गभर्नर डा. नेपाललाई भेटेर अध्यक्ष पोखरेलले दिइन् १३ बुँदे सुझाव (बुँदासहित)



काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपाललाई विभिन्न १३ बुँदे सुझावपत्र पेश गरेकी छिन् ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७६–०७७ को लागि ल्याउन लागेको मौद्रिक नीतिका लागि अध्यक्ष पोखरेलले १३ बुँदे सुझाव दिएको जनाएकी छिन् । भेटमा गभर्नर डा.नेपालले उक्त मागलाई अध्ययन गरेर मौद्रिक नीतिमा समावेश गर्ने बताएको उनको भनाई छ । अध्यक्ष पोखरेलले गभर्नर डा.नेपाललाई उदृत गर्दै भनिन्, ‘यसअघि राष्ट्र बैंकले पुँजी बजारको हितमा धेरै काम गरेको छ, आगामी दिनमा पनि बजारको विकासको लागि के गर्नुपर्छ त्यसको लागि राष्ट्र बैंक तयार छ ।’

गभर्नरको भनाई पछि संघकी अध्यक्ष पोखरेलले डा. नेपाललाई विभिन्न १३ बुँदे सुझाव पत्र पेश गरेको बताइन । उक्त सुझाव यस्ता छन्ः

१) सेयर धितो कर्जामा लगाइएको चर्को बैंक ब्याज घटाईनु पर्छ ।
२) सेयर धितो कर्जाको सीमा ६५ प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्याउनु पर्छ ।

३) सबै लगानीकर्ताको हातमा सर्बसुलभ तरिकाले अनलाइन टे«डिङ सिस्टम पुर्याउनु पर्छ ।

४) आरडब्लुएसलाई व्यापक बनाईनु पर्छ ।

५) सेयर शिक्षा तथा तालिम जस्ता कार्यक्रमहरु देशब्यापी बनाउनेतर्फ ध्यान दिइनुपर्छ ।

६) बजेटमार्फत गैरआवासिय नेपालीलाई पूँजी बजारमा लगानी गर्ने दायरा फराकिलो बनाइन्छ भनिएको छ, त्यसलाई यथाशक्य छिटो कार्यान्वायनमा ल्याईनु पर्छ ।

७) सेयर बजारमा महिला सहभागिता बढाउन घर जग्गा कारोबारमा जसरी छुट दिने व्यबस्था गरिएको छ । त्यसैगरि सेयर कारोबारमा पनि महिलालाई छुट दिने व्यबस्था गर्नु पर्छ ।

८) पूँजीबजारमा अधिक सप्लाई रोेक्ने संयन्त्र भएन, त्यसैले बजामा रहेका ठूला–ठूला कोषहरुलाई बजार निर्माताको रुपमा भित्र्याउने व्यबस्था गर्नु पर्छ ।

९) समयमा बार्षिक साधारण सभा नगर्ने कम्पनीका संचालकहरुलाई ऐन नै संसोधन गरी कडा जरिवानाको ब्यवस्था गर्नुपर्छ ।

१०) बैंकहरूले लगानीयोग्य पूँजीको कृत्रिम भुत देखाई समय समयमा सेयर बजारमा चलखेल गर्ने वातावरणको अन्त्य गर्नुपर्छ ।

११) बैंकहरुमा रहेको तरलताको कारण बजारमा नकारात्मक असर परेको छ । त्यसैले मौद्रिक नीतिमार्फत बैंकहरुको सीसीडी रेसियो केही समयलाई भने पनि ८५ प्रतिशत गर्नुपर्छ ।

१२) लगानीकर्ताहरुको अर्को टाउको दुखाइको बिषय मार्जिन कलको त्रास पनि हो । केही हदसम्म गत बर्षको मौद्रिक नीति मार्फत सम्बोधन गरिएको थियो । यसलाई थप वृद्धि गरी मार्जिन कलको त्रास मूक्त लगानीकर्ता बनाउनु पर्छ । ।

१३) जसरी बैंकहरुमा बिग मर्जरको होड चलाईएको छ त्यसैगरी लाईसेन्स बितरण गरिएका लघुवित्तलाई समेत बिग मर्जरमा जान प्रोत्साहित गरिनुपर्छ । नयाँ लाईसेन्स वितरण रोक्नै पर्छ ।


क्लिकमान्डु