उद्योग मन्त्रालयको औकात अर्थमन्त्रालयको महाशाखाभन्दा बढी छैनः बिनोद चौधरीको बिचार



पछिल्ला वर्षमा सिमेन्ट कारखानामा ठूलो परिवर्तन आएको छ । सिमेन्ट उत्पादन बढेको छ तथा लगानी पनि बढेको छ ।

सिमेन्टका खानीसम्म बाटो र विजुली पुर्याएपछि उद्योगी पुगे । त्योभन्दा अगाडि ठूला कुरा नभएका होइनन् । पुँजी भनेको पानी बगेको जस्तो हो । वातावरण भएपछि पुँजी आफै पुग्छ ।

जसरी सिमेन्टमा उद्योगीहरु पुगे । अहिले जिडिपीमा उद्योगको हिस्सा घट्दो क्रममा रहेको छ । १० बाट साढे ५ प्रतिशतमा घटेको छ ।

उद्योग मन्त्रालयको आकार र औकात अर्थमन्त्रालयको महाशाखाभन्दा माथि उठ्नु पर्यो र हैसियत बनाउनुपर्यो । अहिलेसम्म उद्योगमन्त्रालय महाशाखाको हैसियतमा छ ।

पछिल्लो समय विशेष आर्थिक क्षेत्र खुले । त्यहा उद्यमी जादैनन् । गार्मेन्ट स्पेसल जोनको कुरा गर्नुहोस् या विशेष आर्थिक क्षेत्रको उद्योगी जान तयार छैनन् । भैरहवाको विशेष आर्थिक क्षेत्रमा समेत उद्योगी गएनन् । त्यहा उद्योग खोलेर अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने भएको भए मन्त्री ज्यूकोमा उद्योगीको लाइन लाग्ने थियो ।

वाणिज्यको कुरा गर्दा व्यापारघाटा सबैभन्दा बढी चुनौती हो । ९७ प्रतिशत आयात र ३ प्र्रतिशत निर्यात आएको छ । त्यसको लागि आयात घटाउने र निर्यात बढाउने काम गर्नुपर्छ ।

नेपाल जुन कुरामा प्रतिस्पर्धी हुनुसक्छ । फलफुल,जडिबुटी हामीले निर्यात गर्न सक्ने वस्तु हुन् । अन्तराष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रिएमा मात्र निर्यात बढ्ने हो ।
निर्यात सहुलियत दिएर निर्यात बढ्ने भए ५ वर्षमा निर्यात बढ्ने थियो । घट्ने थिएन ।

अन्तराष्ट्रिय बजार भारत र चीन जस्ता ठूला उद्योगसँग प्रतिस्पर्धा नेपाली उद्योगीले गर्नुपर्छ । राष्ट्रले सहयोग पुर्याएमा प्रतिस्पर्धी हुनसक्छ ।
अहिले आयल निगम पेट्रोलियम व्यापारमा मोनोपोली तोड्नुपर्छ । निजी क्षेत्रमा आपूर्तिलाई संलग्न बनाउने गरी विधेयक बने । कसको रुचीले काम गर्छ ।

प्रतिस्पर्धीलाई रोक्नु ठिक होइन । राज्यको निकाय भएपनि प्रतिस्पर्धा हुनुपर्यो । जनताले बढी पैसा तिर्न बाध्य लिन छन् । स्वस्थ प्रतिस्पर्धा हुन् ।

३९ वटा नियोगले गर्ने काम आर्थिक सम्बन्ध विस्तार नै हो । यहा राजदूत उच्च ठाउँमा भेट्छन हाम्राले सक्दैनन् । हरेक नियोगले आर्थिक विषयमा छलफल गर्नुपर्यो, लगानी बढाउने । ५०० भन्दा बढीको लगानीकर्ताको बाढी लाग्ने छ ।

विदेशी कुटनीतिज्ञले उद्यमी व्यवसायीको साथमा पुग्छन् । ब्रान्चको रुपमा काम गर्छन् । उद्यमी व्यवसायी भेटाउने सम्पूर्ण काम गर्छन् । राजस्वको माध्यमबाट उद्यमी व्यवसायीले सहयोग पुर्याएका हुन्छन् ।

नेपाली कांग्रेसका सांसद् तथा उद्योगी चौधरीले प्रतिनिधिसभामा दिएको मन्तव्य


क्लिकमान्डु