वालमार्ट कम्पनीका कर्मचारीले वर्षदिन लगाएर कमाउने तलब, मालिकले एक मिनेट कमाउने



वालमार्ट विश्वमा खुद्रा व्यापारको ठूलो कम्पनी हो । वालमार्टको कर्मचारीले वर्षदिनमा कमाउने तलब यो कम्पनीको मालिकले एक मिनेटमा नै कमाउने तथ्य बाहिर आएको छ ।

सन् २०२० मा अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेद्वार बन्ने भनेर अभियान सुरु गरेका बर्नी सैडर्सले कम्पनीका मालिक र कर्मचारीबीचको आम्दानीको अन्तरको विषयमा ट्वीट गरेका थिए ।
अमेरिकी अखबरा वासिटन पोस्टले यसलाई तथ्यांकत रुपमा विश्लेषण गरेको छ ।

वाल्टन फेमेलीसँग वालमार्टमा ५१.११ प्रतिशतको हिस्सेदारी रहेको छ । यसको मतलब कम्पनीको २ अर्ब ९५ करोड २४ लाख ७८ हजार ५२८ सेयरमा वाल्टन परिवारसँग १ अर्ब ५९ करोड ८९ लाख ८७४ सेयर वाल्टन परिवारसँग रहेको छ ।

कम्पनीले गतवर्ष २.०८ प्रति सेयर लाभांश घोषणा गरेको थियो । जसबाट वाल्टन परिवारले ३.१४ अर्ब अमेरिकी डलर लाभांशको रुपमा लिएका थिए ।

पाँच दिनसम्म काम र दैनिक २ दिनको बिदा तथा दैनिक ८ घण्टाको कामको हिसाबले कमादारले ४० घण्टा काम गर्छन् ।

यसलाई हेर्दा वाल्टन परिवारले प्रतिघण्टा १५.१० लाख डलरको कमाई गर्ने गर्छन् । अरु कम्पनीभन्दा वालमार्टमा एकसातामा ४० घण्टा नभएर ३४ घण्टाको पूर्ण समय काम हुन्छ । वालमार्ट कर्मचारी युनियनको वेवसाइटमा उल्लेख भए अनुसार वालमार्ट आफ्ना कर्मचारीलाई प्रतिघण्टा ९ अमेरिकी डलर दिन्छ । यस हिसाबले प्रतिसाता ३४ घण्टाको हिसाबले कर्मचारीले १५ हजार हजार डलर कमाउने गर्छ ।

तलबको तुलनात्मक अध्ययन गर्ने कम्पनी पेक्सेलका अनुसार वालमार्टमा औसतमा एक घण्टामा काम गर्ने कर्मचारीले १२ अमेरिकी डलर कमाउने गर्छ । जसमा म्यानेजर समेत तलब जोडिएको छ ।
कम्पनीले भने प्रतिघण्टा ११ अमेरिकी डलरको दाबी गर्ने गर्छ । अमेरिकी कानूनको हिसाबले अधिकत्तम ४० घण्टाको हिसाबले गर्दा वालमार्टका कर्मचारीले वर्षमा २२ हजार ८८० अमेरिकी डलर कमाउने गर्छन् ।

अमेरिकाको कानूनमा लाभांशमा भन्दा आयकरमा बढी कर लाग्छ । अमेरिकामा ६ लाख १२ हजारभन्दा बढी डलर आम्दानीमा ३७ प्रतिशत कर लाग्छ । जबकी लाभांशबाट हुने आम्दानी २० प्रतिशत कर लाग्छ । यद्यपी धेरै काम गर्ने कर्मचारी आयकरमा आएका भने हुँदैनन् । वालमार्टमा काम गर्ने कर्मचारीले तलबको ६.२ प्रतिशत रकम सामाजिक सुरक्षा करको लागि काटिन्छ । वाल्टन परिवार करबाट मुक्त छ । वाल्टन परिवारको आम्दानी १ लाख ३२ हजार डलरभन्दा बढी भएको हुँदा सामाजिक सुरक्षा करबाट मुक्त रहेको छ । इकोनोमिक्स टाइम्सबाट


क्लिकमान्डु