बैंक र बीमाले प्याकेजमा डिल गर्न बन्द गर्नुपर्योः अर्थमन्त्री खतिवडाको बिचार



अहिले समग्र अर्थतन्त्र नै उत्साहप्रद रहेको बेलामा बीमा उत्साहप्रद देखिनु स्वभाविकै हो । हामी यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि गर्दैछौं । अर्को वर्ष दुई अंकको आर्थिक वृद्धिको द्येय रहेको छ । त्यसमा बैंकिङ लगायत वित्तीय क्षेत्रले योगदान पुर्याउने छ । उच्च आर्थिक वृद्धिको पछाडी धेरै कुरा गर्नुेपर्ने हुन्छ । त्यो भनेको हाम्रो राष्ट्रिय बचतलाई अभिबृद्धि गर्नुपर्ने हुन्छ । बीमाको प्रिमियममाफर्त संकलन हुने बचत भनेको ठूलो कुरा हो । अहिले नेपालको इतिहासमा सर्वाधिक ग्राहस्थ बचत भएको छ ।

नेपालीहरुको बचन गर्ने क्षमता बढेकोमा सबै नेपालीलाई बधाई छ । बचतलाई हामीले उत्पादन मुलक काममा लगानीमाएर त्यसको उत्पादकत्व बढाएर उच्च आर्थिक बृद्धिमा जानु छ । त्यस क्रममा बैंकिङ, बीमा लगायत सम्पूर्ण बचत परिचालन गर्नो क्षेत्रको भूमिका रहेछ । पछिल्लो समयमा बीमामा भएको बैंकिङमा भएको प्रगति उत्साहप्रद रहेको छ ।

उत्पादन क्षेत्रको विकास नभई आर्थिक गतिविधि एकोहोरो अघि बढ्न सक्दैन । त्यसो हुनाले हाम्रो साधन स्रोतलाई वित्तीय क्षेत्रमा लगाउनुको अतिरिक्त उत्पादनमा लगाइएन भने हामीले आर्थिक गथरेको उपलब्धी दिगो हुँदैन ।

बीमा कम्पनीको विस्तार भएको छ । कम्पनीको विस्तार सँगै मर्जरको कुरा पनि आएको छ । हामीले संख्यात्मक विस्तार गरिरहँदा भोली मर्जरमा जानु पर्न अवस्था नआओस् ।

मुलुकको वित्तीय बजारमा संख्यात्मक विकास हैन, गुणात्मक विस्तार गर्दै भएका संस्थाहरुको क्षमता विस्तार र दायरा, सेवा विस्तार आवश्यक छ । । संख्यात्मक विकासले कहीँ पनि पुगिँदैन भन्ने त हामीले बैंकिङ क्षेत्रको संख्याले नै देखिसकेको छ । बैंकङ क्षेत्रको संख्या धेरै भएको समयमा भन्दा अहिले मर्ज भएपछि छिटो गतिलिँदै गुणात्मक फड्को मारेको छ । यो अब बीमामा पनि लागुहुन्छ । ढिलै भएपनि अब बीमा समितिले यो पहल सुरु गर्नुपर्छ । बैंकिङ क्षेत्रमा सुदृढ प्रणाली सुरुहुन थालेजस्तै बीमा क्षेत्रमा पनि होस ।

कतिपय नयाँ संस्था आउँदा सुरुमा कतिपय ग्रिनफिल्डको रुपमा हुन्छ । ग्रिनफिल्ड कहिलेकाहीँ हरियो घाँस नै हुन्छ, कहिलेकाँही आजकालको कृतिम दुबो हुन्छ । केही त्यस्तै हुने गरेको हुन्छ । कोही दुबो देखेर झुक्किएर आउनु भएको छ भने त्यसलाई छिटै बिचार प्र्याउनु होला । भोलि गएर समस्यामा नपरोस् ।

बीमाको संख्यात्मक र सेवा दायरा बिस्तार हुँदा नियमनकारी निकाय बलियो हुनुपर्दछ । त्यसको लागि कानून पनि बलियो चाहिन्छ । बीमा क्षेत्र निकै जटिल बन्दै गएको छ । बीमाको ज्ञान त मसँग छैन । मैले यो विषयमा खासै बुझ्दिन । बीमा बारे चेतना, ज्ञान कसरी दिने ? अरु देशका मानिस आएर बीमा सहभागी बन्नु भनिरहँदा हामीले हाम्रो बीमा व्यवसायलाई कसरी विस्तार गर्ने, अरुको बीमा गर्ने, आफै जोखिममा पर्ने गर्नुहुँदैन ।

