आइपिओबाट यसरी ठगिए नेपाली जनताः औषधी उत्पादन गर्न खुलेको कम्पनी आइपिओपछि हरायो



सन् १९९४ मा नेपालमा औषधी उत्पादन गर्नको लागि बीरगन्जमा एउटा कम्पनी खुल्ने भयो । कम्पनीले बीरगन्जमा औषधी उद्योग लगाउनको लागि जग्गा समेत किन्यो ।

त्यो कम्पनीको नाम हो एस ल्याबरोटोरिज नेपाल लिमिटेड ।

२५ वर्षअघि नेपालमा कम्पनी खुल्ने क्रम अत्याधिक बढेको थियो । पञ्चायतकालमा नेपालमा कम्पनी दर्ता गर्न निकै कठिन थियो । २०४६ को राजनीतिक परिवर्तनपछि कम्पनी खुल्ने क्रम अत्याधिक बढेको थियो । देशले आर्थिक उदारिकरणको नीति अपनाएको थियो ।

उदारिकणले व्यवसाय फैलाउन मद्दत पुगेपनि केही व्यवसायीले भने त्यसको फाइदा लिएर जनतालाई ठगेका थिए । त्यो मध्येको कम्पनीको नाम हो एस ल्यारोटोरिज ।

कम्पनी स्थापना भएपछि सर्वसाधारणलाई सेयर जारी गरियो । कम्पनीले सर्वसाधारणलाई २ करोड ७२ लाख ४४ हजार ८ सय रुपैयाँ बराबरको सेयर बिक्री गरेको थियो । आर्थिक उदारिकरणसँगै सेयर बजारमा चासो अत्याधिक थियो ।

कम्पनीको सेयर लगानीकर्ताले हातहातै किने । नागरिक लगानी कोष बिक्री प्रवन्धक थियो । त्यो बेला सक्रिय रहेका केही अनुभवी व्यक्तिको अनुभवको आधारमा १०० प्रतिशतभन्दा बढी आवेदन परेको थियो । अर्थात् जनताले उद्योगको सम्भावना देखेर पैसा हालेका थिए ।

कम्पनी खोल्ने हर्ताकर्ताहरु गोविन्दप्रसाद झुनझुनवाल, अशोकप्रसाद झुनझुनवाल, अजित श्रीमल थिए । तिनीहरुले नै सर्वसाधारणले सेयर जारी गरेर उठाएको पैसा आफैं चलाए ।

कम्पनी आइपिओ जारी गर्नको लागि कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरियो । आइपिओ जारी भयो । त्यो बेला २ करोड ७२ लाख लाख रुपैयाँ सर्वसाधारणबाट उठाएर उद्योग नै खोलेनन् ।

नेप्सेमा कारोबारको लागि समेत सूचिकरण भएको एस ल्याबरोटोरिजको सेयर कारोबार एकवर्ष भयो । उद्योग खुलेकै थिएन त्यसपछि नेप्सेमा सेयर कारोबार हुन छाड्यो । उद्योग नै कागजमा मात्र भएको र सूचिकरण शुल्क नबुझाएपछि नेप्सेले २०६२ साल फागुन २२ गते सूचिकरण खारेज गरिदियो ।

सेयर बजारमा नियमनको व्यवस्थाको लागि धितोपत्र बोर्डको गठन भएको एक वर्ष मात्र भएको थियो । धितोपत्र बोर्डले एस ल्याबरोटोरिज किन संचालनमा आउन सकेन । त्यसको ठोस उत्तर खोज्ने प्रयास भने कहिले पनि गरेन ।

आइपिओ जारी गरेर विदेशी कम्पनी भागेपछि नेपालीको करोडौं डुब्यो

औषधी उद्योगको रुपमा यसअघि पनि चिनियाँ लगानीकर्ताले नेपालमा आइपिओ जारी गरेर ठगेका थिए । २०५० साल पुस ४ गते निमरड औषधी उत्पादनको लागि खोलिएको थियो । त्यसले पनि सर्वसाधारणको १ करोड ८० लाख रुपैयाँ ठगेको थियो । नागरिक लगानी कोषमा सो रकम भएपनि लगानीकर्ताले रकम भने फिर्ता पाएनन् ।

सेयर बजारको इतिहासमा यसरी कम्पनीले सेयर किन जारी गरे र किन उद्योग नै खुलेन भन्ने प्रश्न भने सँधै रहिरहने छ । यसको नियामक निकायले अध्ययन पनि गरेनन् ।

सेयर जारी गर्ने कम्पनीमा प्रमुख प्रवद्र्धकलाई प्रश्न समेत कहिल्लै सोधिएन । जसले गर्दा जनताको २ करोड ७२ करोड रुपैयाँ लिएर ति व्यवसायीले आफ्नो व्यवसाय थप बढाउन पाए ।


पुष्प दुलाल