अत्यन्तै कम लगानीमा सफल व्यवसायी बन्ने १२ उपाय



काठमाडौ । धेरै जनालाई लाग्न सक्छ एकदमै थोरै लगानी गरी सफल व्यवसायी बन्ने कुरा सपना जस्तै भइसक्यो । बढ्दो महङगी र अस्वस्थ प्रतिस्पर्धामा टिक्न निकै गाह्रो छ ।

तर व्यवसाय गर्दा मानिसले केहि कुरामा हेक्का राख्यो भने थोरै लगानीले पनि सफल व्यवसायी बनी मालामाल जिन्दगी बनाउन सकिन्छ । केहि निश्चित कुरामा चुक्दा करोडपति रोडपति बनेका उदाहरण प्रशस्त छन ।

त्यसैगरी केहि कुरा आत्मसात गर्दा सफल व्यवसायी बनी खुशी र सुखी जिन्दगी बनाउने पनि धेरै छन ।

कुनै पनि व्यवसायमा क्यास फ्लो अर्थात् पैसाको चलायमानको निकै ठुलो र महत्वपुर्ण भुमिका रहन्छ । नगद व्यापार हुनु र उधारो व्यापारमा आकाश पातलको भिन्नता हुन्छ । अनपेक्षित खर्च, छलकपट र ग्राहकको गल्तिले कुनै पनि बेला व्यवसाय धराशाय हुनसक्छ ।

सफल व्यवयायी बन्न विश्वका विभिन्न अनुसन्धानले देखाएका केहि उपायहरु यस्ता छन् ।

१, यदि तपाई एकदम न्युन पुँजीले व्यवसाय गर्न चाहानुहुन्छ भने सबैभन्दा पहिला तपाईले निकै होसियारीका साथ योजना बनाउने र सक्दो पैसा संरक्षण गर्नुपर्छ । यससँगै तपाईको व्यवसायिक मोडलको शुरुवात हुन्छ । साथै तपाईका धेरै प्रतिस्पर्धी हुनेछन् भन्ने कुराको हेक्का सधै तपाईको दिमागमा अटुट रहनु जरुरी छ । त्यसैले तपाईले ग्राहकलाई नम्र व्यवहारका साथै आवश्यक परेको बेला क्रुर हुन समेत पछि पर्नुहुँदैन ।

२, तपाईले खर्च गर्ने एक रुपैयाँले समेत तपाईलाई कसरी फाइदा दिन्छ भन्ने सोचेर मात्र लगानी गर्नुहोस । जुन उदेश्यले तपाईले खर्च गर्दै हुनुहुन्छ, त्यो पैसाले केहि पनि प्रतिफल दिँदैन भने त्यो क्षेत्रमा एक रुपैंया पनि लगानी नगर्नुहोस । तपाईले गरेको खर्चले ग्राहक वा तपाईको व्यवसायमा तत्कालिन वा दिर्घकालिन फाइदा पुर्याउनै पर्छ । खर्च सकेसम्म कम गर्नुहोस र प्रत्येक पैसा पैसाको हिसाब राख्नुहोस ।

३, व्यवसाय शुरु गरेको पहिलो वर्ष तपाई सकेसम्म तलब नलिनुहोस अथवा लिएपनि एकदमै थोरै लिनुहोस् । व्यवसाय शुरु गरेको केहि वर्ष तपाई सबैभन्दा कम तलब लिने कर्मचारी जस्तो बन्नुहोस् । व्यक्तिगत खर्च सकेसम्म कम गर्नुहोस । बचत गर्ने बानी बसाल्नुहोस् ।

३, व्यवसायका लागि सबै चिज किन्नुपर्छ भन्ने मानसिकता परिवर्तन गर्नुहोस । तपाईको व्यवसायलाई चाहिने कतिपय सामाग्री अन्य कम्पनीले बनाइ दिन्छन भने कतिपय सामान केहि शर्तमा केहि समयका लागि प्रयोग गर्न पाइन्छ जसले तपाईको खर्च नियन्त्रणमा सहयोग पुर्याउछ । र, व्यवसाय बृद्धि गर्नमा निकै सहयोगी भूमिका खेल्न सक्छ ।

४, यदि तपाईले तपाईको व्यवसायका लागि कुनै सफ्टवयर किन्नुपर्ने छ भने सस्तो र भरपर्दो सफ्टवेयरबारे बुझेर मात्र किन्नुहोस । लहलहैमा लागेर किन्दा उक्त सफ्टवयरले दुख दिने, विग्रीने र अनावश्यक तनाब दिई तपाईको स्वास्थ्य र व्यवसाय दुबैलाई हानि पुर्याउन सक्छ । तपाईको व्यवसायलाई काम दिने खालका कतिपय सफ्टवयरहरु एकदमै थोरै शर्तमा र कतिपय अवस्थामा निशुल्क पाइने अवस्था पनि हुन सक्छ ।

