अर्थमन्त्रीको बम्पर प्याकेजको प्रभाव सेयर बजारमा देखिएन, ब्रोक्रर कमिसन बढी भयो



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेटले सेयर बजारमा उछाल आउने लगानीकर्ताले प्रतिक्रिया दिए पनि त्यसयता भने सेयर बजार ३८ अंक भन्दा बढिले घटेको छ ।
बजेटले सेयर बजारका लागि बम्पर उपहार दिए पनि त्यसको प्रभाव भने सेयर बजारमा देखिएको छैन् ।

यसरी बजारमा ठूलो अंकले गिरावट आउनुमा ब्रोकर कमिशन भएको र बजारमा तरलता समेत अभाव भएको लगानीकर्ताको बुझाइ छ ।

सेयर बजार विश्लेषक निरव पुडासैनी भन्छन, ‘अहिले बजारमा गिरावट देखिनुको बजारमा पैसा नभएर नै हो, अहिले बजारमा पैसा छैन, तरलता अभाव कायम नै छ । तरलता अभाव कायम रहेसम्म सेयर बजारमा सुधार आँउदैन ।’

सरकारले गरेको खर्च रिलिज गर्ने समय हुँदा समेत तरलता अभाव हुनु राम्रो संकेत नभएको उनको भनाइ छ । आर्थिक वर्ष सकिन लाग्दा सरकारी पैसा बाहिर आउनु पर्नेमा अझै पनि बैंकहरुले ब्याजदरको सूचना जारी गर्नुले नेपालमा तरलताको अवस्था कस्तो रहेको छ भनेर थाहा पाउन समस्या नपर्ने उनको तर्क छ ।

उनले भने ‘अहिले बजार बढ्न नसक्नुमा लगानीयोग्य रकम नै नभएर हो, योभन्दा अन्य कारण भए ती गौण हुन ।’

त्यस्तै बजेटमा आएको पुँजीगत लाभकर पनि अन्तिम हो वा होइन भन्ने विषय पनि अहिलेसम्म यकिन भइसकेको छैन् । यसले पनि अन्योलता देखिएको उनले बताए ।

ब्रोकर कमिशनलाई मात्रै कारण मान्न नसकिए पनि ब्रोकर कमिशन धेरै नै महंगो भएको उनको भनाइ छ ।

पुडासैनीको तर्कमा सहमति जनाउँदै अर्का लगानीकर्ता भन्छन, ‘अहिले सेयर बजारले गति लिन नसकेको तरलता अभाव र चर्को ब्रोकर कमिशन नै हो ।’

अधिकांश बैंकमा सेयर धितो राखेर ऋण लिनेहरुको फाइल चाङ लागेको छ । तर बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएकाले ऋण दिन सक्ने अवस्थामा कमै बैंकहरु रहेको ती लगानीकर्ताको भनाइ छ । उनी भन्छन, ‘अहिले बैंकहरु सेयर धितो राखेर ऋण दिन पनि तयार छन तर, ऋण दिनको लागि पैसा छैन ।’

अहिले बजार प्राविधिक विश्लेषण गर्नेहरुको कारण पनि घटेको उनको बुझाइ छ । ती लगानीकर्ता भन्छन, ‘प्राविधिक विश्लेषहरुले १२६० मा आएर बजार ब्याक हुन्छ भनी रहेको छन्, त्यसले गर्दा पनि बजारमा केही न केही असर परेको छ, कतिपय लगानीकर्ताहरु साँच्चै बजार १२६० मा आउने हो की भनेर पनि बसेको होलान भन्न सकिन्न । यसले बजारमा असर गरेको छ ।’

अहिले ब्रोकर कमिसन बढी भएकाले यो कमिशन दर घटाउनु पर्ने पक्षमा लगानीकर्ता देखिएका छन् ।
अर्का एक लगानीकर्ता भन्छन, ‘अहिले कमिशन धेरै नै छ, यसले पनि बजार घटनलाई साथ दिएको छ, चाँडै नै यो दर घट्छ की भन्नेमा आशावादी छौं ।’

यता स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाट भने कमिशन बढी नभएको दाबी गर्छन् । रानाभाट कमिशन बढी भएर बजार घट्यो भन्ने पक्षमा छैनन् । बरु दक्षिण एसियाको तुलनामा नेपालमा कमसिन सबैभन्दा कम भएको उनको बुझाइ छ ।

अहिले ब्रोकर कमिशन बढी भयो भनेर चर्चा गर्नुभन्दा पनि यो कमिशन ठीक हो की होइन भनेर अध्ययन गर्न आवश्यक रहेको उनको तर्क छ ।

अहिले नेप्सेलाई कमिशनको २० प्रतिशत, धितोपत्र बोर्डलाई तिर्ने कमिशन सबै एकै ठाँउमा भएकोले बढी देखिएको उनको भनाइ छ ।

उनी भन्छन, ‘नेपालमा सबै कमिशन एकै ठाँउबाट तिर्दा बढी देखिएको हो अन्य देशमा फरक फरक रुपमा तिर्दा कम भएको मात्रै हो, दक्षिण एसियाका देशहरुमा हेर्दा सबैभन्दा संस्तो नेपालमा नै होला ।’
लगानीकर्ताहरुले कमिशन बढी भएर बजार घटेको भन्नुमा कुनै तुक नरहेको उनको भनाइ छ ।


क्लिकमान्डु