझावका लागि धितोपत्र बोर्डलाई पठाएको छ । आयोगमा कर्मचारी ने नभएपछि प्रक्रिया झन लम्बिने नै भयो । सोही सन्दर्भमा बुद्धभूमि हाइड्रो पावरले इक्राको रेटिङ मा ग्रेड चार प्लस पाएको छ । यो भनेको प्राथमिक सेयर बिक्रीका लागि योग्य सूचक हो । तर प्रतिमेगावाट लागत झण्डै २० करोड रुपैयाँ छ ।

सो कम्पनीले करिब ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सामान्यता ग्रेड चार प्राप्त गर्ने कम्पनीको वित्तीय अवस्था कमजोर नै छ भन्ने देखिन्छ । त्यस्ता कम्पनीबाट फाइदा हुन नसक्ने नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका जलविद्युत् कम्पनीको सेयरबाट नै हेर्न र देख्न सकिन्छ ।

दोस्रो बजारमा जलविद्युत् कम्पनीका सेयरको हालत खराब छ । धेरै जसो कम्पनीको दोस्रो बजारमा सेयर साधारण सेयरकै मूल्यमा पाइन्छ । साधारण सेयरमा कुनै समय आकर्षक मानिएका जलविद्युत् कम्पनीको सेयर बजार ओरालो लागेपछि झन खराब भएको छ ।

नुवाकोटमा आयोजना स्थल रहेको तल्लो तादी खोला जलविद्युत् आयोजना ४.९९ मेगावाट क्षमताको हो । यो नदी प्रवाहमा आधारित आयोजना हो । आयोजनाबाट उत्पादित विद्युत ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत त्रिशुली थ्री बी हव सवस्टेशनमा जोडिनेछ । आयोजनाको हाल ६० प्रतिशत काम सम्पन्न भएकाे छ ।

कम्पनीले निकट भविस्यमा नै साधारण सेयर बिक्री गर्ने तयारी समेत गरेको छ । कम्पनीले १२ कराेड रूपैयाँ बराबरकाे साधारण सेयर बिक्री गर्ने छ ।  कम्पनी स्थानीय ७९ जनाको सामूहिक लगानीमा स्थापना भएको हो । त्यसमा प्रमोद खडकाको १९ प्रतिशत, पूर्णलाल श्रेष्ठको ११ प्रतिशत, अनिलकुमार थापाको ७ प्रतिशत, बलराम खतिवडाको ७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै केही समय पहिले दोर्दी खोला जलविद्युत् कम्पनीले पनि इक्रामार्फत रेटिङ गरायो । सो कम्पनीले पनि ग्रेड ४ नै प्राप्त गरेको छ । लमजुङ जिल्लामा आयोजना स्थल रहेको सो आयोजनाको क्षमता १२ मेगावाट रहेको छ ।

सो आयोजनामा राधी विद्युत् कम्पनीको २७ प्रतिशत, जमजुङ इनर्वीको ४.८६ प्रतिशत र पशुपति शम्शेर जवराको १.३२ प्रतिशत शेयर छ भने अरुण गौतमको २.०६ प्रतिशत शेयर छ ।


क्लिकमान्डु