मारुती र सञ्जय गान्धीबीचको त्यो अवैधानिक तर असाधारण मायाप्रेम



सन् १९४६ मा इन्दिरा गान्धी र फिरोज गान्धीको सन्तानका रुपमा जन्मिए सन्जय गान्धी । जवहारलाल नेहरुको नाती भएपनि उनी विद्यालयमा मध्यम क्षमताको विद्यार्थीको रुपमा चिनिन्थे ।

धेरैले त उनलाई एकलकाटे, साथीबिहिन र नबोल्ने विशेषता भएको मानिसका रुपमा चिन्थे ।

प्राय धेरै मानिसको अघि त्यति धेरै घुलमिल हुने, क्षमता भएको मानिसका रुपमा उनको परिचय भएता पनि उनको कारप्रतिको भने निकै धेरै थियो ।

कार मोह यत्तिधेरै थियो कि उनी लक नगरेको कार भेट्ने वित्तिकै कसैले थाहा नपाउने गरी कुदाएर आनन्द लिन भ्याउँथे ।

उनले कलेजबाट डिग्री हासिल गर्न सकेनन् । सन् १९७१ मा प्रधानमन्त्री इन्दिरा गान्धीको मन्त्रिपरिषदले जनताको कार निर्माण गर्ने प्रस्ताब ल्यायो । उक्त प्रस्ताबले सस्तो, खरिद गर्न सक्ने कार निर्माण हुनुपर्ने आशय व्यक्त गरेको थियो ।

त्यसको फलस्वरुप, सन् १९७१ को जुन ४ तारिखमा मारुती मोटर्स लिमिटेड शुरु भयो । त्यसको पहिलो प्रबन्ध निर्देशक बने सञ्जय गान्धी । रिपोर्टहरुमा उल्लेख भएअनुसार कम्पनि वा उनीसँग कार बनाउने कुनै अनुभव नै थिएन ।

सञ्जयको मृत्युपश्चात उनकी आमाले अर्जन नेहरुलाई आफ्नो छोराको भारतमा गाडी उत्पादन गर्ने सपना पुनजागरण हुन सक्ने नसक्ने अवस्था पत्ता लगाउन लगाइन । नेहरुले उक्त योजना अघि बढन सक्ने तर त्यसका लागि व्यवसायिक उत्पादकहरुको व्यवसायित सहयोग चाहिने निष्कर्ष निकाले ।

उनीहरुले डिजाइनको कुनै प्रस्तावना समेत पेश गरेका थिएनन । जबकि यस्तो अवस्था हुदाँहुदै पनि सञ्जयकी आमा इन्दिराको नेतृत्वमा रहेको कङग्रेस सरकारले मारुती कम्पनीलाई भारतमा गाडी उत्पादन गर्ने ठेक्का र लाइसेन्स समेत दियो ।

सन् १९६६ मा सन्जयको नमुना तयार पार्न केहि मानिसलाई काम दिए । उनी आफैंले दिल्लीको गुलाबीबाग नजिकै रहेको र्वकशपमा गाडीको चेसिस निर्माण गरे । केही पार्टहरुको श्रोत जमामस्जिद क्षेत्रबाट लिइएको थियो ।

गाडी बनाउनका लागि ट्रिम्फ मोटरसाइकलको इन्जिन प्रयोग गरिएको थियो । मटरमा केही सुधार गरी उक्त कार परीक्षणका लागि अमेडनगर लगिएको थियो ।

पछि कङग्रेस सरकारले यही टेस्ट मोडललाई प्रगतिको सोकेस पनि बनायो । कम्पनी र सरकारको यो कामले धेरैतिरबाट आलोचना खेप्नुपर्यो । पछि विभिन्न चरण पार गर्दै जाने क्रममा सन्जयले भक्सवागेनसँग सम्भावित सहकार्यका लागि पहल गरेका थिए । तर त्यसले कुन रुप लियो भन्ने जानकारी छैन ।

सन् १९७४मा देशको अर्थतन्त्र विग्रिएको भन्दै प्रतिपक्षले सरकारविरुद्ध आवाज उठाए । त्यसपछि सन्जयकी आमा इन्दिराले देशमा संकटकाल घोषणा गरिन । त्यसबेला मारुति योजनालाई कम चासोमा राखियो ।

यो अवधिमा सन्जयको तडकभडक र नयाँ राजनैतिक वातावरणका कारण उनी प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बने । सन् १९७७ मा भएको निर्वाचनमा कङग्रेसले हारेपछि बनेको जनता दलको सरकारले मारुतीलाई तरलीकरण गर्यो ।

सञ्जयको मृत्युपश्चात उनकी आमाले अर्जन नेहरुलाई आफ्नो छोराको भारतमा गाडी उत्पादन गर्ने सपना पुनजागरण हुन सक्ने नसक्ने अवस्था पत्ता लगाउन लगाइन । नेहरुले उक्त योजना अघि बढन सक्ने तर त्यसका लागि व्यवसायिक उत्पादकहरुको व्यवसायित सहयोग चाहिने निष्कर्ष निकाले ।

त्यसपछि एउटा समुहले विश्वभर रहेका विभिन्न गाडी उत्पादकहरु भेट्यो । उक्त प्रक्रियामा सुजुकीले चासो देखायो । अन्तत भारतको अवस्था अनुसार कार निर्माण भयो । भारतीय बजारमा आज गाडीको जुन अवस्था छ, त्यसका पछि यो इतिहास निकै महत्वपुर्ण मानिन्छ ।

सञ्जयले गाडी निर्माणका लागि उक्त पहल नथालेका भए आज मारुती नाम अस्तित्वमा हुने थिएन । उनी बाचुञ्जेल राम्रोसँग एउटा कार पनि उत्पादन नभएको भएपनि उनको गाडी बनाउने शुरुवाती मोहले भारतमा गाडीको इतिहास बनाउनुको श्रेय सञ्जय गान्धीलाई नै जान्छ ।


पुष्प दुलाल