अरुको बीमा गर्दा जोखिम व्यवस्थापन गर्दा आफ्नो जोखिम हेर्नुपर्छ । यो जोखिम दुई प्रकारको छ, पहिलो भनेको आन्तरिक यो भनेको आफ्नै व्यवस्थापकीय कमजोरी, आफैले रिक्सको व्यवस्थापन गर्न नजानेको वा नलिनुपर्ने रिक्स लिने हुन्छ भने अर्को भनेको सिस्टमेटिक रिक्स हो । यो सिस्टमेटिक नै हुन्छ । त्यो सिस्टमेटिक रिक्सको विषयमाा बीमा समितिले हेर्नुपर्छ ।

बीमाको दायरामा मात्र हैन बैकिङको दायरा पनि हेर्नुपर्छ । धेरै बीमा कम्पनीका लगानीकर्ता बैंकर्स पनि हुनुहुन्छ । उहाँहरुको अरु उद्योग लगायत अरु व्यवसाय पनि होला । त्यसमा भोलि सिस्टमेटिक असर कस्तो पर्छ भनेर रिक्स एसेसमेन्ट गरिरहनुपर्छ । अब रिक्सबेस सुपरिभिजन गर्नुपर्छ ।

हामीले संकलन गरेको प्रिमियम कहाँ कसरी सुरक्षित रुपमा लगानी गर्न सकिन्छ । त्यो सुरक्षित र भरपर्दोहुनुपर्छ त्यस विषयमा हामी छलफल पनि गरौंला । त्यस्ता खालका वित्तीय उपकरण बजारमा लैजाने विषयमा हामी छलफल गर्न सक्छौं । बजेटको संघारमा छौं हामी । यो बेलाई तपाईहरुसँग छलफल गर्ने त हैन । तर बीमा समितिको अध्यक्षले मागपत्र राख्नु भएको छ । हामी नियामक हौं, यो ज्ञापनपत्र यहाँ दिनु आवश्यक छैन हामी मन्त्रालयमा यस्ता विषयमा छलफल गर्छौं ।

आज मेरो चासो भनेको लघु बीमा हो । गत साल केही कुरा गरियो । हामीले नै बजेटमा त्यो कुरा राख्न लगाएको हो । आफ्नो व्यवसायको १० प्रतिशत लघुविमामा राख्ने भनेर ५ प्रतिशत पुगेछ । खुसी लाग्यो । साना किसान, मझौला व्यवसाय छन् । जोखिम पनि छ । अनि बीमा ठूला ठूला कुरा गरेर के गर्ने ? यो बेला जति तपाईहरुले जोखिमलाई बाँड्नु भयो त्यति बोझ कम हुन्छ । त्यसैले रिक्स डिस्ट्रीब्यूसनलाई माइक्रोले धेरै सहयोग गर्छ ।

बजेटमा हामीले व्यवसायीको कुरा बढी सुनेको छौं । बीमकको कम सुनेका छौं । बीमा गर्नेपर्ने कारणले व्यवसाय कमजोर हुने अथवा बीमा गर्दै नगरेको कारणले व्यवसाय सम्पूर्ण रुपमा जोखिममा पर्ने यो दुवै कुरा ठिक होइन । त्यसो हुनाले यसको बीचमा मिलेर जानुपर्छ ।

तपाईंहरुले अहिले प्याकेजिङ गर्दा बैंकिङ र इन्स्योरेन्सको, इन्स्योरेन्स इन्स्योरेन्सबीचकै प्याकेजिङ नगरिदिनु होला । विगतमा एक दुई वटा तितो अनुभव पनि रह्यो । हाम्रा आँखा धेरैतिर डुलेका हुन्छन, हामीले सबैलाई चिनेका पनि हुन्छन्, सानो समाज छ, २०औं वर्षदेखि हामी तपाईहरुसँग छौं । त्यसैले यसतर्फ हामीले बिचार गर्नैपर्छ ।

हामीले कुनै प्याकेजमा डिल नगरौं । यो त व्यवसायीक डिल मात्र हुन्छ । मैले तिम्रो ढाड कन्याउँछु तिमी मेरो ढाड कन्याइदेउ भन्छन्, त्यस्तो काम नगरौं । त्यसले असर गर्छ ।

(अर्थमन्त्री खतिवडाले बीमा समितिको ५१ औं बार्षिकोत्सवमा राखेको मन्तव्य)


पुष्प दुलाल