यी ४ सीइओ: जसले विश्व व्यवसायमा नयाँ आयाम ल्याएर धमाका मच्चाए



अहिले ४ जनाको नामले संसारभर व्यवसाय क्षेत्रमा धमाका मच्चाएको छ । पछिल्लो दशकमा व्यवसाय क्षेत्रमा नयाँ युग स्थापना गर्न सफल भएका ती चार जना हस्ती हुन पेप्सीकोका इन्द्रा नोइ, युनिलिभरका पउल पोलम्यान, मायो क्लिनिकका जोन नोजवर्दी र युएस ब्यानकर्पका रिचार्ड डेभिस ।

उनीहरु सन २००८ मा सिइओ अर्थात प्रमुख कार्यकारी अधिकृत बनेका थिए । त्यतिबेला संसारभर मन्दी छाएको थियो । र, उनीहरुको नियुक्तिले संसारको ध्यान खिचेको थियो । धेरैले त झन नयाँ डिप्रशन हुने, स्टक मार्केट धरासायी हुने र बेरोजगारले चरम विन्दु पार गर्ने आँकलन गरेका थिए । कतिपय निरिक्षकहरुले त पुँजीबादको आधारहरुमाथि नै प्रश्न गर्न थाले ।

यस्तो विकराल अवस्थामा नोइ, पोलम्यान, नोजवर्दी र डेभिसले व्यवसायले आफ्नो फाइदा मात्र नहेरी अर्थपुर्ण रुपमा समाजलाई समेत योगदान गर्नुपर्ने सोच बनाए । उनीहरुको विश्वास थियो संस्थाले उपभोक्ता, जागिरे, शेयरधनी, समुदायलाई हित गर्नुपर्छ जसले कमाई, कर, रोजगारी र शेयर मुल्य बृद्धि गर्नमा सहयोग गर्नेछ ।

उनीहरुको यो नेतृत्वदायी भुमिकाबाट उनीहरुले अरु कर्पोरेट लिडरहरुलाई यो बहुआयामिक स्टेकहोल्डर विधि अपनाउन प्रोत्साहन गरे । यो जुक्तिलाई सन् २०११ मा हार्भड विज्नेस स्कुलका माइकल इ पोटरले क्रियटिङ शेयर्ड भ्यालु को उपमा दिएका थिए ।

आफ्नो संस्थाको मिसन र सफलताका पछाडि यी हस्तीहरुले के कस्ता काम गरे त ?

इन्द्रा नोई

भारतमा जन्मिएकी इन्द्रा नोई सन् १९७८ मा अमेरिकाको यल विश्वविद्यालयमा अध्ययन गर्न गएकी हुन् । उनले पेप्सीकोमा सन १९९४ मा काम गर्न शुरु गरिन । सन २००६ मा सिइओ बनेपछि उनले बढदो मोटोपन र खाना र पेयपदार्थले उपभोक्ताको स्वास्थमा कस्तो प्रभाव पारेको छ भन्ने कुरामा ध्यान दिइन ।

यी हुन् २ अर्ब तलब खाने महिला

सन २००७ को शुरुवातमा, उनले पप्सीकोको नयाँ मिसन पर्फमेन्स विथ पर्पोज शुरु गरिन । उनले पेप्सीकोले उत्पादन गने स्न्याक्स र सोडामा सुगर र सोडियम घटाउने निधो गरिन । यो निर्णयले कम्पनीको आर्थिक पाटो उकास्नुका साथै स्वाथ्यबद्र्धक उत्पादन गरे बापत ग्लोबल न्युट्रिशन ग्रुपमा पर्न सफल बनायो ।

सन् २०१० मा सफ्ट ड्रिङकको बिक्री घट्दा, पेप्सीकोको कार्यशैप्रती शेयरधनीहरुले आलोचना गरे । सन् २०१२ मा पेप्सीले राम्रो नतिजा निकाल्यो जुन २०१८ सम्म निरन्तर रह्यो । सन २०१३–१४ तिर उनले शेयरधनी नेल्सन पेल्टको सामना गर्नुपर्यो जसले कम्पनीलाई दुईवटामा विभाजन गर्न चाहन्थे ।

अमेरिकामा बढ्दो मोटोपनाले उपभोक्ताको व्यवहारमा प्रभाव पार्न थालेको थियो । जसले गर्दा धेरै नयाँ स्वस्थकर फुड कम्पनीहरु खुले । उनले दुरदृष्टिका कारण खाद्यान्न र पेयपदार्थले उपभोक्ताको स्वास्थ्यमा कत्तिको महत्व राख्छ भन्ने कुरामा नोइ सधै सम्झिन योग्य मानिस बनिन् ।

पउल पालेम्यान

नेदरल्याण्डमा जन्मेका पउल पोलम्यानले प्रोटेक्टर एण्ड ग्याम्बल र नेस्ले कम्पनीमा तीस वर्ष नेतृन्वदायी भुमिकामा विताए । यो उनको युनिलिभरमा सन २००९ मा सिइओ हुनुभन्दा अघिको काम थियो । ग्लोबल वार्मिङको खतरालाई नियालेका पोलम्यानले दिगोपनमा जोड दिए । त्यो दिगोपनको सोचलाई उनले युनिलिभरको उत्पादनहरुमा प्रयोग गरे ।

