अस्ट्रेलियाका अर्बपति फरेष्टले भन्छन्- सम्पत्तिले दुःखी बनाउँछ, परोपकारमा जुटौं



काठमाडौं । धनसम्पत्ति सबै कुरा हो, सम्पत्ति भएपछि सबै कुरा आफ्नै वरिपरि घुम्छ, सबै आफ्नो बहसमा राख्न सकिन्छ भन्ने सोच मौलाउँदै गएको छ ।

त्यहीँ धनसम्पत्ति जो्डन मानिसले मिहेनतदेखि अपराध गर्न समेत पछि पर्दैन । धन सम्पत्तिकै लागि अपत्यारिला घटना घटेको तपार्इं हामीले सुनेका, देखेका भोगेका छौं ।

धन ठूलो कि मन ठूलो भन्ने बहस संसारभरी नै छ । कतिपयले धनलाई ठूलो मान्छन् भने कतिपयले मनलाई ।

तर, पछिल्लो समयमा धनाड्यहरु पनि मनकारी हुन थालेका छन् ।

नेपालकै एउटा उदाहारण लिऔं । केही दिनअघि मात्रै नेपालका नबधनाड्य चन्द्र ढकालले पनि झन्डै ६ करोड रुपैयाँ खर्च गरेर आफूले पढेको स्कुलको भवन बनाएर समूदायलाई हस्तान्तरण गरे ।

मनकारी धनाड्यहरु संसारमै बढ्न थालेका छन् ।

सम्पत्ति सबै कुराको समाधान होइन भन्ने कुरा अस्ट्रेलियाका सर्वाधिक धनी एन्ड्रीउ फरेष्टले प्रमाणित गरेका छन् ।

सन् २०१८ मा अस्ट्रेलियाका सबैभन्दा धनी ब्यक्ति एन्ड्रीउ फरेस्टको नेटवर्थ १२.७ मिलियन डलर पुगेको थियो । अहिले उनको नेटवर्थ ७.५ विलियन डलर भएको आँकलन गरिएको छ । उनको सम्पत्तिले आगामी कैयौं पुस्तालाई सुतेर खान पुग्छ ।

तर यति धेरै सम्पत्ति उनका सन्तानले नपाउने भएका छन् । फरेष्टले आफ्ना ३ जना बच्चाहरुलाई आफ्नो सबै सम्पत्ति परोपकारी काममा खर्च गर्न लागेकोले उनीहरुले नपाउने जानकारी गराइसकेका छन् ।

उनले आफ्नो सम्पत्ति विभिन्न सामाजिक काममा खर्च गर्ने सोच बनाएका छन् । यतिधेरै सम्पत्ति सामाजिक काममा खर्च गरेर सक्ने सोच देखाउँदा उनका सन्तानले के सोचेका होलान् ? यो एक चासोको विषय हो ।

तर अचम्म उनका दुई छोरी र एक छोराले आफ्ना बाबुआमाको यो सोचलाई पुर्णसमर्थन गरेका छन् ।

अचम्मको कुरा त जीवनभर धन कमाउन लागि परेका उनले सम्पत्तिले मानिसलाई दुःखी बनाउने बताएका छन् । उनले भनेका छन्– सम्पत्ति कमाउनु सन्तुष्टिको विषय कदापि होइन रहेछ । मानिसको सफलता पैसामा जोडिदैन । सफलता र सन्तुष्टि त आफुले अरुका लागि के गरियो, त्यसले निर्धारण गर्दछ । जुन काम र सफलताले भित्री मनलाई आनन्द प्रदान गर्छ, त्यो नै धनसम्पत्ती हो ।

केहि वर्षभित्रमा विश्वका अर्वपतिहरु एसियामा केन्द्रित हुने उनले बताएका छन् । उनले विश्वका अर्वपतिहरुलाई एकिकृत भई सामाजिक काममा लाग्न समेत अपिल गरेका छन् ।

अस्ट्रेलियामा परोपकारीपन नभएको र यसलाई पुन दोहोर्याउन नहुने उनको धारणा छ । हामी थाइल्याण्ड, इन्डिोन्एिसिया, चीन वा अस्ट्रेलिया जहाँका भएपनि हामी एसियाली हौ । हाम्रो द्येय सम्पत्तिमा मात्र नभई परोपकारी काममा हुँदा मन सन्तुष्ट हुन्छ । फोर्ब्स म्यागेजिनको सहयोगमा


क्लिकमान्डु