प्रधानमन्त्री भएपछि रेल ल्याउन ओलीले के-के गरे ? यस्तो छ कार्यप्रगति
काठमाडौं । रेल र पानीजहाज प्रधानमन्त्री केपी शर्मा ओलीको उच्च प्राथमिकता परेको राष्ट्रिय गौरवका आयोजना हुन् । उनको नेतृत्वमा सरकार गठन भएसँगै यसले अझ बढी चर्चा पायो ।
त्यसो त निर्वाचनमा जानु अगाडि नै ओलीले पानी जहाज र रेललाई चुनावी भाषणको विषय बनाएका थिए । अहिले पनि प्रधानमन्त्री ओली र नेकपाका समर्थकहरु जसरी पनि रेल आउनेमा ढुक्क छन् ।
यतिसम्म कि तत्कालिन एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित हुनु अगाडि विद्यासुन्दर शाक्यले २ वर्षमा मोनोरेल र ५ वर्षमा मेट्रोरेल काठमाडौंमा कुदाएरै छाड्ने घोषणा नै गरेका थिए ।
नेताहरुको यो रेलको मोह पदमा पुगिसकेपछि कहाँसम्म पुगेको छ त ?
अर्थमन्त्रालले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा काठमाडौंमा ३ वटा रुटका लागि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढाइएको छ । जसमा मेट्रोरेल कुदाउनका लागि सातदोबाटो-रत्नपार्क-नारायणगोपाक चोक खण्ड १२ किमिको विस्तुत अध्ययन प्रतिवेदन तथा खोकना-सातदोबाटो र नारायणगोपाल चोक-बुढानिलकण्ठको १० किमि को सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढेको छ ।
त्यस्तै, चीनबाट रेल ल्याउने उद्घोष गरेका प्रमले अहिलेसम्म केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन कार्य चीन सरकारको सहयोगमा सम्पन्न भइसकेको उल्लखे छ ।
अहिले प्रतिवेदनमा विस्तृत अध्ययन कार्यको प्रक्रिया अगाडि बढाइएको छ । भने वीरगञ्ज र काठमाडौं जोड्नका लागि भारत सरकारको सहयोगमा रेलमार्गको सम्भाव्यताको अध्ययन कार्य सुरु भएको छ ।
त्यसबाहेक मेची–महाकाली विद्युतीय रेलमार्ग ९४५ (लिंक सहित १०५६) किमि)को विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न भएको छ ।
जसअन्तर्गत बर्दिवास–निजगढ (७० किमि), रेलमार्ग बर्दिबास-लालबन्दी खण्डको ३० किमि क्षेत्रको ट्रयाक बेडमध्ये २५.६ किमि र जोगबनी-बिराटनगर (१६ किमि) रेलमार्ग निर्माण सम्पन्न भएको छ । जयनगर-कुर्था (३५ किमि) तथा कुर्था-विजलपुरा (१७ किमि) को ट्रयाक बेडको निर्माण कार्य सम्पन्न भएको छ ।