भरतपुरका ८४ व्यापारीलाई कर तिर्न आउन आन्तरिक राजश्वले निकाल्यो यस्तो सूचना



काठमाडौं । आन्तरिक राजश्व विभागको सूचना दैनिक जसो प्रकाशित हुने गरेको छ । दैनिक प्रकाशित हुने त्यस्ता सूचनाको एक मात्र मक्सद भनेको आयकर र मूल्य अभिवृद्धि कर उठाउनु नै रहेको छ ।

आज पनि एक पत्रिकामा आन्तरिक राजश्व कार्यालय भरतपुरले ८२ व्यवसायीलाई कर तिनृ आउन ताकेता गरेको छ । पटक पटक फोन सम्पर्क गरेको, पत्राचार गरेको र कर तिर्न आउन समेत ताकेता गरेको भएपनि व्यवसायीले अटेर गरेको सूचनामा उल्लेख छ ।

कार्यालयले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बाँकी बक्यौता कर तिर्न आउन सूचना जारी गरेको छ । सो अवधिमा कर तिर्न नआएको खण्डमा त्यस्ता फर्म वा व्यापारीको चल अचल सम्पत्तिबाट कर उठाउने सूचनामा उल्लेख छ ।

जेभीको नाममा रहेका व्यापारीक फर्म वा संस्थालाई पनि तोकिएको समयमा कर तिर्न नआएको खण्डमा व्यक्तिगत तवरले चल अचल सम्पत्तिबाट कर उठाउने योजना समेत रहेको आज प्रकाशित सूचनामा उल्लेख छ । फर्मको कारोवार रोक्का गर्ने, र बाँकी बक्यौता बमोजिम कर असुल गर्ने आन्तरिक राजश्वको सूचनामा उल्लेख छ ।


पुष्प दुलाल