किन विगत सम्झिन्छन् अर्थमन्त्री खतिवडा ?



काठमाडौं । समान्यतया विगतमा सकारात्मक वा नकारात्मक परिघटनाबाट शिक्षा लिएर अगाडि बढ्ने प्रयास गरिन्छ । राजनीतिमा पनि आगतको विषयलाई नै बढ्दा ध्यान दिइन्छ ।

विगतमा भएका घटनाक्रमलाई शिक्षाको रुपमा ग्रहण गर्ने गरिन्छ । आगतलाई नै राम्रो बनाउने प्रयास गरिन्छ । विगतका घटनालाई शिक्षा लिने र अझ राम्रो गर्ने प्रयास गरिन्छ । यो सामान्य व्यवहार र जीवन पद्दती हो ।

तर अर्थमन्त्री डा युवराज खतिवडाले विगतका विषयलायृ ने बढ्ता जोड दिएका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा उनले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा दिएको अभिव्यक्ति आगतको भन्दा पनि विगतका घटनालाई बढ्दा जोड दिइएका छन् ।

अर्थमन्त्रीले विशेष गरी २०५१ सालको बजेटका केही विषयलाई आफ्नो सम्बोधनको क्रममा जोड दिएका थिए । उनले वृद्धभक्ताको प्रसंग जोड्दै २०५१ सालको तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको प्रसंगथ जोडेका थिए । उनले १०० रुपैयाबाट सुरु भएको जेष्ठ नागरिक भक्ता सुरु गर्ने समयमा नै भक्ता पाउने उमेर ६५ वर्ष हुनुपर्छ भनेर नेपाली काँग्रेसले किन नभनेको भन्दै प्रश्न गरेका थिए ।

उनले हाल नेपालीमको औसत आयत ७० वर्ष माथि पुगेको भन्दै तत्कालीन समयमा नेपालीको आयत ६५ वर्षको सेरोफेरोमा रहेको बताएका थिए । नेपालीको औसत आयत ६५ वर्षको आपसास रहँदा सो विषयलाई ध्यान नदिइएको र अहिले आएर नेपालीको औसत आयु वृद्धि भएको सन्दर्भमा पुनः सोही विषयलाई उठाउनु तर्क संगत नभएको बताएका थिए ।

उनले पटक पटक २०५१ सालको सन्दर्भलाई जोडेका थिए । नेपाली काँग्रेसले वृद्धभक्ता पाउने उमेर ६५ वर्षमा झार्न माग गर्दै आएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत जेष्ठ नागरिकलाई थप १००० हजार भक्ता उपलब्ध गराउने गरी कूल ३००० पुर्याएको छ ।

प्रतिनिधिसभाको निर्वाचन अगाडि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभक्ता पाउने उमेर ६५ वर्ष कायम गरी मन्त्रिपरिषदबाट निर्णय गराएका थिए । सोही निर्णयका आधारमा काँग्रेसका सांसदले ६५ वर्षको दलिल पेश गर्दै आएका छन् ।

अर्थमन्त्रीले सोही सन्दर्भलाई जोड्दै औसत आयु र २०५१ सालको बजेटको प्रसंग जोड्ने गरेका हुन् ।

यस्तै उनले अल्पसंख्यक समुदायलाई पनि २०५१ सालपछि बजेटमा सम्बोधन गरिएको बताएका थिए । तर नेपाली काँग्रेसका सांसदहरुले भने आफ्नो नेतृत्वको सरकारले विगतमा नै अल्पसंख्यक समुदायलाई सम्बोधन गरेको भन्दै अर्थमन्त्रीको उक्त भनाइको खण्डन गरेका थिए ।

विगतका राम्रा कुरा सिक्ने नाममा आगत र विगतको तुलना प्रचुर मात्रामा गरिएको छ । यसले अर्थमन्त्रीलाई आफ्नै बजेटप्रति विश्वास छैन कि भन्ने आशंका रहेको प्रतिपक्षी कांग्रेसले टिप्पणी गरेको छ ।


पुष्प दुलाल