पोलम्यान मल्टी स्टेकहोल्डर ढाँचाको बलियो प्रबक्ता हुन । सन २०११ मा उनले शेयरधनीहरुलाई मेरो काम शेयरधनीलाई सेवा गर्ने नभइ युनिलिभरका क्रेता र उपभोक्ताको सेवा गर्नु हो भनेका थिए । त्यसपछि उनले त्रैमासिम आम्दानी रिपोर्टमा लुकाए र दिगो परिवर्तनमा ध्यान दिए । उनलको दिगोपनाको सोचले उनलाई सन २०१४ मा युनाइटेड नेसन्स फाउन्डेसन च्याम्पियन फर ग्वोबल चेन्ज अवार्ड दिलायो ।

पोलम्याले सन २०१७ मा क्रयाफ्ट हेइन्जले आक्रामक लिलामी लिने सोच बनाएपछि सबैभन्दा गाह्रो समय झेल्नुपर्र्यो । उनले ४८ घण्टाभित्रै, त्यो लिलामीलाई अस्वीकार गरि त्यो अफर फिर्ता लिन लगाए ।

आफ्नोे दिगोपनको सोचबाट कत्तिपनि विचलिन नभई उनले शेयरहोल्डरको मुल्य बढाउन सातवटा बुँदाको योजना तयार पारे । त्यसपछि युनिलिभरको स्टक २० प्रतिशतभन्दा माथि छ जवकि क्राफ्ट हेइन्ज स्टकको ५० प्रतिशतले घट्यो ।

कतिपयले त पोलम्यानलाई एउटा रहस्यको रुपमा लिने गर्थे ।

जोन नोजवर्दी

सन २००९ मा जोन नोजवर्दी सिइओ मायो क्लिनिकको सिइओ बन्दा, विश्व चर्चित यो मेडिकल सेन्टरले आर्थिक संघर्ष गरिरहेको थियो ।

नोजवर्दीले विरामीलाई पहिलो प्राथामिकतामा राखेर कम्नीको ऐतिहासिक मिसन बनाए । गम्भिर प्रकृतिका रोगबाट ग्रसित विरामीलाई विशेष ध्यान दिने बनाए । धेरै रोगको अनुसन्धान गरि नयाँ उपचार विधि पत्ता लगाउन लगाए ।

उनले थोरै लागतमा उच्चतम गुणस्तरको सुविधा दिने पद्धतिको विकास गरे ।

नोजवर्दीको विरामी र गुणस्तर सेवाको धारणाले मायो क्लिनिकलाई अमेरिकाको एक नम्बर अस्पतालको रुपमा स्थापित गर्यो । उनले मायोको वार्षिक आम्दानी १२ मिलियन डलरले बृद्धि गराए र लागत खर्च समेत घटाए ।

रिचार्ड डेभिस

उनले आफ्नो करिअर बैंकको टेलरबाट शुरु गरे । र, पछि अमेरिकाको सबैभन्दा सफल कमर्सियल बैंकर बने । सन २००६ मा उनी युएस ब्यानकर्पको सिइओ बने ।

उनको नेतृत्वमा युएस ब्यानकर्प बैंक अमेरिकाको सातौ ठुलो बैंक बन्न सफल भयो । उनले सन २००८–०९ को आर्थिक संकटका बेला नियमन गरेका थिए । उनले पुर्वराष्ट्रपति बाराक ओवामा र कंग्रेस नेताहरुसँग मिलेर उद्योगका आर्थिक समस्या पहिचान गरि समस्या समाधान गर्ने काम गरेका थिए । उनले सन २०१० को डड फ्रयान्ंक एक्ट समेतमा काम गरेका हुन ।

बैंकरहरु फाइदा बनाउने मात्र नभएर समुदायका नेतृत्वकर्ता हुनुपर्नेमा उनले जोड दिन्छन् । उनले प्रष्ट रुपमा भनेका छन– हामी बैंकर हौं । र, हाम्रो भुमिका समुदायमा पुग्ने र उनीहरुलाई रिर्टन दिने हो । डेभिसले विभिन्न मिनेसोटा अर्केस्ट्रल एसोशिएसन, ग्रेटर एमएसपीजस्ता विभिन्न संस्थामा रहि काम गरेका छन ।

रिचार्ड डेभिस एउटा इमान्दार नेताको रुपमा सधै चिनिनेछन्, जसले सधै अरुको फाइदालाई सर्वोपरि ठानेर काम गरे । उलने आफैलाई बैंकिङ क्षेत्रका रोल मोडलको रुपमा स्थापित गर्न सफल भए । उनी भर्खरै मेक अ विस अमेरिका फाउन्डेसनको सिइओमा नियुक्त भएका छन् ।

एजेन्सीहरुको सहयोगमा


पुष्प दुलाल