५, त्यसैगरी तपाईको व्यवसाय गर्नका लागि चाहिने उपयुक्त ठाउँ पहिचान गर्नुहोस । उपलब्ध भएको ठाउँबाट सकेसम्म धेरै फाइदा कसरी लिन सकिन्छ भन्नेबारे सोचेर योजना बनाउनुहोस । ठाउँलाई उपयुक्त तरिकाले प्रयोगमा ल्याउन नसक्दा पनि व्यवसायलाई धेरै तरिकाबाट असर परिरहेको हुनसक्छ ।

६, शुरुमा सकेसम्म नयाँ र महंगा सामाग्रीहरु नकिन्नुहोस । तपाईलाई चाहिने फर्निचर, प्रविधि सामाग्री लगायत अन्य सामाग्रीहरु सस्तो र शुलभ तरिकाले पाइने अनेक उपायहरु हुनसक्छन । सबै सामाग्रीहरु नयाँ र महंगा किन्नुपर्छ भन्ने छैन । सकेसम्म कम लगानीका सर्वाधिक आकर्षक बनाउने उपायहरु अवलम्बन गर्नुहोस ।

७, बैंक र बैंकरसँग राम्रो सम्बन्ध बनाउनुहोस । तपाईले व्यवसाय गर्दा गर्ने आम्दानी बैंकमा जम्मा गर्नुका साथै बैंकरसँग राम्रो सम्बन्ध स्थापित गर्नुहोस । तपाईको व्यवहार र आर्थिक गतिविधि राम्रो हुन सकेको खण्डमा तपाईलाई चाहिएको बेला बैंकबाट सजिलै ऋण लिन सजिलो हुन्छ । यदि तपाईले बैंकमार्फत कारोवार गर्नुभएन भने तपाईको व्यवसायिक आम्दानीको कुनै लेखाजोखा हुँदैन र गोलमाल हुनसक्छ । त्यसैगरी बैंकमा कारोबार गर्दा तपाईको प्रोफाइल र कारोबारको प्रकृति हेरी बैंकले तपाईलाई सजिलै पत्याउने अवस्था सृजना हुन्छ ।

८, तपाईले व्यवसाय सञ्चालनका क्रममा ख्याल गर्नुपर्ने अर्को पक्ष हो लेखा सम्वन्धि ज्ञान । लेखा सम्वन्धी सामान्य ज्ञान लिन तपाई अकाउन्टेन्ट हुनैपर्छ भन्ने जरुरी छैन । तर व्यवसाय गर्ने मान्छेमा कम्तिमा आम्दानी र खर्च, घाटा नाफाको लेखाजोखा गरी त्यसलाई व्यवस्थापन गर्ने ज्ञान हुनु अत्यन्तै आवश्यक हुन्छ ।

९, तपाईको व्यवसायलाई चाहिने कर्मचारीका बारेमा पनि तपाई निकै सचेत हुनुहोस । सबै कर्मचारी फुल टाइम काम गर्नुपर्ने हुनुपर्छ भन्ने छैन । तपाईकोे व्यवसायलाई चाहिने कतिपय मान्छे तपाईले थोरै पैसामा वा भोलुन्टियर काम गर्ने मान्छे पनि पाउन सक्नुहुन्छ । काम सिक्न पर्ने कतिपय मानिसहरु तपाईकोमा सामान्य खर्चमा काम गर्न आउने पनि हुनसक्छन । पार्ट टाइम कर्मचारी राख्दा खर्च कम हुन्छ भने पनि विचार गर्नुपर्ने हुन्छ । जसरी खर्च कम हुन्छ र काममो गुणस्तरमा कमी आउँदैन त्यसबारे निकै सचेत बन्नुहोस जसले तपाईको व्यवसाय बृद्धिमा टेवा पुर्याउछ ।

१०, ग्राहक पहिचानमा निकै होसियार हुनुहोस । उधारो खाई समयमा पैसा नतिरि अनावश्यक तनाब दिने ३ जना ग्राहकभन्दा समयमा पैसा तिर्ने र नम्र व्यवहार गर्ने एक जना ग्राहक तपाईका लागि निकै महान हुन्छ । ग्राहक देवता हुन तर ग्राहक देवता हुन भन्दैमा अनावश्यक कुरा नसहनुहोस । आवश्कयक परेको बेला ग्राहकसँग रुष्ट व्यवहार गर्न समेत पछि पर्नुहुँदैन ।

११, व्यवसायीक खाता अपडेट राख्नलाई अल्छि नगर्नुहोस । तपाईको व्यवसाय सफल बनाउँन प्रत्येक पैसा पैसाको महत्वपुर्ण भुमिका हुन्छ ।

१२, नगद राजा हो जसले तपाईलाई संरक्षण र मनोबल बृद्धि गर्न सहयोग गरिरहेको हुन्छ ।

माथि उल्लेखित उपायहरु अवलम्बन गर्न सकेमा व्यवसाय सफल बनाउन सकिन्छ । यी र यस्तै उपायहरुबाट सफल व्यवसायी बनेको धेरै मानिसहरु छन । त्यसैले यदि तपाई पनि सफल व्यवसायी बन्न चाहानुहुन्छ भने यी टिप्हरु तपाईलाई उपयोगी हुन सक्छन । (एजेन्सीको सहयोगमा)


क्लिकमान्डु